वी. पी. सच्चा संघियतावादी !!

यो पुस्तह पढिसकेपछि पछि पनि यसको महत्व छ र केहि कुराहरु आवश्यक छन् भनेर तल उल्लेख गरेको छु । वी. पी. विचार सङ्ग्रह (विश्वेश्वरप्रसाद कोइरालाका विचारहरुको सङ्गालो) लेखन/सङ्कलन/सम्पादन - मधुसूदन पाण्डेय

  1. विश्वेश्वर प्रसाद कोइरालाको जन्म वि.सं. १९७१ मा भारतको वाराणसीमा भएको हो । उनका पिताको नाम कृष्णप्रसाद कोइराला र माताको नाम दिव्या कोइराला हो । भारतको वाराणसीमा उहाँको जन्म भएको र त्यतिबेलाका भारतीय र नेपाली ठूलावडाहरुले उहाँलाई विश्वनाथ प्रसाद सम्झेर विश्वेश्वर प्रसाद राखिदिएका थिए । राणाहरुबाट उहाँका पिताजी कृष्णप्रसाद कोइरालालाई देश निकालाको सजाय भइपछि उहाँको पूरै परिवार भारत गइर बस्नुपर्यो । वि.सं. २००२ सालमा अखिल नेपाल राष्ट्रिय काङ्ग्रेसको स्थापना पनि वनरासमै गर्नु भयो । वि.सं. २००6 सालमा उहाँले सुवर्ण शमशेरको पार्टी प्रजातन्त्रिक काङ्ग्रेसलाई आफ्नो पार्टी अखिल नेपाल राष्ट्रिय काङ्ग्रेसमा एकिकृत गराई नेपाली काङ्ग्रेसको जन्मदिनु भयो ।

    २015 सालमा प्रथम संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाई स्थानमा विजय हासिल गर्यो र वी.पी. प्रथम निर्वाचित प्रधानमन्त्री हुनुभयो । काङ्ग्रेसले आफ्नो क्रान्तिकारी दस्ता विघटन गरिसकेको थियो। बन्दुक पनि सरकारलाई बुझाईसकेको थियो । उसमा सेनाको शक्तिको प्रतिरोध गर्नसक्ने क्षमता थिएन । यस्तो अनुकूल मौका छोपी राजा महेन्द्रले २017 साल पौष १ गते सैन्य बलका भरमा निर्वाचित सरकार विघटन गरि सम्पुर्ण नेताहरुलाई जेलमा कोची सत्ता हत्याए । त्यसपछिका ८ वर्षसम्म वि.पी. लाई जेलमा हालियो ।

    जेलबाट रिहाई लगत्तै उहाँ भारत प्रवास जानुभयो । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर ८ वर्षपछि वी.पी. स्वदेश फर्कनु भयो । फर्किना साथ राजाले उहाँलाई पुनः जेलमा हाले । २०३६ सालमा विद्यार्थी आन्दोलनको जोडदार दबाब पछि राजाले जनमत सङ्ग्रहको घोषणा गरेपछि वी.पी. जेलबाट रिहा गरिनु भयो ।

    यस पुस्तकमा लेखक तथा संकलकले विभिन्न समयमा वी.पी. ले विभिन्न माध्यममा लेख्नु भएको र संचार माध्यममा बोल्नु भएको वक्तव्यलाई आधार मानेर विभिन्न संकलन हरुको जोड नै यो किताब हो भन्न सकिन्छ ।

