मोक्षभूमि
केशव दाहालको मोक्षभूमि एक उपन्यास मात्र नभै, एक कथा,
दर्शन, ईतिहास पढेजस्तो लाग्छ । पढ्दै जाँदा पाठकलाई कुनै बाहुबली जस्तै सिनेमा
हेरिरहेको जस्तो आभास गराउदछ । मोक्षभूमिद्वारा लेखकले नेपाली साहित्यिक जगतमा फरक
स्वाद ल्याएका छन् ।
उपन्यासमा एउटा नारीको प्रभावले राजाहरुलाई समेत कुनहद सम्म परिवर्तन ल्याउन सक्छ भन्ने कुरा देखाएको छ । सिंजा राज्यका सम्राट क्राचल्लदेव जब आफ्नी कान्छी रानी अप्सराको प्रेममा परेर रानीलाई खुसी पार्न केहि न केहि महत्वपुर्ण उपहार कुमाउँ राज्यमा युद्धगरेर जितेर कुमाउँको सम्पुर्ण वैभव, धनदौलत, भुमि र दासिहरू सबै रानीलाई उपहार दिने वाँचागरेअनुसार युद्ध जितेर कुमाउँ आफ्नो कब्जामा लिन्छन् तब रानीले युद्धलाई वहिस्कार गर्दै हत्या, हिंसा र युद्धलाई सिंजा राज्यले सधैकालागि त्याग्नुपर्छ भन्ने सर्त सम्राट संग राख्छन तब दरवारमा विविध विरोध र वाधा हुदाँका वाप्जुत सम्राटले युद्ध मात्रै त्यागेनन् उनले हजारै दासहरुलाई मुक्त गर्दै आम स्वतन्त्रता दिए । यदि पाँचौ रानी अप्सराले सम्राट संग हत्याहिँसा त्याग्नुपर्छ भन्ने मात्र सर्त राखेकि थिईनन् भने के सु-सम्पन्न सिंजा राज्यका सम्राटले शान्ति, अहस्तक्षेपकारी निति मात्र हैन हजारै दासिहरुलाई मुक्त गर्थे होला त ?? आखित सिंजाका हजारौं दासहरुलाई स्वतन्त्र बनाई उनिहरुलाई दास भनि सम्बोधन नगर्न उर्दि जारि गरे । उपन्यासमा लेखकले दासहरुले मालिकहरुबाट भोग्नुपरेको पिडा, पारिवारिक विछोड, योनहिंसा लगायतका विषयमा यथार्थपरक ढङगले प्रस्तुत गरेका छन् । दासहरु स्वतन्त्र भएपछि हजारौं दासहरुले सिंजा छोडदा यात्रामा सबैका कथा आफैमा गहकिला उपन्यास थीए ।
·
"मान्छे
हिड्छ र त उसको हरेक पाईलाहरुले नयाँ सपना निर्माण गर्छन् । सपना नै त हो, जसले
मानिसलाफ वाँच्ने उर्जा दिन्छ ।"
·
"यात्रा
छ र त जिवान छ । सबैलाई थाहै छ मुर्दाहरुको मात्र यात्रा हुँदैन ।"
·
"जिवन
समुन्द्र हो, जसमा सुख र दुखका छालहरु आउँछन् । त्यसैले त जीवनका आफ्नै कथाहरु
हुन्छन् । "
· "कहाँबाट नदिहरु कसरी आए, त्यो मुख्यकुरा होईन । मुख्यकुरा नदिहरु कसरी तर्ने त्यसमा विचार गर्नुपर्छ । "
· "यात्रा
गर्नु आफैमा रोमाञ्चक अनुभोव हो । यात्रा आफैमा विशाल पाठ्शाला पनि हो ।"
जेठि महारानी पल्लविले कान्छी महारानी अप्सराको गर्भ नास
गर्न र आफ्नो छोरालाई उत्तराधिकारी बनाउन गरेको षडयन्त्र दरवार भित्रको चलिरहने
जालसाजी लाई प्रष्टसँग देखाउदछ । दरवारमा
महारनी पल्लवी र युवराज प्रेमचल्लदेवले सम्राटलाई हटाएर युवराजलाई शक्ती सुम्पिन
गरेको निर्मम षड्यन्त्र र सम्राट क्राचल्लदेवको आक्रोसलाई कान्छी महारानी अप्सराले
खेलेको भुमिका रोचक छ । वास्तवमा यो उपन्यासको हरेक शिर्षकहरुले नयाँ कथा, नयाँ
