कोरोनाको कहर
डिसेम्बर २०१९ मा चीनको हुबेइ प्रान्तको राजधानी वुहान
शहरमा पहिलो चोटी देखियको कोरोना भाईरस लाई पछि बिश्वस्वास्थ्य संगठनले कोभिड-१९ (COVID-19)
का रुपमा नामारण गरियो । ११ मार्च २०२० मा यस भाईरसलाई WHO
ले महामारी (pandemic) का रुपमा घोषणा गर्यो । कोरोना भाइरस एकल भाईरस नभै
बिभिन्न भाइरसहरुको समुह हो। यो आँफैमा रोग हैन तर यसले बिभिन्न किसिमका
श्वास-प्रश्वास सम्बन्धीका रोगहरु निम्त्याउन्छ। यो भाइरसबाट सन्क्रमण भइसकेपछी
सुरुमा धेरै ज्वारो आउने, सुख्खा खोकी लाग्ने र माँसपेसी दुख्ने गर्दछ। श्वास छोटो भई श्वास लिन गाह्रो
हुने गर्दछ । अहिले सम्मको अकडादेर्हा पहिले देखी दिर्घरोगी र बुढाबुढीहरुलाई धेरै
सन्क्रमण गरी मुर्त्यु हुनेमा पनि यही समुहका धेरै छन।

3D structure of corona virus (covid-19)
सुरुमा वुहानमा मात्र सिमित कोरोना बिस्तारै चीन सँग सिमा
जोडीयका वा नजोडीयाका देशहरुमा देखापर्ने थाल्यो, देखामात्र परेन त्यसको केन्द्रबिन्दु रहेको हुवानको भन्दा
धेरै क्षती गदैै गयोे र गर्दै छ । अमेरिका लगायत पश्चिमा मुलुकका बिज्ञहरुले चीन
सरकारले हुवानमा यस भाईरस बाट प्रभाबित र मर्ने हरुको संख्या लुकायो,
यस रोगको बिशेष लक्षण लुकायो मात्र भनिरहेका छैनन,
कोरोना भाईरस त नोवम्बर २०१९ मै हुवानमा देखापरेको तर
चिनिया सरकारले ५ हप्ता पछी मात्र कोरोनाबारे सुचना बाहिरी बिश्वलाई जानकारी
गरायको आरोप लगाइरहेका छन।
हुवानमा डिसेम्बर ३० मा हुवान केन्द्रिय अस्पातलका डा.लि वेन्लिङ
(Li
Wenliang) ले धेरै भाईरस हरुको
समुह “कोरोना भाईरस" जसले श्वास-प्रश्वासमा धेरै असर गर्छ भनेर पहिलो चोटि
भनेका थिए। पछि त्यहाँको स्थानिय सरकारले प्रहरी लागयर उनलाई पक्राउ गरी नजरबन्दमा
राख्यो र त्यहाँको ऊपचारमा सङ्लन डाक्टर र अस्पातलले सबै बिरामीहरुको बिवरण
स्थानीय सरकारले मात्र बहिर भन्न पाउने गरी लागु गरे। हुवानमा यो भाईरसले गर्दा
मर्ने हरुको संख्या दिनानु दिन बढीरहेको थीयो भने सरकारले सबैसुचनाहरु आँफैमा
केन्द्रित गरेरहेको थिए। अर्कोतिर डाक्टर लगायत अन्यलाई यस भाईरस सम्बन्धी बहिर
बोल्न वा लेख्न बन्द गर्ने काम जारी थीयो।

Dr. Li Wenliang
यो भाईरस सम्बन्धी जानकारी बाहिर गर्ने डाक्टर ली यस
भाईरसबाट संक्रमित भयपछि अस्पातल भर्ना गरियो । कोरोना देखियको करिब एक महिना पछी
जनवरी २० मा चीनका राष्ट्रपती सि जिन्पिङले यस भाईरसलाई जसरिपनी रोकथाम गर्न,
बिरामीहरुको उपाचारमा संग्लग्न हुन र अरु थप क्षेत्रमा
फैलिन नदिन अधिकारीलाई आदेस दिए। त्यो दिन सम्म हुवानमा १९८ जनाको मुर्त्यु
भैसकेको थीयो। ७ फेर्बुरीमा डा.ली वेन्लिङको यही भाईरसबाट गहिरो गरी ग्रस्त भई
देहान्त भयो । कोरोना भाईरसको उत्पत्ती, यसको रोकथामा र यसको उपचारको यकिन बिधी र औसधी आजका दिनसम्म
कही कसैले पत्ता लगाउन सकेका छैनन तथापी यो धेरै भाईरसहरुको एक सामुहिक जेनेटिक
भाईरस हो र यो चमेरो र माछाको सँसर्गबाट उत्पत्ती भयको भाईरस हो भन्नेमा सबै
बैज्ञानीकहरु एकमत छन। चीनमा कोरोनाको महामारीले गर्दा मान्छेहरुको ज्यान गैरहेको
बेलामा नेपालमा २-३ पटक हामी चिनको साथमा छौ भन्दै दिप प्रज्वोलन गरे अनि नेपाल
सरकारले १ लाख मास्क चीनलाई सहयोग स्वरुप नेपालका लागी चिनिया राजदुतलाई
हस्तान्तरण गरेर भार्तित्व देखायो।
चिनियाहरुको अब्यवस्थित खानपानले गर्दा यस्तो भाइरस ल्यायो,
यतिमात्र हैन चाइनाले जैबिक हतियारका रुपमा यो भाइरस
प्रयोगशालामा बनाएकोे र भुल बस प्रयोगशाला बाट बाहिर सर्बसाधारणमा फैलियको भन्ने