    जम्मा 966 बुदाँ रहेको यस पुस्तकमा वी.पी. का जिवनकालका राजनीतिक घटनाक्रम र त्यसबाट उत्पन्न विचारहरु पाउन सकिन्छ । कोइरालाको घरायसी आर्थिक संकट, राजा संगको संघर्ष, नेपाली काँग्रेसलाई हेर्ने भारतको द्धयत चरित्र तथा भारतको राजा र वी. पी. सँग गरेको जालसाजिपूर्ण व्यवहार लगायत घटनाक्रमहरु यस पुस्तकमा समेटिएका छन् । पुस्तक पढ्दै जाँदा क्रान्तिकारी स्वभावका वी.पी. ले विकासमा गाउँलाई प्राथामिकता राखेर गर्नुपर्ने । साना-साना उद्योग विकासमा जोड दिनुभएको छ । वर्तमान परिपेक्ष सँग यो पुस्तकलाई तुलना गर्दा कोइराला कम्युनिष्ट विचारधारा बाट प्रभावित त हुनुहुन्थ्यो नै वी.पी. संघियता र धर्मनिरपेक्षका पक्षधर हुनुहुन्थो भन्ने भान हुन्छ ।

     मलाई लागेका मुख्य बुँदाहरु तल उल्लेख गरिएका छन्

    १.    "हामी आफ्ना चाहना र बानी अनुसार राष्ट्रिय र पार्टीको समस्याको हल खोज्छौं । तसर्थ हाम्रा धेरैजसो निर्णयहरु आफ्ना व्यक्तिगत चाहना, रुचि वा अरुचिका छायाँमात्र जान्छन्।"

    २.    काठ्माण्डौंका जनताले आफ्नो मानवीय अधिकारका लागि काठमाडौंमा बसेर राज्य गर्ने शासक विरुद्ध निश्शस्त्र आन्दोलन चलाएका खण्डमा निश्चय पनि ठूलो प्रभाव पर्छ।

    ३.    देशव्यापी आन्दोलन चलाउन सकिन्छ भने हिंसात्मक संगठनको आवश्यकता नै पर्दैन, त्यसैबाट सरकार ढल्छ ।

    ४.    नेपाली काङ्ग्रेसले हिंसाद्धारा राज्यकब्जा गर्न सक् भने पनि यस संस्थाले आफ्नो दलको राज्य कायम गर्न र अहिलेका राणा परिवारको ठाउँ त्यस्तै अर्को परिवार वा व्यक्ति समूहको निरङ्कुश शासन स्थापित हुनसक्छ ।

    ५.    संगठन जनताको तागत हो । जतिसुकै ठूलो अत्याचारी भएपनि उसको अत्याचार संगठीत जनताका अगाडि टिक्न सक्दैन ।

    ६.    नेपाली काङ्ग्रेसको विचारमा नेपाली जनताको दरिद्रताको सबै कारण नै आजको भूमि व्यवस्था हो । तसर्थ यसलाई शिघ्रातिशिघ्र बदल्नु पर्छ । ठूल्ठूला जमिन्दार र विर्तावालाको जमिन परिश्रमी किसान वा खेत मजदुरलाई बाँडिदिनु पर्छ ।

    ७.    नेपाली काँग्रेस आफूलाई किसान वा खेतमा काम गर्नेहरुको एकमात्र प्रतिनिधि र हितैषी ठान्दछ ।

    ८.    हामीले स्वतन्त्र रहेर, आफ्नो गोडामा उभिएर हिन्दुस्थानलाई आवश्यक परेको आवस्थामा जुन मद्दत गर्न सकौंला हिन्दुस्थानले हाम्रो अरु अवस्थामा त्यस्तो सहयोग पाउने छैन ।

    ९.    देशको शासन विकेन्द्रीकरण पनि प्रजातन्त्रको मुख्य अङ्ग हो । विकेन्द्रीकरण कै आधारमा नागरिकहरुमा सच्चा देश भक्तिको भावना पैदा हुन्छ ।

    १०.   हाम्रो समस्याले खासमा सबे अधिकार गाउँलाई दिनुपर्ने चेतना दिएको छ । स्थानीय शक्ति गाउँमा हस्तान्तरण गर्नु नै विकेन्द्रीकरण हो । यो साहसी कदम भएकाले कमजोर मुटुले यसलाई पचाउन सक्दैन ।