उपन्यासको आभास दिन्छन् ।
यात्राकैक्रममा सत्यदेवको नेतृत्वमा रहेको हजारौंको समुह
कुशिनगर पुगेपछि त्याँहाका राजा कुशध्वजले सत्यदेव सँगप्रभावित भई र केहि नाम
कमाउन लालायित कुशध्वजले दासीहरुलाई कुशिनगरमा जमिन दिएर संरक्षण गर्ने निर्णय
गर्नपुग्नु लाई सत्यदेवको कुशल नेतृत्व मान्न सकिन्छ । दासहरु प्रशाद र देव
भैसकेका थिए । कुशध्वजले दिइको नगरलाई
मोक्ष, स्वतन्त्रता र मुक्तिभन्दा माथिको परम सत्य भुमि मोक्षभुमि नामाकरण गरे ।
मोक्षभुमिमा अचानक सम्राट क्राचल्लदेव, रानि अपसरा र भिक्षु
आनन्दको प्रवेश रोचक त छ नै ऊनिहरु मोक्षनगर बसेकाबेला धर्मदेशना सभाका बेला भएका
वार्तालापहरुले वौद्धधर्मका ग्रन्धहरु सुने जस्तो आभास गराउछ । दुःख निवार्ण गर्दा
अपनाईने अष्टांगिक मार्गहरु निम्नासार छन् ।
- सम्यक् दृष्टी
- सम्यक् वाक्
- सम्यक् कर्म
- सम्यक् जीविका
- सम्यक् प्रयास
- सम्यक् स्मृति
- सम्यक् संकल्प
- सम्यक् समाधि
पुस्तकमा पात्रहरु विचमा हुने वार्तालापहरु दर्शन, ग्रन्ध तथा कुनै वाणी वाचन गरेजस्तो आभास दिलाउने खालका छन् । सम्राट् क्राचल्लदेव, रानी अप्सरा र भिक्षु आनन्दहरु मोक्षभूमिबाट फक्रिइपछिको एकसाता लगातार पानि पर्छ , खेतको काम सुरुहुन्छ । सत्यदेवले प्रसादसभाको वैठक बाट कृष्णदेव र भार्गदेवलाई मोक्षनगरको राजदुतमा नियुक्त गरे । कृष्णदेव र भार्गदेवले आआफ्नो घोडाहरु तयार पारेर यात्राको लागि हिँडे। कृष्णदेवले आफ्नी प्रेमिका राधाको सम्झना आईरहन्थो । यात्राकै क्रममा दुवैजना गुरु यज्ञवल्लभलको आश्रममा बसेको बेलाको वार्तालाप बढो दार्शनिक छ ।
कृष्णदेव र भार्गदेवको रुपाटारको बसाईका बेला भएको रोपाइँ
उत्सव र रुपाली धानको ईतिहास रोचक छ । स्कन्दपुर जातिय विभेद र रुढीवादी चिन्तनले
ग्रसित थियो । कृष्णदेव र भार्गदेवले आफ्नो परिचय लुकाएर त्यस गाउँमा बस्नुपरेको
थियो । स्कनदपुरमा भएका जातिय विभेदलगायत असमानता देखेर दुईजना यात्रीहरुको मन
छियाछिया भयो । कृष्णदेवलाई सत्यदेव लगायत मोक्षभुमिका आफन्त र प्रेमिका राधाको
याद आयो । दुवैजना सिंजा तिर लागे । सम्राट् क्राचल्लदेव र रानी अप्सरा सिंजा
भन्दा वाहिर थिए । सिंजामा जनता र दरवारविचको सम्बन्ध चिसिदै थियो । कृष्णदेव र
भार्गदेवले आफ्नो भेसबदलेर आफुहरुलाई तिर्थयात्रीका रुपमा परिचित गराउने गरि सिंजा
पसे ।
एकरुद्रबालेश्वर
मन्दिरको धर्मशालामा दुवैजना यात्रीले आराम गरे । भार्गदेवले कृष्णको खबर राधालाई
सुनायो र भेटको वातावरण बनायो । शिवगंगा नदिकिनारमा कृष्ण र राधाको मिलन भयो ।
उनिहरुले एकअर्कामा सुख, दुख र प्रेमका भावनाहरु साटासाट गरे । यता भार्गदेवले भने
सिंजाको कपरिक्रम गरिसकेको थियो । सिंजा बसाईको तेस्रोदिन कृष्णले राधालाई केहि