आरोप पश्चिमादेशहरुले लगाइरहे। उनिहरुलाई आफ्नो देशमा कोरोना भाईरस भित्रिन्छ
जस्तो लागेको थिएन र त अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले समुन्द्र पारीको देश
अमेरिकामा भित्रिदैन भन्दै चिनियाहरुको आलोचना मात्र हैन खिसिटियुरी समेत गरे। तर
करीब १ महिन नबित्दै कोरोनाले विश्व भर्मण गरिसकेको थीयोे। ईरान, दक्षिण कोरीया, उत्तर कोरीया , जापान, इटली, जर्मनी लगायत राष्ट्रपती ट्रम्पको देश संयुक्त राज्य
अमेरिकामा पनि यो भाईरसले गर्दा मान्छेहरु संक्रमित र मर्ने हरुको संख्या दिनका
दिन बढीरहेको थीयो र छ।
जब अमेरिकाको मुख्य शहरमध्यको एक न्युवर्क शहरमा यस भाईरसको
कारणले मर्नेहरुको संख्या ३०० नाघ्यो त्यसपछी त्याँहाका मेयरले यदि त्यसरी नै
संकमर्ण फैलदै जाने हो भने न्युवर्कको स्वास्थ्य सामर्गी १० दिनका लागी पनि
नपुग्ने घोषणा गरे। तर राष्ट्रपती डोनाल्ड ट्रम्प भने यो कोरोना भाईरस हैन चिनिया
भाईरस भन्दै हल्कारुपमा लगिरहेका थीए। न्युवर्कका मेयरको भनाई बाट अमेरिकाको
स्वास्थ्य स्थीति कतिसम्म तल्लो स्तरको रहेछ र आपत्कालिन संकट सँग जुझनका लागि
सर्बसक्तिमान राष्ट्रलाई समेत कती आफ्ट्यारो पर्छ भन्ने प्रस्ट हुन्छ। शक्तिशाली
राष्ट्रहरुको G-20 को
बैठकमा समेत अमेरिकाले नोबेल कोरोनाको नाम COVID-19 नभइ हुवान भाईरस हुनु पर्ने लिखित प्रस्तव नै राख्यो तथापि
अन्य राष्ट्रहरुले यसमा सहमत नगर्दा सधैं बैठक पछी संयुक्त बिज्ञप्ती निकाल्ने G-20 ले यसपालि भने सर्बसम्मत नहुँदा बिज्ञप्ती ननिकालि बैठेक
टुंग्यायो।
डाक्टरहरुको भनाइ अनुसार कोरोना भाईरस बिशेष गरी मनिसहरुको
सम्पर्क बाट, बिभिन्न
बस्तु बाट सजिलै सर्ने खालको हुन्छ। चीनको हुवानमा यसले महामारीको रुप लिइरहदा
युरोप लगायत अमेरिकाले चीनसँगको हवाई र जल संपर्कलाई समयमै बन्द गर्न सकेनन किनकी
उनिहरुले कोरोनालाई यती ठुलो बिपत्तिका रुपमा आकलन गरेका थियनन्,
फलस्वोरुप चीनसँग प्रतक्ष-परोक्ष ब्यापार तथा अन्य तरिकाले
जोडीएका देशहरु भयाबह रुप लियो/लिदैछ। चीनबाट सुरु भयको कोरोना भाईरसको महामारीे
चीनभन्दा धेरै इटली र स्पेनमा मान्छेहरुको मुर्त्यु भईरहेको छ। आजका दिन सम्म
बिश्वका १९९ देशहरुमा कोरोनाको सन्क्रमण देखिसकेको छ भलै कुनै ठाउँमा धेरै कुनैमा
कम मानिसहरु ग्रशित छन् तथापी यो भाइरस लाई मानव जातिमाथिको भयाभय संकटका रुपमा
सिंगो जगतले लियको छ।
धेरै देशहरुको डाटा विश्लेषण गर्दा के भन्न सकिन्छ भने
नोबेल कोरोना भाइरस (COVID-19)
पोजेटिभ देखियकाहरुमा
सुरुवाती सामान्य अवस्था (पहिलो चरण) संक्रमितको ९० % भन्दा धेरै संख्या हुन्छ भने
धेरै लाई सहि उपचार भए यही चरणमा निको हुने गर्दोरहेछ भने ५ % मात्र सिरियस
कण्डिसनमा (दोर्सो चरण) जान्छन्। जब मान्छे सिरियस कन्डिसनमा जान्छ त्यस्पछि
प्रतेक देश अनुसार मर्नेको प्रतिशत ३ देखी ५० प्रतिशत नजिक वा धेरै पुग्दो रहेछ।
तर चीनले दोर्सो चरणका केसहरुमा मुर्त्युदर ४ % मा सिमित राखेको थीयो भने दक्षिण
कोरियाले ३ प्रतिशत। आजका दिनमा इटलीको ४५ % र बेलायतको ८६ % प्रतिशत सम्म
मुर्त्युदर रहेको छ।
चीनमा २२ जनवरी देखी मार्च २८ सम्म कोरोनाले गर्दा जम्मा ३,२९५ जनाको ज्यान ज्यान लिदा फेर्बवरी २३ का दिन सबैभन्दा
धेरै १५० जनाको ज्यान गयको थीयो, भने ८ मार्च देखी चीनमा नयाँ संक्रमणित रोगी देखियका छैनन्।
इटलीमा फेर्बवरी १५ देखी मार्च २८ सम्म ९,१३४ जनाको मुर्त्यु
भैसकेको छ जस्मा एकै दिन मार्च २७ मा ९१९ जनाको मुर्त्यु भयको छ जुन अहीले सम्मकै