    ११.   नेपालको कहाली लाग्दो गरिबी नै यहाँको प्रजातन्त्रका लागि गम्भीर चुनौती हो ।

    १२.   सामाजिक र आर्थिक आधार नभएको प्रजातन्त्रले आफूलाई जीवित राख्न र विकसित हुनका निम्ति पोषण प्राप्त गर्न सक्दैन ।

    १३.   सानो लगानीमा सञ्चालन हुने उद्दोगले धेरै पुँजी खोज्दैन तर त्यस्ता उद्दोगले मुलुक र मानिसलाई मूल्यवान् आर्थिक राहत दिन सक्छन् ।त्यसबाट नै देशको अर्थतन्त्रलाई मजबुत बनाई मुलुकमा प्रगतिशील औद्दोगीकरणको बाटो खुल्छ ।

    १४.   त्यो व्यक्ति क्रान्तिकारी हो, जो वास्तविकताको धरातलमा उभिन्छ र परिस्थिति अनुरुप आफ्नो कार्यक्रम बनाउँछ । परिस्थिति प्रतिकूल छ भने पनि ऊ आत्तिदैन ।

    १५.   देशले निम्न स्तरको राजनीति गरेर ठूल्ठूला राजनितिक कदम चाल्न सक्दैन । मैले अविश्वास गर्ने जानेको छैन ।

    १६.   उत्कर्ष र संकट दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ ।

    १७.   नैतिकता विनाको राजनीति निरर्थक र अलिनो हुन्छ ।

    १८.   किसानहरु हाम्रा आर्थिक जीवनका मेरुदण्ड हुन् । उनीहरुको कल्याणले नै समाजको कल्याण हुन्छ ।

    १९.   राजनितिमा मानिसहरुको स्मरणशक्ति क्षणिक हुन्छ ।

    २०.   हाम्रो समाजमा पनि आर्थिक विकास हुन थाल्यो भने छुवाछुत त्यसै हटेर जानेछ

    २१.   इतिहास एउटा अतितको कथा वा पुराण मात्रै हैन, यो भविस्यको निर्देशक पनि हो ।

    २२.   जुनसुकै चुनौतीको सामना गर्न सधै तयार रहनु नै तारुवय र युवावस्थाको विशेषता हो ।

    २३.   म बाहुन भए पनि जनै लगाउँदिन ।

    २४.   व्यक्ति समाजवादको जीवित तत्व हो ।

    २५.   बेलायतमा लेबर पार्टीको सरकार नबनेको भए सायद 1947 मा हिन्दुस्थानले स्वतन्त्र अधिकारको उपहार पाउने थिएन ।

    २६.   गान्धिवादीको 'अहिंसा' नेपालको राजनीतिक अस्त्रका रुपमा व्यवहारिक छैन ।

    २७.   पश्चिमी जगतमा समृद्धिले जन्माएको सबैभन्दा ठूलो समस्या नै सांस्कृतिक समस्या हो ।

    २८.   देश वा राष्ट्र भनेको भूगोल होइन, माटो पनि होइन । यो यथार्थमा जनता हो ।

    २९.   पृथ्विनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तार भन्दा बढी अरु केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर एउटा ऐतिहासिक महत्व दिन खोज्नु गलत हुनेछ ।

    ३०.   गोरखा राज्यको विस्ता एकताको अभियान थिएन । त्यस समय शासकहरु न नेपाली राष्ट्रिय भावनाले प्रेरित थिए नत गोरखा राज्य विस्तारको यन्त्र गोरखा पल्टनका सिपाही वा अफिसर नै राष्ट्रवादी थिए ।

    ३१.   मलाई कसैले क्रान्तिकारी हुनका लागि चाहिने तीन गुण मद्ये श्रेष्ठतम गुण कुन हो भनेर सोधेको खण्डमा व्यवहारिक कार्यपटुकतालाई नै अधिक महत्व दिन्छु ।