प्रेमपत्रहरु उपहार दिदै भावनाहरु साटासाट गर्दै दुवैजना यात्रीहरु विदा भए ।
कृष्णदेव र भार्गदेव यात्राकै क्रममा "ने"
उपत्यका पुगे । कृष्णदेवले "ने" उपत्यका वारेका अनेकौं किंवदनतिहरु
आफ्ना मित्रलाई सुनाउदै गए । उनिहरुले सिंजा र ने उपत्यकाका समानता र फरकहरु
छुट्याउन थाले । उनिहरुले आफ्नो परिचय फेर्ने सल्लाह गरे । उनिहरुले आफुलाई
सिंजाका ब्यापारीका रुपमा चिनाए ।
कृष्णदेवले आफ्नो नाम णदेव र भार्गदेवले आफ्नो नाम गदेव राखे ।
ब्यापारीहरुलाई उपत्यकामा विशेष सम्मान थियो । दरवारको
अतिथिशालामा दुबैजनाको बस्ने ब्यवस्था भयो । णदेव र गदेवको सेवामा दुइजना सुन्दर
सेविकाहरु खट्टाईएको थियो । नगरका राज भय मल्ल थिए । राजासंगको सल्लाहपछि णदेव र
गदेवले केहि समय उपत्यकामा बस्न पाउने ब्यवस्था भयो ।
णदेव र गदेव ने उपत्यकाको वैभव, कला र सस्कृति देखेर चकित
थिए । त्योभन्दापनि त्यहाँ रहेको दासहरु माथिको सजाय र ज्याजती अमानविय मात्र
हैनकि कुरपनि थियो । बसाँईकै क्रममा कृष्णदेवले आफ्नी सेविका यशोधरासँग भएको
सम्भोग र भार्गदेवले आफ्नी सेविका दमयन्ती सँग भएको गहियो प्रेम सम्बन्ध रोचक र
यथार्थपरक छ । भार्गदेव र उनकि सेविका दमयन्ती विचका प्रेमिल वार्तालापहरु कम्ता
दार्शनिक छैनन् ।
सिंजाको अवस्था असामान्य थियो । माहिली रानी लताको एक्कासि
ज्वरओ आउने समस्याका कारण मृत्यु भएको थियो । उनि शान्त स्वभावकि निःसन्तान थिइन्
। कृष्णदेव र भार्गदेवले आफ्नो यात्रा ने उपत्यकाबाट सिधै भोटतिर जान शुरु गरे ।
भोटको यात्रा कठिन थियो । कृष्णदेव र भार्गदेवले आफ्नो यात्रा ब्यापारीहरू सँग गरे
। यात्राको एक रात डाँकाहरुले ब्यापारीहरुको सामान लुटपाट त गरे नै कृष्णदेव र
भार्गदेवका घोडाहरु पनि हराएका थिए । लुटेराहरुमध्ये पक्राउपरेका एकजना डाँका
दासहरु मध्येकै एकजना गरुडदेव थियो ।
गरुडदेवलाई त्यो अवस्थामा देख्दा दुवैजना यात्रीलाई दुखित र
चकित बनायो । आर्यदेव आफ्नो धर्मसभाको आयोजना गर्दै हिडिरहेका थिए । उनि सम्राट
क्राचल्लददेवसँग बदला लिन चाहन्थे । आर्यदेव मानव श्रेष्ठतालाई तिरस्कार गर्दै
आर्य-खस श्रेष्ठतालाई सिंजामा स्थापित गर्न चाहन्थे ।
कृष्णदेव र भार्गदेवको अन्तिम गन्तब्य सिन्धुदेश थियो । सिन्धुदेश
र भोटको सम्बन्ध राम्रो थिएन । दुईराज्य विच पटकपटक युद्ध भएको थियो । युद्धबाट
सिन्दुदेशले धेरै नै क्षेति वेहोर्नुपरेकोले सिन्धुराजा आजित भएका थिए ।
पछिल्लोपटक भोटमा छ्वानदेव नयाँ राजाका रुपमा गद्दीमा आसिन भए । उनि सन्कि र
घमण्डी थिए । यता सिन्धुका नरेश मयेन्द्रप्रसाद पनि भोटको ज्याजति सहनु भन्दा
अन्तिम युद्ध लड्ने सोच र तयारीमा लागेका बेला सिन्धुमा कृष्णदेव र भार्गदेवको
प्रेवश हुन्छ । सिन्धुसेनाले दुईजना यात्रीहरुलाई पक्राउ गरि सेनापति समक्ष पेश