धेरै हो । भारतमा फेर्बवरी १५ देखी मार्च २८ सम्म २० जनाको मुर्त्यु भैसकेको छ
जस्मा एकै दिन मार्च २६ मा ८ जनाको मुर्त्यु भयको छ। त्यसैगरी,
अमेरिकामा फेर्बवरी १५ देखी मार्च २८ सम्म १,७०४ जनाको मुर्त्यु भैसकेको छ जस्मा एकै दिन मार्च २७ मा
४०१ जनाको मुर्त्यु भएको थियो । आजका दिनसम्म अमेरिकामा सबैभन्दा धेरै कोरोना
संक्रमित देखियका छन्।
संयुक्तराज्य (U.K) मा फेर्बवरी १५ देखी मार्च २८ सम्म ७५९ जनाको मुर्त्यु भएको
छ,
जस्मा एकै दिन मार्च २७ मा २८१ जनाको ज्यान गयको थियो।
अर्को यूरोपली शक्तिशाली राष्ट्र स्पेनमा फेर्बवरी १५ देखी मार्च २८ सम्म कोरोन
भाईरसले गर्दाे ५,१३८ जनाले ज्यान गुमाउनु पर्यो भने। एकै दिन मार्च २७ मा ७७३ जनाको मुर्त्यु
भएको छ।
दक्षिण(कोरियामा फेर्बवरी १५ देखी मार्च २८ सम्म १४४ ज्यान
गयको थियोे। जस्मा एकै दिन मार्च २४ मा ९ जनाको मुर्त्यु भएको छ। दक्षिण कोरियामा
कोरोनाले गर्दा मुर्त्युदर अहिले सम्मकै
कम हो । नेपालमा भने अहिले सम्म ५ जनामा मात्रा कोरोनाको सन्क्रमण देखियको
छ जस्मा १ जना पुरै निको भईसकेका छन् बाँकी को उपचार भैरहेको छ। ५ जना मध्य १ जना
भने उपचारपछि निको भई घरफर्किसकेका छन। बाँकीको उपचार भईरहेको छ। १ जना उपत्यका
बाहिर कैलाली सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।
सबैलाई सोचनिय कुरा के छ भने संसारकै उत्कृष्ट
स्वास्थ्यसेवा भएका देशहरुमै कोरोना भाइरसले गर्दा भयाबह स्तिथी ल्याइरहेको छ भने
तेर्सो विश्वका राष्ट्रहरुले यसलाई कसरी सम्हाल्ने छन त्यो त अब हेर्न बाँकी नै छ।
अहिले सम्मको आकडा र कोरोनाको गती हेर्दा तेर्सो विश्वका देशहरुलाई हायल कायल
बनाउने अनुमान गर्न सकिन्छ।
स्तिथी कती सम्म दर्दनाक छ आफ्नै परिवारका सदस्य लाई
कोरोनाको सन्क्रमण देखी हालेमा उपचार त के हुन्छ थाहा छैन तर उस्को नजिक मात्र
हैनकी मुर्त्यु भए पनि मलमी जाने मान्छे पाइने छैन्न। आज एउटा अन्लाइन न्युज
अनुसार इटलीमा कोभिड-१९ का अधिकांश पीडितहरू अस्पतालको एक्लै राखेर उपचार गरिने
आइसोलेसन कक्षमा परिवारका कुनै सदस्य वा साथीभाइको अनुपस्थितिमा अन्तिम सास लिने
गरेका छन। अस्पतालहरूमा कोरोनाभाइरस सङ्क्रमण सर्ने जोखिमले भ्रमणहरूमा प्रतिबन्ध
लगाइएको छ। इटलीको मिलानस्थित अन्तिम संस्कार आयोजना गर्ने स्थलमा काम गर्ने
एन्ड्रिया सेराटोले भनेका छन;- “यो महामारीले तपाईँलाई दुई पटक मार्छ”। पहिलो पटक यसले तपाईँ आफू मर्नुभन्दा अघि
प्रियजनबाट एक्लो बनाउँछ। अन्तिमसम्म यसले कसैलाई पनि तपाईँनजिक आउन दिँदैन ।
परिवारहरू ठूलो पीडाबाट गुज्रिरहन्छन् र उनीहरूलाई यो स्वीकार गर्न पनि गाह्रो
हुन्छ। इटलीक एक कलाकारले आफ्नी बहिनीको कोरोनाले गर्दा ज्यान गएपछी मलामी जान
मान्छे नपाएर खाटमा राखेको भिडियो सामाजिक सन्जालमा पोस्ट गरेका थीए।
बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टाभित्र
बाबुछोरीको ज्यान गएको थियो। बुधबार ६१ वर्षीय बुवा सुधीर शर्माको ज्यान गएको गयो
भने ३३ वर्षीया छोरी पूजाको बिहीबार मृत्यु भएको हो। पूजाको मृत्यु अस्पताल भर्ना
भएको ३ दिनमै भएको थियो। दुबैको अन्त्येष्टिमा कोही पनि मलामी नभएको समाचार द सनले
लेखेको छ। समाचारका अनुसार आफ्ना पतीको
अन्त्येष्टिमा ‘आइसोलेसन’ मा बस्नु परेकाले श्रीमती मलामी जान पाइनन्। यो
तुलना नै गर्न नसकिने पीडा हो, स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएको छ,
‘उनकी श्रीमती आइसोलेसनमा बस्नु
परेकाले अन्तिम संस्कारमा सहभागी गराउन सकिएन। यो निकै दर्दनाक अवस्था हो।