    ३२.   नेपाली सेनाको अध्ययनको प्रस्थान बिन्दु पृथ्वीनारायण शाहको उदयबाट हुन्छ ।

    ३३.   नेपालका शासकको राजनीतिक अधिकार बन्दुकको नालबाट प्राप्त हुने गरेको छ ।

    ३४.   नेपाली सेनालाई नियन्त्रण गर्ने अर्को सानो सेना च । त्यो दरवारको पल्टन हो । त्यही पल्टनको शक्तिले नेपाली सेनालाई शाही सेनामा परिणत गर्न सजिलो भएको छ ।

    ३५.   भारत सरकारको नीति सधै राजालाई खुसि पारेर आफ्नो स्वार्थ सिद्ध गर्ने र उद्देश्य पुरा गर्न सकिएला भन्ने भयो । कुनै न कुनै दिन उनिहरु आफ्नो नीति गलत रहेछ भन्ने स्विकार्नु पर्नेछ ।

    ३६.   भारतको जहिले पनि दुईवटा आपसमा बाझिएका दाँत हुन्छन् जस्तो लाग्छ । एउटा राजा सँग टाँसिएर बस भन्ने र अर्को राजाको खिलाफ नडराउ भन्ने ।

    ३७.   नेपाल निकै संवेदनशील क्षेत्र भएकाले यो देश अन्तर्राष्ट्रिय महत्वको देश भएको छ । अमेरिकीहरु जस्ता महाशक्तिको पनि यस क्षेत्रमा चासो रहेकोले यो क्षेत्र अस्थिर बन्ने आशंका छ ।

    ३८.   म कसैसँग सम्झौता गरेर वा गठबन्धन गरेर नेपाल जान लागेको छैन ।

    ३९.   जुन बखत मेरो वक्तव्य लुकी-लुकी पढ्नु पर्थो, कसैको जेबबाट निस्क्यो भने तीन वर्षको सजाय हुन्थ्यो, त्यतिबेला माओको खुला प्रचार हुन्थ्यो । उनिहरुलाई त्यत्रो छुट थियो ।

    ४०.   साँच्चै भन्ने हो भने मलाई राजाबाट त खतरा लागेकै थिएन । खतरा त विदेशबाट थियो।

    ४१.   जनमत संग्रह हुँदा कसैले धाँधलीको आवाज उठाएनन् । दशदिनपछि परिणामको घोषणा भयो । यस अवधिभर सबै परिणामको प्रतिक्षामा बसिरहे तर परिणामको घोषणा भए लगत्तै विना कुनै नयाँ अनुशन्धान धाँधली भयो भन्न थालियो । मलाई पनि परिणामले चकित पार्र्यो तर धाँधली भन्न चाहिँ समस्या थियो ।

    ४२.   हाम्रो राष्ट्रिय अस्तित्व र अखण्डताका लागि भारत र चीनको मित्रता अत्यन्तै जरुरी छ ।

    ४३.   २०१७ सालको कदमलाई म सधैँ अन्तर्राष्ट्रिय कदम हो भन्छु ।

    ४४.   ग्रामिण जनताको विकास नै नेपालको पहिलो आवश्यकता हो ।

    ४५.   समाजवाद एक भौतिकवादी विचार शृङ्खला हो ।

    ४६.   समाजवाद भनेको साम्यवाद नै हो, त्यसमा प्रजातन्त्र थपिएको हुन्छ र साम्यवाद भनेको समाजवाद नै हो त्यसमा प्रजातन्त्र झिकिएको हुन्छ ।

    ४७.   मलाई कम्युनिष्ट आन्दोलनमा आकृष्ट गर्ने व्यक्तिको नाम लिनुपर्र्यो भने म ट्राटस्कीकै नाम लिन्छु । उनको लेखाइ र व्यक्तित्व अभूतपुर्व थियो । ट्राटस्की र स्टालिन बीच द्धन्द्ध हुँदा म ट्राटस्कीका पक्षमा थिएँ ।

    ४८.   समाजको विकास कसरी हुन्छ भन्ने व्याख्यामा मैले माक्सवादी पद्धति स्विकार गरेको छु।

    ४९.   सन्  १९२९ को सत्ताको लडाइँबाट स्टालिन उच्च तहमा पुगेपछि त्यहाँ हत्या भएका समाचार आउँदा मलाई ठुलो चोट पुग्यो र कम्युनिष्ट पार्टी नै त्यागे ।ममाथि माक्सको ठुलो प्रभाव परेको छ । उनको तरिकाबाट आजपनि म प्रभावित छु ।

    ५०.   मलाई प्रभाव पार्ने पुस्तकको नाम लिनुपर्दा खासगरी ललिनको 'राज्य र क्रान्ति', 'के गर्ने गर्ने हो यो ?' फान्ज मेहरिङको 'कार्लमाक्स', खानोभको 'माक्सवादका आधारभूत समस्या' बुखारिनको 'कम्युनिज को कखरा' हरु नै हुन् ।

    ५१.   म ठुल्ठुला होटलहरु बनाउँदिन । म तिनको विरुद्ध छु । तिनले युवकहरुको मनलाई भ्रष्ट पार्छन् । म त ठुल्ठुला सडक निर्माणको समेत विरुद्ध छु । हामीलाई ठुला सडक चाहिँदैनन् ।

    ५२.   म नेपालको सबैभन्दा गरिब परिवारलाई मेरो परिवारको बराबरी ल्याउन चाहान्छु ।

    ५३.   क्राइस्ट, सोक्रेटिस, गान्धी सबै विद्रोही हुन् । चैनका साथ मर्नपाएका त बुद्ध मात्रै हुन् ।

    ५४.   बहिनी नलिनी र सानीमाले दिएको सुन लिएर म वनारस पढ्न गएको थिएँ । सुन नहराओस् भनी आमाले कछाडमा सिइदिनु भएको थियो ।

    ५५.   मेरो भाइ हरिहरको मृत्यु हुँदा उसलाई घाट लैजान कात्रो किन्ने पैसा समेत हामीसँग थिएन ।

    ५६.   मैले अखबार बेच्ने काम पनि गरेँ ।

    ५७.   १९४५ मा जुन दिन म जेलबाट छुटे पिताजीको पनि त्यही दिन देहान्त भयो ।

    ५८.    आधाररहित तर्क अन्धोको लाठी जस्तो हुन्छ ।कहिले लाग्छ तर धेरैजसो लाग्दैन ।

    ५९.   नयाँ किताब तरुणी हुन। तिनमा आफुलाई चुर्लुम्म पार्नुभन्दा पहिले तिनीहरुलाई सुमसुम्याउनु पर्छ, यता उति उल्टाईपल्टाई हेर्नुपर्दछ, एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथिदेखि तलसम्म हाल्नुपर्छ, यसो सुँघनु पनि पर्छ ।

    ६०.   कपाल काट्नु जस्तो असुविधा मलाई अरु कुरामा कमि लाग्छ । जहाँसम्म हुन्छ, यो कु अवसरलाई टार्ने प्रयत्न गर्छु ।

    ६१.   यौन र योगले मेरो अन्त हृदयमा एउटा ध्वनि उत्पन्न गराउँछन्, मानौ दुवै एउटै तत्व हो अथवा यौनकै अर्को अभिव्यक्ति योग हो ।

    ६२.   योगको जरो कता कताबाट अनततः यौनमा पुगेको हुन्छ जस्तो लाग्छ मलाई ।

    ६३.   ज्ञानको मुख्य उपलब्धि त्यसको मस्तिष्कले ग्रहण गर्न सकेको अशं हो ।

    ६४.   जोगाएर राखेको व्यक्तित्व दरो हुँदैन ।

    ६५.   भविष्यका प्रति विश्वास बडो ठुलो नैतिक शक्ति रहेछ, जसले वर्तमानको कष्टलाई सह्य बनाउन सक्छ ।