गरे । राजा मयेन्द्रप्रसाद सँगको वार्तालाप पछि कृष्णदेव र भार्गदेव लाई युद्ध
टार्न शान्ति स्थापना गर्नका लागी दुतका रुपमा भोट पठाउछन् ।
कृष्णदेवले भोटका राजा छ्वानदेनको पटक पटकको वेवास्था र
निराशजनक प्रतिक्रियाका बाफ्जुत पनि युद्धरोक्न र मित्रता कायम गर्न सफल बने । जब कृष्णदेवले
भोटका राजा छ्वानदेन समक्ष सिन्धुराजकुमारी मधुमालतीको विवाहको प्रस्ताव गरे
त्यसपछि भने कठोर राजा छवानदेन
युद्धरोक्ने र मित्रताकालागि तयार बने । युगौदेखि चल्दै आएको विवाह कुटनितिले कसरि
ठुल-ठुला युद्धहरु रोक्न सक्छ भन्नेकुरा यस उपन्यासमा यथार्थपरक ढङ्गले चित्रित
गरेका छन् ।
करिव एक वर्षको यात्रापछि कृष्णदेव र भार्गदेव आफ्नो भुमि
मोक्षनगरमा फिर्ता हुन्छन् । मोक्षनगर आइसकेपछि कृष्णदेवको प्रिय घोडा भेटिन्छ ।
कृष्णदेव र भार्गदेवले यात्राको क्रममा देखेभोगेका कुराहरु सबैसमक्ष चर्चागर्न
थाले । उनिहरुले मोक्षनगरलाई छ महिना भित्रै मनमोहक बनाए । दरवार बन्यो । राजगुरु
कस्लाई बनाउने, मोक्षनगरको गृहपुजामा गृहपति को हुने विषयमा प्रासादजनसभामा छलफल
चल्यो । मोक्षनगरको जननायक र नगरउत्तराधीकारीको बनाउने भन्ने वारे छलफल सुरुहुन
थाल्यो । अन्ततः सत्यदेवलाई जननायक र
कृष्णदेवलाई उत्तराधिकारी बने । सत्यदेवको नेतृत्वमा नगर घोषणा यज्ञको दिन विभिन्न
राज्यका विशीष्ट ब्यक्तिहरुलाई अतिथीहरुको रुपमा बोलाउने कुरा भयो । कृष्णदेव
सिंजाका सम्राट क्राचल्लदेवलाई निमन्त्रणा गर्ने जाँदा सिंजा उपत्यकाको स्थीति
भयाभह थियो । हैजाको कारणले पशुपञ्छी, जनवार देखि हजारौ मानिसहरुको समेत ज्यान
गएको थियो । कृष्णदेवकि प्रिय राधाको लास जलिरहेको अवस्थामा देख्दा कृष्णदेवलाई
निक्कै पिरोल्छ । हैजाले राधाको पनि ज्यान लगेको थियो । कृष्णले राधाको अन्तिम
चिठ्ठी पाए र पत्रका शब्दशब्दहरुलाई प्रेमगर्दै उसले पढ्न थाल्यो । प्रेमिकाको
वियोगान्तमा कृष्णदेवको जिवनकथा अर्कै दिशातिर मोडियो । यता मोक्षनगरमा नगरघोषणाको
लागि भब्य तयारी पुरा हुदैथियो । अतिथिहरु आउनेक्रम शुरुहुदै थियो । सिंजाका
सम्राट क्राचल्लदेव र उनकि कान्छी रानी अप्सरा पनि सभामा पुगे । करिब हप्तौ दिनको
पुजा आरधना चल्दापनि कृष्णदेव फर्किएनन् । अर्को वर्षको बुद्धपूर्णिमाको दिनमा
भिक्षुहरुको लहरमा भिक्षु उमंग बनेर कृष्णदेवले मोक्षनगरमा प्रवेश गरे । भिक्षु
उमंगको झोलामा अनेक गीत र कविताहरु, आफ्ना मित्र भार्गदेवलाई लेखेका पत्रहरु र
आफ्नी प्रियतमा राधाका नाममा अनेकौ काब्यहरु लेखेको थियो । भिक्षु उमंग गितहरु
गुनगुनाउदै आफ्नो यात्रामा अगाडि बढ्छन् उपन्यास केहि दार्शनिक वार्तालाप पछि
सकिन्छ ।
Comments
Post a Comment
Request you not to enter any spam link in the comment box.