आशाका दियो "प्रभाकर"को समाजवाद

आशाका दियो "प्रभाकर"को समाजवाद

नेपाली राजनितिमा पछिल्लो समय आम-जनमानसले केहि आशागरेका नेताहरुको सुचिमा नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता जनार्दम शर्मा 'प्रभाकर' को नाम अगाडि आउछ । यहि जेठ महिना सहिदहरुमा समर्पण गर्दे नेता प्रभाकरले नेपाली समाजवाद नामाक पुस्तक बजारमा ल्याए । उनले पुस्तकमा नेपालको समाजवादी बाटो कस्तो हुनुपर्छ ? कसरी समता मुलक समाज निर्माण गर्न सकिन्छ ?? के का लागि राजानिति र के को लागि पार्टीहरु ?? अबको समाजवादी बाटो के हुने भन्ने जस्ता जबरजस्त प्रश्न हरु तेर्स्याउदै अबको बाटोको कसरि जाने भन्ने वारेमा पनि प्रकाश पारेका छन् ।


लेखक शर्माले पुस्तकमा देशमा राजनितिक आन्दोलन सफल भएता पनि सामाजिक, आर्थिक र विकास र समृध्दि ल्याउनमा पार्टीहरु अल्मलिएको बताउन्छन् । नेतामा परिवर्तन गर्न चाहने "माईन्ड सेट" दृढ ईच्छाशक्ति र सङ्कल्पको आवश्यकता रहेको छ । देशमा विकासको गति उच्चदरमा ल्याउनका लागि भ्रष्टचारमुक्त जनउत्तरदायी प्रशासनसहितको दृढ नेतृत्व हुनु आवश्यक त छ नै, देशमा रहेका सर्वजनिक संस्थानहरु पनि चुस्त, पारर्दशि र सफल हुनुपर्छ भन्ने उनको भनाई छ । नेकपा माओवादी केन्द्र जनतावाट टाढाहुनुका बस्तुगत कारणहरु पुस्तकमा केलाएका छन् । लेखकले नेकपा (माओवादी केन्द्र) ले अंगिकार गरेको एक्काईसौं शताब्दिको जनवाद लाई निरन्तर जनताको विचमा प्रतिस्पर्धा गर्दै आफुलाई श्रेष्ठ साबित गर्ने, जनताको पक्षमा उभिने र प्रतिक्रान्तिलाई रोक्ने विधिका रुपमा लिएका छन् ।

शर्माले  पुँजिवादका नकारात्मक पाटाहरु केलाउदै समाजवाद नै अहिलेको विश्वमा आवश्यक रहेको दावि गरका छन् । तर, नेपालमा अहिले कस्तो पुँजिवाद छ त दलाल नोकरशाहि पुँजिवाद की प्रगतिशिल पुँजिवाद भन्ने स्प्रष्ट पारेका छैनन् । तथापि, नेपाली समाज अर्धऔपनिवेशिक अवस्था बाट नवौपनिवेशिक अवस्थामा फेरिदै गएको उनको जोड छ । के पुँजिवादले नकारात्मक मात्र प्रतिफल दिन्छ त, त्यसो भए विश्वमा आज पुँजिवादी अर्थब्यवस्था अंगिकार गरेका राष्ट्रहरु कसरी विकशित र लोककल्याणकारी राज्य बने त ? भन्ने सवालको जवाफ लेखकले गरेका छैनन् ।

नेता प्रभाकरले पुस्तकमा माओवादीले नेतृत्व गरेको दशवर्षिय जनयुद्धको जगमा र १२ बुदेको आधारमा नेपालमा गणतन्त्र र संविधानसभा स्थापना भएतापनि पहिलो संविधानसभाले संविधान दिन न सक्दा माओवादीका धेरै एजेण्डाहरु पारित नभएको र अब माओवादी केन्द्रले संविधान पारितहुदाँ पार्टीले राखेका फरकमतहरु लाई प्रमुख एजेण्डा बनाउदै जनतामा जानुपर्न जोड दिएका छन् । अहिलेको खर्चिलो चुनावले राजनितिमा विकृति ल्याएको भन्दै पुर्ण समानुपातिक चुनाव प्रणालिको प्रभाकरले ओकालत गरेका छन् ।

पुर्ण समानुपातिक चुनाव प्रणाली वारे मेरो मनमा एउटा प्रश्न खडा भयो । नेपालमा पुणसमानुपातिक प्रणालीले लोकतन्त्र लाई बलियो बनाउला त ? प्रत्येक पार्टीहरु आफै भित्र लोकतान्तिक पद्धति अबलम्न नगरिरहेका बेला पुर्णसमानुपातिक प्रणालीले जनता र पार्टी विचको दुरी बढाउलाकि घटाउला ? जनजातिको नाममा विनोद चौधरीहरु, महिला सहभागिताको नाममा नेताका श्रिमतिहरु सांसद बनाउने हाम्रा नेपालका पार्टीहरुले यदि पुर्ण समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएमा साच्चिकै लोकतन्त्रलाई जिवित राख्लान त ??