    ६६.   वादको मूल आधार माक्सवाद हो तर हामी लकिरको फकिर पनि हुँदैनौं ।

    ६७.    हामी त्यस्तै प्रकारको राजनीतिक व्यवस्था पाउँछौ, जसका लागि उपयुक्त छौं ।

    ६८.   औद्योगीकरण नभएको भए सयजना गान्धी पाएपनि छुवाछुतको कट्टरता हट्न सक्तैन । छुवाचुत घटाउन हिजनहरुलाई मन्दिर प्रवेश गराउन धेरै आन्दोलन चल्यो तर त्यति सफल हुन सकेन । यसमा जति सफलता मिलेको छ त्यसमा सबैभन्दा ठुलो प्रभाव औद्योगीकरणबाट परेको छ । औद्योगीकरणले गर्दा छुवाछुत स्वतः कम जुन थाल्यो ।

    ६९.   हामी विज्ञानद्धारा प्राकृतिक बन्धनमाथि जति-जति विजय प्राप्त गर्दै जान्छौं उति-उति देवतालाई एउटा कुनाबाट निकाल्दै अर्को कुनामा पन्छाउँदै जान्छौँ ।

    ७०.   दोस्रो विश्वयुद्ध एउटा ठुलो मुक्तिदाता सावित भयो, जसका कारणले गर्दा स्वाधीनताका लागि हिंसात्मक वा अहिंसात्मक कुनै प्रकारको लडाइँ नलडेका अफ्रिका र एसियाका अनेक राष्ट्र स्वतन्त्र भए ।

    ७१.   कसैले राजालाई राष्ट्रियताको समर्थक वा प्रतिक मान्छ भने नेपालको राजनीतिका सम्बन्धमा त्यो जस्तो ठुलो भ्रम अर्को हुनै सक्तैन ।

    ७२.   क्रान्ति भनेको परिवर्तन हो। यो हिंसात्मक पनि हुन सक्छ, अहिंसात्मक पनि हुन सक्छ।

    ७३.   एउटा दरिद्र परिवार दरिद्र समाजको लघु रुप हो ।

    ७४.   सुवर्णजीले आफ्नो संघर्षलाई भारतको नेपालका प्रतिको अंग बनाई दिनुभयो । उहाँको असफलताको कारण त्यही थियो । सुवर्णजी जति दिल्लीको अनुकूल हुन सक्नु भयो होला, त्यति अनुकूल हुन सक्ने प्रजातान्त्रिक पक्षबाट मान्छे पाउने छैन दिल्लीले । उहाँ प्रति किन दरवार अनुकूल हुन सकेन भने दरबार भन्दा बेसी उहाँ दिल्ली तर्फ अनुकूल हुनुभयो ।

    ७५.   भारतमा बसेर इन्दिरा गान्धीको दबाद सहनु भन्दा त आफ्नो देशमा जेलमै बस्नु बरु बेस भनेर म भारतबाट नेपाल फर्केको हुँ ।

    ७६.   मास पार्टीलाई पुरा शुद्ध पार्टी बनाउन सकिँदैन । त्यसमा घुसपैट हुन्छ हुन्छ ।

    ७७.   मैले कुनै मन्दिरमा गएर मलाई यसो गरिदेउ भनेको छैन । त्यसमा मलाई पत्यारै छैन । मन्दिर म जान्छु तर देउताबाट कुनै आशा गरेर जान्न तर त्यहाँको वातावरणबाट क्यै न क्यै प्राप्त हुन्छ ।

    ७८.   नारी कहिलै पनि नसिद्धिने आकर्षक तत्व हो जीवनमा । मानिसको जीवनमा पत्नीको स्थान प्रेमिकाले लिन सक्दैन रहिछ । त्यसैले जब पुरुषलाई चारैतिरबाट समस्या र आपत्तिले घेर्छन अनि उसलाई आफ्नो घर र त्यहाँ अवस्थित पत्नीको स्मरण हुन्छ ।

     

     

Comments