नेपालको भूकम्पिय विपद बारे उत्कृष्ट पुस्तक !!

 बहत्तर सालको भूकम्प

प्रा.डा. तारानिधि भट्टराई, निमानन्द रिजाल, किशोर थापा


बहत्तर सालको भूकम्प एक अब्बल पुस्तकका साथै ऐतिहासिक दस्तावेजका रुपमा पाठकमाझ नेपालय पब्लिकेसनले ल्याएको छ। लेखक त्रयले पुस्तकलाई भुकम्पमा हताहत भएका नागरिक, उद्धार, राहत र खोजी कार्यामा दिलोज्यान लगाएर खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवी एवं पुननिर्माण तथा पुनःस्थापना कार्यमा संलग्न नीतिनिर्माता, प्राविधिक तथा प्रशासकहरुमाझ समर्पित गर्नुभएको छ।   

बहत्तर सालको भूकम्प पढिरहदाँ भुकम्पिका ऐतिहासिक घटनाक्रम सँगै त्यसले पारेको सामाजिक, आर्थिक र औद्योगिक प्रगति के के भए भन्ने बुझ्नसकिन्छ। भकम्पले गर्दा भवन संहिता देखि कानुन निर्माण र सामाजमा पारेको सकारात्मक प्रभावका परिघटनाहरु पनि लेखकत्रयले प्रकास पार्नुभएको छ ।


भूकम्पका वारेमा यस अघिपनि थुप्रै पुस्तकहरु यस अघि पनि पढेको थिए तर ज्ञान र अनुभवले खारिएका लेखक प्रा.डा. तारानिधि भट्टराई, निमानन्द रिजाल, किशोर थापाको बहत्तर सालको भुकम्प पढ्दै गर्दा यस भित्रको भाषाको सरलता, वैज्ञानिक तथ्यहरु अनि विभिन्न भुकम्पिय र भौगर्भिक अनुसन्धानका निष्कर्षलाई नेपाली भाषामा सरल र सर्वसाधारणले बुझ्नेगरि लेख्न सक्नु सामान्य कुरा होईन भन्ने मलाई लागेको छ।

 पुस्तक पढिसकेपछि २०७२ सालको गोरखा भुकम्प, भुकम्प पछिको राहत तथा व्यवस्थापन अनि पुनःनिर्माण गर्दा के कसरी भयो, विभिन्न देशहरुले गरेका सहयोगहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसस्थाहरुको भूमिका, व्यवस्थापनमा के कमजोरी रहे भन्ने कुरा तथ्य र बस्तुपरक रुपमा पुस्तकमा प्रकास पारिएको छ। यो पुस्तक हरेक निती निर्माता र आमसचेत नागरिकले पढ्नै पर्ने उत्कृष्ट पुस्तक बहत्तरसालको भूकम्प कृति हो भन्ने निष्कर्षमा म जस्तै अन्य पाठक पुग्छन् भन्ने लागेको छ। हरेक प्राकृतिक विपद् अघि त पछिको व्यवस्थापनका वारेमा बुझ्न, नीति निर्माण गर्न, प्रशासक, विद्यार्थी तथा हरेक सचेत नागरिकले पढ्नैपर्ने दस्तावेज हो बहत्तर सालको भूकम्प ।

पुस्तकमा नेपालको भौगर्भिक बनावट देखि भूकम्पको विज्ञानबाट शुरु हन्छ। पुनःनिर्माण प्राधिकरणमा लेखकहरुले माथिल्लो तहमा बसेर गरेको काम र अनुभव लगायत आगामी बाटोका रुपमा सल्लाह सुझावहरु पनि उल्लेख गरेका छन्।

२०७२ सालको भूकम्पपछि देशले अपनाएको विपद व्यवस्थापनमा नयाँ शैली, भौगर्भिक अध्ययनपछि बस्तिहरुको स्तानान्तरण र एकीकृत बस्तिको अवधारणा लगायतका कुरा पुस्तकमा महत्वका साथ उल्लेख गरिएका छन् । भूकम्पिय घटनाहरुलाई सरलता र ठोस रुपमा प्रस्तुत त गरेका नै छन् त्यस बेलाको देशको राजनीतिक, सामाजिक र आर्थिक परिस्थिति के कस्तो थियो भन्ने कुरा पानि पुस्तकमा पढ्न सकिन्छ।जुनपनि पाठकले यो पुस्तक पढिसकेपछि भुकम्प के हो र यसबाट बच्न के कस्तो गर्नुपर्ने रहेछ भन्ने कुरा ज्ञान लिन सक्नेछन् । 


पुस्तकको सरल भाषाले गर्दा माध्यामिक तहका विद्यार्थीहरुले पनि यो पुस्तक पढ्न र बुझ्न सक्ने खालको भएकाले हरेक विद्यालयमा यो पुस्तक हुनुपर्छ। यस पुस्तकमा उल्लेख गरिएका भुकम्प सम्बन्धि विभिन्न तथ्यहरुलाई, दिएका सल्लाह सुझावहरु वा पुनःनिर्माणमा गर्नुपर्ने दायित्व लगायतका कुरामा शिक्षक र विद्यार्थी विच छलफल र सचेतना अभिवृद्धि गर्ने खालका क्रियाकलापहरु गर्नुपर्छ जस्तो मलाई लागेको छ। पुस्तकमा भुकम्पले गर्दा पहिरो जाने, आगलागि बाट हुने क्षति, जमिन तरलिकरणको समस्या लगायत सन् २००५ मा पाकिस्तानको मुजफ्फरावादा भूकम्पपश्चात बनेको एउटा अस्थाई शिविरमा ७५० जनाभन्दा बढी मानिसहरु अचानक पखालाले ग्रस्त भए तर तुरुन्तै पिउनयोग्य पानी र शौचालयको समुचित व्यवस्था गरेर स्थितिलाई नियन्त्रणमा ल्याईएको कुरा देखि भूकम्पपछि हुन सक्ने विपत्तिका वारेमा विश्वभरिका घटनाहरु र तिनिको व्यवस्थापन के कसरी भयो भन्ने पुस्तकमा समावेश गरिएका छन्।

अहिलेसम्म अरु भूकम्प सम्वन्धिका पुस्तकमा स्प्रष्ट नपारिएको नेपालको भूकम्पिय इतिहासलाई यस पुस्तकमा तथ्यपरक र तत्समयको सामाजिक परिवेशलाई समेत उचित व्याख्याका साथ उल्लेखगरिएकोले यो पुस्तक एक ऐतिहासिक दस्तावेज हो भन्ने मलाई लागेको छ। सन् १२२३ देखि २०१५ सम्मका भूकम्पहरुको विस्तृतमा कुन स्केलमा रेकर्ड गरिएका थिए सो कुरा समेत उल्लेख गर्नुले लेखकले सानो मिहिनेतले पुस्तक तयार पारेका हैनन् भन्ने पाठकलाई बोध हुन्छ। हाम्रो जस्तो चलायमान भौगर्भिक अवस्थितिमा रहेको देश वा भूकम्पिय जोखिम उच्च रहेको देशमा यो पुस्तकको महत्व ज्याँदा छ। यो पुस्तक हरेक सार्वजनिक पुस्तकालय, विद्यालयमा राख्नैपर्ने र निती निर्माता, ईञ्जिनियर, प्रशासकले नपढिनहुने उच्चकोटिको छ। त्यसैले सबैले एकपटक पढौं बहत्तर सालको भूकम्प !!


Comments