यस पुस्तकमा नेपाली समाजवादका विशेषता शिर्षक मार्फत नेता शर्माले परिकल्पना गरेको नेपाली समाजवाद निक्कै महत्वकांक्षी तथा आशावादी छ र उनले समाजवादका चरणहरुको ब्याख्या गरेका छन् । उनले परिकल्पना गरेको समाजवाद वास्तवमै सुन्दर भविस्यको छ ।

मालेमावादको सिद्धानतलाई अंगिकारगर्दे उत्पादनमुखि संस्कृतिको विकास, वर्गिय श्रेष्ठता, जनआधारित पार्टी, सामुहिकरण सहितको राष्ट्रिय पुँजिपति र राज्य पुँजीको समायोजित आर्थिक प्रणाली, उत्पादानका साधनमा सामुहिक स्वामित्व स्थापित गर्दै राज्यले प्रतिस्पर्धाको निश्चित मापदण्ड कायम गर्दै राष्ट्रिय पुँजि विकाश गर्नुपर्ने शर्माको धारणा छ । पुस्तक पढ्दै जाँदा लेखकको समाजवादको खाकामा  राज्यको भुमिका अलि हस्तक्षेपकारी नै हुने भान मलाई भयो ।

लेखकले पुस्तकमा सङ्गठन निर्माणका अनुभव र आवश्यकता शिर्षकमा उठाएका समस्या र योजनाहरु निक्कै जायज छन् । संगठन निर्माण र सुर्दुढिकरणका लागि महत्वपुर्ण छन् । उनले प्रचण्डपथ त्याग्नु पार्टीको आत्मघाती भएको उल्लेखगरेका छन ।

 उनले एउटा बुँदामा लेखेका छन् " जिम्मेवारी दिँदा कुनै विधि र मापदण्ड नबनाई कुनै नेतासँग निकट र टाढाको सम्बन्धले जिम्मेवारी पाउने र नपाउने अवस्था सिर्जना भयो । व्यक्तिको छनोटमा संगठनको स्वामित्वभन्दा पनि व्यक्तिविशेषको प्रभाव देखियो.." 

वास्तवमै अहिले माओवादी केन्द्र मात्रै हैन नेपालका सबै पार्टीको जटिल विकृति नै यहि हो । नेताहरू आफैमा र आफैबाट बुँदामा उल्लेखित चरित्र बढाईरहेका छन् कि घटाईरहेका छन् त्यो मुख्य कुरा हो ।

समाजवादको लक्ष्य प्राप्ति गर्न चुस्त पार्टी र पार्टी भित्रको आन्तरिक मुल्याङकन प्रणाली स्वस्थ हुनु पर्छ । उपभोक्तावादी छाडा संस्कृतिलाई नियन्त्रण गर्दै आत्मनिर्भर संगठन बनाउनमा शर्माको जोड छ । लेखक शर्माले नेतृत्व छनोटमा नेकपा (माओवादी केन्द्र) ले अपनाउदै आएको मनोनित पद्धति र एमालेले अभ्यास गर्दै आएको निर्वाचन प्रणालीले पार्टीलाई दिर्घकालिन रुपमा फाईदा नभएकाले यि दुबै  प्रणाली फेल भएका विधिका रुपमा लिएका छन् । उनका अनुसार पार्टीको तल्लो कमिटीले माथिल्लो कमिटीको नेतृत्व चुन्नु पर्ने उनको धारणा छ । तथापी, तल्लो कमिटीले माथिल्लो कमिटीको नेतृत्व छनोट गर्नु भनेको निर्वाचन पद्धति भन्दा अर्को के हुनसक्छ र ? यसबारेमा लेखक मौन छन् ।

शर्माले भ्रष्टचारविरुध्द पारदर्शी र स्वच्छ आर्थिक आचरण निर्माण गर्न एकातिर कानुन, विधि, र व्यवहारमा विकास आवश्यक ठानेका छन् भने अर्को तिर आमजनतोक चेतना, संस्कार, संस्कृतिमा समेत विकासको समर्ग अभियानमार्फत भ्रष्टाचार न्युन गर्दै समाप्त गर्न सम्भव देखेका छन् । उनको भ्रष्टाचार विरुद्धको यो सोच व्यहारिक पनि छ । 

सारमा:- यो पुस्तक पढिसकेपछि लेखक शर्माले समाजवादी लक्षचुम्नका लागि पार्टी, संगठन, संगठित गर्ने विधि, मुल्याङ्कन पद्धति र कम्युनिष्ट चरित्रका वारेमा उनले प्रस्तुत गरेका विचारहरु आशाको दियोका रुपमा लिन सकिन्छ ।

  २०७८ कार्तिक ६ गते 

12:53 Am

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments