अलविदा कृष्ण सर स्वर्गमा वास होस !!
आज बेलुका पाँच बजे तिर कृष्ण खाति सरको ह्रदयघातका कारण देहान्त भएको खबरले मलाई निक्कै स्तबध बनायो । सोचे कि फेसबुकमा श्रद्धाञ्जलि दिउ । फेसबुकमा लेखे पनि तर डिलिट गरे । सोचे समाजमा त्यत्रो योगदान गरेका खातिसरको बारेमा दुईसब्द लेख्दैमा उहाँमाथि न्याय हुदैन र आफ्नो ब्लगमा आफुले देखेका भोगेका खातिसरको बारेमा केहि लेख्ने मन लाग्यो ।
मैले सम्झिदा आजभन्दा २५ वर्ष अगाडिको कुरा हो दुर्गम जिल्ला बझाङ जुजिका स्थाई
वासिन्दा कृष्ण खाती सरकारी प्राथामिक विद्यालयमा शिक्षक हुनुहुनथ्यो । बझाङ आफैमा
दुर्गम जिल्ला त्यसैमा खाति सर कार्यरत स्कुल बझाङको पनि अति दुर्गम दंगाजिमा थियो
। बझाङका प्राय सबै ठाँउमा आजकाल गाडि पुगेको छ तर खातिसर कार्यरत स्कुलसम्म
आजसम्म सडक पुग्नसकेको छैन भने २५ वर्ष अगाडि त्याँहाको कस्तो हालत थियो होला..
म त्यो बेला २-३ कक्षामा पढ्थे । खातिसरले प्राय सबै बालबालिकाका पुराना लुगाहरु
संकलन गर्नुहुन्थो । बोर्डिङ पढ्ने हामिहरुको ड्रस-जुत्ता हरु जम्मा गर्दा २-३
बोरा जम्मा गरेर आफु कार्यरत दंगाजि सम्म बोकेर लिई त्यँहाका बालबालिकाहरु लाई
बाड्नुहुनथ्यो । खातिसर बस्ने जुजि देखि कार्यरत स्कुलसम्म पुग्न त्यो बेला
कम्तिमा ५-६ घण्टा लाग्थो । आजकाल त देउरासम्म गाडिमा गएर दुई घण्टा हिडेर दंगाजि
पुग्न सकिन्छ ।
२०७४ को चुनावमा जब चुनावि प्रचारमा म दंगाजि पुगे । त्याँको दुर्गम ठाँउ अनि वासिन्दाहरुको
दु;ख देख्दा मलाई खातिसरले कति दुःख भोग्दैकाम गर्नुभएको रैछ भनि सर प्रति धेरै नै
सम्मान भाव आएको थियो ।
जुजिभरि कपडा २-३ बोरा संकलन गर्दै आफै बोकेर आफ्ना स्कुलका विद्यार्थिहरुलाई
बाड्नु साच्चै कम्ता चुनौति र कष्ट थिएन तर ठुलो हृदय भएका खाति सर लाई साहेद त्यँहिकाम
गर्न सन्तुष्टि थियो र त जतिदुःख गरेर पनि बालबालिकाको अनुहारमा मुस्कान ल्याउन्थे
। स्थानियहरु सँग बुझ्दा खातिसरले सकिने जति लत्ताकपडा मात्र हैन सकुलमा
केटाकेटीहरुको नङ काटिदिने, नुहाई दिने गर्नुहुन्थो रे । आजका दिनमा कसैलाई सुनाए
यस्तो मान्छे पनि थियो होला र भन्ने आश्चर्यमा पर्छन नै त्यसमापनि सरकारी शिक्षकले
आफ्ना विद्यार्थिका लागि त्यतिसम्म गर्थो होला र भनेर पत्तयाउनै गार्हो मान्लान । कृष्ण
सर शिक्षक सँगै आफना बिद्यार्थिहरुलाई आफ्ना छोराछोरी जस्तै सम्झन्थे र पो त्यत्रो
दुःख गरे ।
सामाजिक रुपमा खाती सर समाजवादी थीए । गाँउमा कसैलाई अन्याय भएको नसहने,
कसैमाथि थिचोमिचो मननपरउने उनको स्वभाव थियो । कसैलाई दःख पर्दा होस या अन्य
अभावमा आफनो गोजिको सबैपैसा दिएर सहयोग गर्नुहुन्थो । कतिसम्म भने उनको तलब बुझेको
रकम घर पुग्दासम्म आधाजति त बाडेर नै सिद्दाउनु हुन्थो । सरको यस्तो ब्यवहारले
गर्दा घरमा आवश्यक्ता पुर्तिगर्न अभावहुन थालेपछि सरको तलब नै उनको श्रिमतिको
खातामा पठाउनेगरी जिल्ला शिक्षाकार्यालयले ब्यवस्था गरेको थियो जुन गृहब्यवहारका
दृश्टिकोणले जायज पनि थियो ।
कृष्ण सर जातका आधारमा छुत अछुत मान्नुहुन्न भन्ने भन्नु हुन्थ्यो । आजका दिनसम्म
पनि काठ्माण्डौमा नै दलितहरुलाई कोठा भाडामा नदिएको भनेर मुद्दा खेप्नुपरेको
अवस्थामा २० वर्ष पहिले उहाँ जातका आधारमा विभेद गर्नुुहुन्न भन्ने मान्यता राख्नुहुन्थो । खातिसर दलित, दमाईको घरमा खाना मात्रा खानुहुदैन थियो । गोरु,राँगाको मासु, सुकुटि पनि खानुहुन्थो । जुत्ता सिलाउने हरुलाई सिपमुलक तालिममा
सहभागि गराउन धेरैजनालाई सहयोग गर्नुभएको थियो । गरिव, महिला र असाह्यका प्रिय थिए
कृष्ण सर ।
समाजमा भ्रष्टचारको विरोध गर्ने, अन्यायको विरुद्ध आवाज ऊठाईराख्ने खातिसर
समर्गमा भन्दा परिवर्तनकारी, समाजवादी चरित्र बोकेका कुसल शिक्षक, असल अभिवाबक थिए
।
तपाईको ब्यवहारले समाजपरिवर्तनमा ईट्टा थपेको छ । जुजिमा तपाईको अभाव खड्किरहने छ । हामि तपाईलाई सम्झिरहने छौ ।
फेरिपनि हार्दिक श्रद्धाञ्जलि आदरणिय
कृष्ण सर तपाईको स्वर्गमा वास होस !!
Comments
Post a Comment
Request you not to enter any spam link in the comment box.