धेरै समय सम्म कोरोना भाइरस उच्चारणै नगरि चिनिया भाइरस
भन्न मन पराउने राष्ट्रपती ट्रम्पलाई जब अमेरिकामा कोरोनका सन्क्रमित संसारकै बढी
भय त्यसपछी भने उनी गम्भिर भयको सन्केत दिए। उनले चीनका राष्ट्रपती सि-जिनपिङ सँग
टेलिफोन सम्बाद गरे। दुबै राष्ट्र अध्यक्ष बिच कोरोना रोकथामका लागि मिलेर काम
गर्ने भन्ने कुरा भयको भनी ट्रम्पले टुइट गरे। यो साकारत्मक सन्देश भयता पनि आजका
दिन सम्म नेपाल भारत मात्रै हैन एकतिहाई विश्व लक-डाउनमा रहेका बेला ट्रम्पले
अमेरिकामा लक-डाउन गर्न मानेका छैनन र गरेको पनि छैन। उल्टै अमेरिका बन्द गर्न लाई
होइन भने। साहेद यो उनको आगामि बर्ष हुने राष्ट्रपतिय चुनावमा केही नराम्रो सन्देश
जान्छ कि भन्ने लागेको पनि हुन सक्छ।
नेपालका सबै नेता र VIP हरुले यहाँ कसैलाई पनि नोबेल कोरोना भाईरस पोजेटिभ नहुँदै
सेल्फ अैसोलेसनमा बसे। सबै भेट्घाट बन्द गरे कतिले त आफु बिरामी भयकोले भेटघाट
गर्न बन्द गरेको सचिवालय लाई बिज्ञप्ती निकाल्न लगाए। उता बेलायतमा भने त्यहाँका राजाकुमार प्रिन्स
चार्ल्स (७१ बर्ष), प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्य मन्त्री नाडाइन डोरिज (Nadine
Dorries) पनि कोरोनाबाट
संक्रमित भयको बिबिसीले जनायको छ ।
नोबेल कोरोना भाइरस मानवजगतका लागि आजसम्मकै अत्याधिक
हानिकारक भाईरसका रुपमा देखा पारिरहेको छ भने, संसारका बैज्ञानिकहरुको टाउको दुस्खाइको बिषय भएको छ। चीन,
अमेरिका, बेलायतका बैज्ञानिकहरुले यो भाइरस निर्मुलिकरण गर्ने खोप
तयार भयको जनाएपनि त्यसको सबै प्रकृया पार गर्दै आमप्रयोगमा ल्याउन करिब एक
(डेढबर्ष लाग्ने जनायका छन। यदि कोरोनाको फैलिनेदर बर्तमान अवस्थाकै गतिमा गएमा एक
डेढबर्ष सम्म बिश्वका आधा देशहरुको आर्थिक, सामाजिक तथा राजनीतिक शक्ति धेरै गुमिसकेको हुने छ। अझै पनि
कोरोनाले गर्दा बिश्वको राजनीतिक र आर्थिक समिकरणमा उथल-पुथल ल्याउने देखिन्छ।
युरोपेली देश इटलीले कोरोनासँग जुझन हम्मे हम्मे परेको बेला
अन्तरास्ट्रिय रुपमा सहयोगका लागि अपिल गर्यो। युरोपेली देशहरु कसैले सहयोग गर्ने
सकेनन न अमेरिकाले नै सहयोग गर्न सक्यो । किनकी, उनिहरु आँफै कोरोना सँग जुझीरहेका थीए। तर चाइनाले आफ्नै
हावाइजहाजबाट स्वास्थ्यकर्मी र स्वास्थ्य सामार्गी लिएर इटली पुग्यो। त्यसैगरि
क्युबा र रसियाले चिकित्सक र स्वास्थ्य सामार्गी इटली पठाए। स्मरण गर्न योग्य के
कुरा छ भने जब अमेरिकाले क्युबामा नाकाबन्दि गरेको थीयो त्यो बेला अमेरिकाको
समर्थनमा इटली दरो सँग उभियको थीयो। नेपालमा २०७२ सालको महाभुकम्प पछी जसरी नेपाली
राजनीतिक र आर्थिक क्षेत्रमा चाइनाको हस्तक्षेप बढ्दै गयको थीयो र छ त्यसरी नै
बिश्वमान चित्रमा कोरोनाले कहाँ कस्तो प्रभाब र समिकरण परिवर्तन गर्ने छ त्यो त
आगामी दिनमा थाहाँ हुने छ........!
तिब्र गतीमा सर्ने सक्ने प्रकृतिको कोरोना भाईरस ढिलो चाडो
सबैदेशहरुमा पुग्ने निस्चित जस्तै थीयो। साहेद यही कुरालाई मनन गरेर हुनसक्छ
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कुटनितिक महत्वमा
नराखेको सार्क लाई बिउझाउन खोजे उनकै अग्रसर्तामा १५ मार्च २०२० मा सार्कका सबै
राष्ट्रप्रमुखहरु बिच भिडियो कन्फ्रेन्स गर्दै कोरोना महामारी सँग जुध्न एक भयर
लाग्नु पर्ने सन्देश दिए। त्यो बेला सम्म भारतमा कोरोनाले गर्दा २ जनाको ज्यान
गैसकेको थीयो भने नेपालमा सम्बन्धित निकायले गम्भिरताका साथ लगेका थिएन्न। यति
सम्मकि स्वास्थ्य मन्त्री भानु भक्त ढकालले पत्रकारहरु सँग नेपालीहरुको खानपानले
गर्दा कोरोनाले छुनै नसक्ने दावा गर्नु
भयको थीयो।
कोरोना र नेपाल
वुहानमा दिनमा यतिको ज्यान गयो उतिको निको भई डिस्चार्ज भयो
भन्ने खबरले नेपालका राष्ट्रिय पत्रपत्रीकाहरुमा राम्रै ठाउँ पाउथे तर कोरोनाको
केन्द्रबिन्दु भयको देशसँग भुगोल जोडीयको नेपालमा भने कोरोना हासि-मजाक्को बिषय
बनेको थीयो। जब कोरोना संसारको धेरै देशमा देखिन थालयो त्यसपछी नेपालीहरुमा पनि
डरत्राशको बातावरण भयो। सुरुमा चीनको उहान र त्यस नजिकका शहरमा भयका नेपालीहरु लाई
स्वदेश फिर्ता ल्याउनु पर्छ भनी बुधिजिबि बर्ग देखि संसदमा बिभिन्न पर्टीहरुका
मनानीयहरुले सरकारलाई निरन्तर दबाब दिन थाले। फलस्वरुप सरकारले त्यहाँ रहेका सबै
नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने तयारी थाल्यो। चीनका लागी नेपाली राजदुताबासको
वेबसाइटमा नेपाल फर्कन चाहनेहरुलाई आफ्नो नाम र नम्बर सहित फर्म भर्न लगायो। नेपाल
आउन चाहने फर्म भर्ने जम्मा १८५ जना भए।
जब सरकारले भक्तपुरको खरिपटिमा नेपाल बिद्युत प्राधिकरणको
भवनहरुलाई चीनको उहान र त्यस नजिकक शहरहरु बाट ल्यायका विद्यार्थीहरु लाई राख्न
प्रयोग गर्ने भनेपछी भक्तपुरका स्थानीय
देखी नेताले बिरोध जनाए नेमकिपाका सांसद प्रेम सुवालले त संसदमै खरो बिरोध जनाय।
उनको भनाइ थीयो कि चीनबाट फिर्ता ल्यायकाहरुले भक्तपुरबासी लाई संकर्मण गराउने छन।
जबकी सरकारले चीनबाट ल्याउने हरुको सबै स्वास्थ्य परिक्षण गरी स्वस्थ भयमात्र
नेपाल ल्याउने भनेको थीयो। माथि उल्ल्लेखित सांसद सुवालको भनाइ मानबियता बिहिन
मात्र थिएनकी सस्तो राजनीतिक मुद्धा थीयो भन्न सकिन्छ।
सरकारले उनिहरुका लागी बिशेष ब्यवस्था गरी नेपाल
एअरलाइन्सको जहाज बिमान चीन पठायो र ६ फेब्ररी का दिन बिहान ३:३० बजे वुहानबाट
त्रिभुवन अन्त्ररास्ट्रियबिमानस्थलमा ओराल्यो। उता वुहानमा त्यो दिनसम्म कोरोनाले
गर्दा ६३६ जनाको मूर्त्यु भईसकेको थीयो र मर्ने हरुको संखया बढ्दो क्रममा थीयो।
फर्कने फर्म भर्ने जम्मा १८५ जना मध्य ६ जनालाई उच्च ज्वरो आयकोले उनिहरुलाई चीनमै
रोकेर राख्यो भने अन्य ४ जना उनिहरुका आफन्त भयकाले फर्कन मानेनन्।जम्मा १७५
जनालाई बिशेष बसमा एरपोर्ट बाट सिदै खरिपाटी पुर्यायो। खरिपाटिमा उनिहरु १४ दिन
सम्म बसे भने त्यो बेला सम्म सरकारले खटायका स्वास्थ्यकर्मीले सुरुको दिन र अन्तिम
दिनमा टेस्ट गर्दा उनिहरुलाई कोरोना नेगेटिभ आयकाले सरकारले उनिहरुलाई आ-आफ्नोे घर
पठायो।
विश्व कोरोनाले आक्रान्त भईरहदा हाम्रो देशमा प्रधानमन्त्री
के।पी शर्मा ओली हुनुहुन्थ्यो । उँहाको हालसार्लै मात्र सफल मुर्गौला प्रत्यारोपण
गरीयको थीयो र उँहा आराममा हुनुहुन्थ्यो । यसै समयमा सार्क राष्ट्रप्रमुख हरुको
भिडियो कन्फेरेन्स डायलगमा सहभागि हुनु भएको थीयो । जब विश्वको अन्य मुलुक लगायत
भारतमा पनि केहि ठाउँमा कोरोनाको पोजेटिभ देखिन थाल्यो त्यस्पछी भने नेपालको पत्रकार
जगत,
बुधिजिबिहरु र सम्बन्धित अधिकारिहरु अब चाँही नेपालमा
आइसक्योे कि अब आउछ भन्न थाले ।
सबैले अन्तरास्ट्रिय उडानहरु र भारतसङको नाका बन्द गर्नु
पर्छ भन्दै सरकारलाई दबाब दिन थाले। काठमाण्डौको मनोबिज्ञान भित्र भित्रै त्रास्मय
भाईरहेको थीयो। कोरोनाले ५० बर्ष भन्दा माथि उमेरकाहरुलाई धेरै असारगर्ने भयकाले
बिश्वबिद्यालयका प्राध्यापकहरुमा निक्कै त्रास रहेको कुरा म नेपाल ल क्याम्पसमा
प्राध्यापकहरु सँग चीया गफ गर्दा प्रस्ट हुन्थ्यो। हुनपनी आफ्नो ज्यानको माया
कस्लाई पो नलाग्ला र..?
सबै ठाउँ बाट सरकारलाई दबाब आइरहेको थीयो तर त्रिबी लगायत
अन्य विश्वबिद्यालयको वार्षिक र सेम्स्टारका परीक्षा र पढाईहरु चलिरहेको थीए। यता
लोकसेवा आयोग देखी अन्य आयोगहरुले पनि आफ्नो वार्षिक कार्य अगाडि बढाइरहेका थीए।
सबै भन्दा ठुलो कुरा पूर्वनिर्धारित मिति अनुसार SEE को परीक्षा तयारी गरी चैत्र ६ गते बिहान देखी सुरुहुने थीयो
तर सरकारले अकास्मत चैत्र ०५ गते बेलुका मात्र SEE को परीक्षा अर्को सुचना नगरे सम्मलाई स्थगित गर्ने घोषणा
गर्यो। ०६ गते त्रिबी लगायत सबै बिश्वबिद्यालय, आयोगहरु, सर्बच्च अदालत देखी सबै निकायले समुर्ण काम यथास्तिथिमा बन्द
गर्ने निण्य गरे।
यो निण्य धेरै लाई राम्रो लागेपनी गाउँघरमा सबै मालसामन बोकी
धेरै टाढा बाट बिद्यार्थीहरु हिंडेर परीक्षाकेन्द्र पुगीसकेका,
प्रश्नपत्र देखी सबै तयारी हुँदा हुँदै स्थगित गर्ने निण्य
ढिला गरेको भनेर अली आलोचना त भयो तर कोरोनाको डरको अगाडि आलोचना केहि थीएन। यो
निण्यले जनमानसमा अली संका उब्जायो आखिर कोरोना त भित्रीसकेको रहेछ सरकारले
जनतालाई ढाटी रहेको छ भेन्ने भ्रम पर्यो। नभित्रियको भय त आखिरमा सबै तयारी हुँदा
हुँदै किन SEE जस्तो
परीक्षा बन्द गर्थ..? जस्ता प्रश्नले राजधानी लगायत देशैैभरी त्रसित बातावरण बन्यो। अब उपत्यका बाट
गाउघर जानेहरुको घुइचो दसैं तिहारकै जस्तो नयाँबसपार्क देखी एयरपोर्ट सम्म
देखिन्थ्यो।
०७ चैत्र बेलुका राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन
भयो ०९ गते देखी लामो दुरीका सार्वजनिक सवारीसाधन र अन्तरराष्ट्रिय उडानहरु १८ गते
सम्म बन्द गर्ने र अत्यवश्यक बाहेक सबै सरकारी कार्यालयहरु चैत्र २१ गते सम्म बन्द
हुने,
२५ जना भन्दा धेरै जमघट हुन नपाईने लगायत अरु घोषणा गर्यो।
त्यस्पछी त उपत्यका बाट बहिर जाने हरुको संख्या उल्लेख्य भयो। जसरिपनी घरजाने भनेर
काठमाडौं देखी धनगढी सम्म बसको ग्यालरी भरी कोच्चियर कस्टका साथ पुगे त्यसरी नै
बझाङ सम्म र देशको अन्य भुभाग सम्म सबै पुगे।
प्रधानमन्त्री बाट गरीयको यो घोषणाले जनमानसमा माथि
उल्लेखित प्रश्न, संका र त्रास झन गहिरो गरी पर्यो। यती गर्दा पनि सबै ठाउँबाट भारतमा कोरोनाको
संक्रमण देखिसकेकाले दक्षिण तिरका सबै नाका बन्द गर्न आवाज उठाइरहेका थीए। तर भारत
बाट नेपाल भिर्तिने हरुको नाकामा हजारौको भिड देखिन्थ्यो। उनिहरुलाई कुनै
स्वास्थ्य चेकजाच बिना नेपाल भित्रिन अबरोध थीएन र सरकारले खटायका २-४
जनास्वास्थ्यकर्मीले चेकजाच गर्न सम्भब पनि थीएन।
०९ गते बेलुका सरकारले १० गते बिहान देखि उत्तर र
दक्षिणतिरका सबै नाका बन्द गर्ने, धेरै मान्छेहरुको जमघट हुने स्थानहरु,
सार्वजनिक स्थल, क्याफे, डान्स्बार, जीम, फिलिम हल आदी सबै बन्द हुने, एक जिल्ला बाट अर्को जिल्ला अत्यावश्क बाहेक कुनै पनि सवारि
साधनहरु चल्न बन्द गर्ने र कोरोना रोकथामको लागि ५० करोडको कोष खोलेको घोषणा लगायत
१० गते बिहान देखी लक डाउनको आहव्न गर्दै सम्पूर्ण जनताहरुलाई घरमा बस्न र बाहिर
ननीस्किन आग्रह गर्यो।
यि निण्यहरु बाट सबै जनताहरु खुशी भए। भारतका नाकाहरु बन्द
गर्दा कमसेकम त्यहाँ बाट त सर्दैन भन्ने सबैको सोच थीयो। तर धेरै नेपालीहरु घर
आउनलाई भारत बाट बाटोमा हिडीसकेका थीए। कोही रेलमा थीए भने कोही बसमा नेपालको नाका
नजिक पुग्दै थीए तर यता सरकारले नाका बन्दको घोषणा गरीसकेको थीयो। यसको मारमा
सुदुरपस्चिमका जनताहरु धेरै परे किन कि चैत्र महिन भरी सुदुरपस्चिमका पहाडी जिल्ला
भर देवताको पूजा गर्न र जात चैतल हेर्न लाई भारतको बिभिन्न ठाउँबाट घर फर्किने
बेला हो। त्यसैमाथि कोरोनाको डरले पनि घर आउनेहरु धेरै नै थीए । १० र ११ गते
धनगढीको गौरीफण्टा र कंचनपुरको गड्डचौकी नाकामा नेपाल भित्रिन खोज्ने प्रबासी
नेपाली जनताहरु र नेपाली सुरक्षाकर्मी बिच तनाब ग्रस्त बातावरण बन्यो।
पछी सुदुरपस्चिम प्रदेश सरकारले नाकामा रहेका नेपालीहरु लाई
अन्तिम पटक लाई भित्रिन दिने र उनिहरुलाई निस्चित क्वेरन्टाइनमा राख्ने निणय गर्यो।
केहीलाई क्यारेन्टाइनमा बस्न अनुरोध गर्दा पनि राखेको ठाउँबाट भागेर सबै पहाड तिर
वा आफ्नो घर तिर लागे। को मान्छे कता गए कती मान्छे भित्रिय र कस्को स्वास्थ्य
स्तिथी कस्तो थीयो भन्ने कुरा सरकारका अधिकारिहरुलाई पत्तो भयन र छैन जसले गर्दा
स्वास्थ्य सुबिधा अत्यन्तै कमजोर रहेको सुदुरपस्चिमका पहाडी जिल्लामा कोरोनाको
सम्भाबित भयाभय रुप देख्न नसकेला भन्न सकिदैन। भारतबाट गाउँघर तिर गएकाहरुले WHo
को निम्नतमा मनिसहरु बिच दुरीकायमा गर्ने मान्यतालाई पालन
गरेको देहिदैन भने स्थानीय निकाय पनि बेखबर जस्तै भयका छन्।
ठीक यही समयमा भारतमा कोरोनाको सन्क्रमण बढिरहेको थीयो।
नेपालको सिमाना नजिकका भारतीय बस्तीहरुमा पनि कोरोनाका सन्क्रमित देखिय भन्ने
हल्ला ब्यापक बन्यो र दक्षिण तिरका सबै नाकाहरुमा नेपाल भित्रिने हरुको भिड्भाडा
रोकी नसक्नु थीयो जस्ले गर्दा झन त्रास बढेर गयो। संघीय सरकारले आदेस नदिदै केहि
स्थानीय निकायले कर्फ्यु लगाइसकेका थीए। कन्चन्पुरको महेन्द्रनगरमा ०९ गते बिहान
देही कर्फ्यु जारी राखे भने कैलालीको धनगढी क्षेत्र तिर १० गते बिहान देखि कर्फ्यु
लागु गरे। यता राजधानीमा भने सरकारले अन्त्ररास्ट्रिय उडानहरु बन्द गरेको हुँदा
हुँदै पनि १० गते राती ८:३० बजे सिल्क एयरलाइन्सको हावाइजहाजले त्रिभुवन
अन्त्ररास्ट्रिय बिमान्स्थलमा अवतरण गर्यो। बिमानस्थल प्रशासनले करीब ३ घण्टा
सम्म त्यस बिमानबाट यात्रु उराल्न अनुमती दियन तर पछी चर्को दबाबका बिच उनिहरुलाई
क्यारेन्टाइनमा बस्ने सर्तमा ३ घण्टा पछी ओराल्यो।
सरकारले लक-डाउन घोषणा गरेपछी सुरुका दिन ११-१२ गते केही
निजी बाइक र गाडीचलेपनी पनि १३ गते देखी प्राय सुन्सान जस्तै भयको थीयो। तथापी
अत्यावस्क सवारीसाधनहरु जस्तै स्वास्थ्य, मिडियाका र दैनिक उपभोग्य बस्तुहरु बोकेका गाडीहरु चल्न कुनै
रोक थीएन। सबै पसल,बजारहरु बन्द थीए। सडक देखी मन्दिर तथा सार्वजनिक स्थलहरु सुन्सान जस्तै थीए।
सुरुमा लक-डाउन उल्लंघन गर्ने लाई सम्झाई बुझाइ पठाउन्थे। चौथो दिनमा आईपुग्दा
प्रहरीले पनि हात नछोइकन ४ फिट लामो फलामको लठ्ठीले भ्यानमा हालेर लिने गरेको छ।
आज पाचौ दिन देखि प्रहरीले उल्लङन गर्नेलाई पक्राउ नगरेर जहाँ भेट्यो तेही २ घण्टा
सम्म रोकी राख्ने र पछि जहाँ बाट आएको हो त्यही फर्काउने निण्य गरेको छ।
बजारमा कालोबजारी मौलायको थीयो र छ। ग्याँस बजारमा पाइन
छोडेको छ। सरकारले केही ठुला गोदाम हरुबाट बिक्रिगर्न मिल्ने गरी पत्रीकामा ठेगाना
र नम्बर सहित सुचना निकाले पनि ती नम्बर हरुमा फोन गर्दा फोन नलाग्ने लागेपनी
उठ्दैन थीयो जस्लेगर्दा जनतालाई झन मर्का पर्ने नै भयो। बिशेष गरी डेरामा बस्ने
हरु र दैनिक ज्यालादारी गरी दुई छाकको जोहो गर्ने हरुलाई निकै नै समस्या परेको छ। यदी
लक-डाउनको केही दिन लम्बियमा यसले दिनानुदिनका उपभोग्य बस्तुहरु जोहो गर्न सकस
पार्ने निस्चित छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९
रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत १२ गते बुधवार रसुवागढी र
तातोपानी नाका खुलाउने निर्णय गरेको थियो। उत्तर-दक्षिणतिरको नाकाबाट दैनिक उपभोग्य बस्तुहरुका
मालबहाक सवारी साधनहरु चल्न दिने तर औषधि र अन्य कुनै अत्यावश्यक सामग्रीबाहेकलाई
१४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सामान नेपाल भित्र्याउन निण्य गरे भने सामान ओसारपसारमा संलग्न ड्राइभर,
कामदार तथा कर्मचारीलाई कोरोना भाइरस संक्रमण जाँच गरेर
मात्रै आवतजावत गर्न दिनेभए। त्यसैगरी, सरकारले दैनिक उपभोग्यका बस्तुहरु जनताका घरदैलोमा पुर्याउन
उक्त ब्यापारीहरुलाई ब्यवस्था गर्न भन्यो जुन अब कती कार्यनवयन हुन्छ या हुँदैन
हेर्न बाँकी नै छ। जेहोस आज लक-डाउनको पाचौ दिनसम्म सबै तह र तप्काबाट समर्थन
पायको छ भने, जनताहरुलाई
घर बाहिर ननीस्किन नेता देखी कलाकार सबैले अनुरोध गर्दै सामाजिक सँजालमा सन्देस
दीइरहेका छन । आज सम्म नेपालमा ८७५ जनामा
परिक्षण गर्दा ५ जनामा मात्र पोजेटिभ देखियको छ।
सरकारले आजसम्म सबै घोषणा गर्ने काम मात्रा गर्यो तर
कोरोना सँग जुझ्नका लागि आवश्क प्राबिधिक तयारी गरेको छैन। पुर्ब तयारी केही नभयको
हैन,सुरुमा नेपाली सेनाले जङीअडामा मातहतका चिकित्सकहरुलाई
कोरोनाका बिरामीहरुलाई कसरी उपचार गर्ने भनेर तालीम तथा रिहर्सल गर्यो। त्यही
उसले सयौजनालाई उपचार गर्न मिल्ने क्वारेन्टाइन् बनायोे। नेपालआर्मी,
ससत्र प्रहरी र नेपाल प्रहरीले मातहतका निकायमा
क्वारेन्टाइन लगयत सम्भाबित कोरोनाका बिरामीको उपचारको ब्यवस्था गर्ने निर्देशन
गरे।
संघीय देखि स्थानीय सरकारहरुले आफुले सक्ने जती पूर्व तयारी
गरे तर त्यो पर्याप्त थिएन र छैन। चीनले उहान शहरमा १० दिनमा एकहजार बेडको अस्पताल
बनाएर विश्वलाई चकित बनाएको थियो। भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले चितवन
उद्योग संघको प्रदर्शनी केन्द्रमा “भरतपुर कोरोना विशेष अस्पताल“ पनि त्यसकै झल्को
दिनेगरी ७२ घण्टामा ७० बेडको अस्पताल निर्माण गरिएको बतायकी थीइन। ब्यक्तिगत तथा
संस्थागत हिसाबले देश-बिदेसबाट सरकारले खोलेको कोरोना कोषमा सक्दो आर्थिक सहयोग
जुटिरहेको छ। जती जे भय पनि हाम्रो क्षमता र तयारी कोरोना महमारी सँग जुझ्न काम
भयकै छ।
असाध्यै दुख्ख कोको कुरा केछ भने कोरोनाको उपचारमा
अग्रदस्ताका रुपमा लाग्ने स्वास्थ्यकर्मिका लागि नै सुरक्षित कुप्मेन्ट सरकार सँग
छैन। Personal
Protective Equipemnets (PPE) उपचारमा
संग्लग्नहुने चिकिस्तक र स्वास्थ्यकर्मीले पाएका छैनन भने कोरोनाको टेस्ट गने
किटको पनि अभाब रहेको छ। आज लक-डाउनको पाचौ दिन चैत्र १५ गते दिउसो नेपाल
एअरलाइन्सको एअर बस कोरोना सँग जुझनका निमित्त आवश्यक सामार्गी लिन चाइनाको
ग्वान्जावो गयको छ।
सातै प्रदेशमा टेस्ट गर्ने श्रोत साधन र दक्ष्जनशक्तिको
अभाबले गर्दा अन्यौलको स्थिति छ। स्वयम चिकित्सक र नर्सहरु PPE
नभयर असुरक्षित महसुस गरेरहेका छन् भने उनिहरुका पारिवारिक
सदस्य र प्रियजनहरु मनोबैज्ञानीक त्राश श्रीजना भयको छ । तथापी देसका पाटन
अस्पातललगायत अन्य अस्पातलले आँफैले PPE बनाउन सुरु गरिसकेका छन भलै WHO को मापदण्ड अनुसार
बन्छन यो बन्दैनन् हेर्न बाँकी छ तर नहुनु भन्दा त्यसैले काम चलाइरहेका छन।
कोरोनाको टेस्ट गर्ने चाहिने सबै ईकुप्मेन्टहरु र PPE
१५ गते दिउसो नेपाल एअरलाइन्सको एअर बस कोरोना सँग जुझनका
निमित्त आवश्यक सामार्गी लिन चाइनाको ग्वान्जावो गयको छ। सरकारले भोलि १६ गते
सोमबार सबै प्रदेशमा सेनाको हेलिकप्टर प्रयोग गरेर सबै सामान पुर्याउने योजना
बनायको छ। PPE नहुँदा
चिकित्सक देखी यम्बुलेन्सका चालक कती सम्म डर छ भने कोरोनाको संका लागेका
बिरामीबाट स्वाब र र्याल लिन चिकित्सक हरु जान मान्दैनन भने बिरामीलाई ओसार्न चालक
मानिरहेका छैनन।
चिकित्सक हरुले डराउनु पर्ने जायज छ,
किनकी नोबेल कोरोना भाईरसले गर्दा बिरामीको मात्र मुर्त्यु हुदैन उपचारमा
संग्लग्न चिकित्सकहरु पनि उच्च जोखिममा हुन्छन नै। चीनको उहानमा उपचारमा संग्लग्न
२२ जनाको नोबेल कोरोनाले गर्दा ज्यानगएको थीयो। तीमध्य उहानको केन्द्रभागमा पर्ने
वुचांग हस्पिटल (Wuchang Hospital) का निर्देशक सिनियर नियुरो सर्जन डा.लियू झिमिंग (Liu
Zhiming) को नोबेल कोरोनाकै
कारण मुर्त्यु भयो। चीनसरकरले कोरोना महामारीको उपचारमा संग्लग्न चिकित्सकको
मुर्त्यु भएमा सम्मान स्वरुप सहिद घोषणा गर्ने निण्य गरेको थीयो।
स्वास्थ्यक्षेत्रमा धेरै सुबिधाभएको युरोपियन देश इटलीमा पनि आजका मिती सम्म
उपचारमा खटियका २० % चिकित्सकहरुमा कोरोनाको सम्कर्मण रहेको र ३७ जनाले ज्यान
गुमाइसकेका छन्। यता भारतले पनि नोबेल कोरोना भारसको महामारी सँग जुझन सम्पूर्ण
चिकित्सकहरुलाई तयार रहन भन्दै सबै संग्लग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका
लागी ५० लाख भारुको बीमा गरेको छ। तर
हाम्रो सरकारले भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागी न बिमा गरेको छ न कुनै
तयारी नै। आज एक जनाको पनि मुर्त्यु नभयको र ५ जनामा मात्र पोजेटिभ देखियको बेला त
यती त्रासदी बातावरण छ भने इटलीको जस्तै सयौको संख्यामा एकैदिनमा कोरोना भारसले
गर्दा नेपालीहरुले ज्यान गुमाउनु परे हाम्रो हालत के होला..... ???
प्रथना गर्छु कि नेपालमा कोरोनाले गर्दा कसैको ज्यान
गुमाउनु नपरोस....🙏!
कोरोनको कहर...
माथि उल्लेखित फोटो
हरुईन्टरनेटबाट लियका हुन, भने उल्लेखित डाटा
https://www.worldometers.info/coronavirus/ बाट लिएको छु ।
© copy right reserved to author
कोरोनाको कहर
डिसेम्बर २०१९ मा चीनको हुबेइ प्रान्तको राजधानी वुहान शहरमा पहिलो चोटी देखियको कोरोना भाईरस लाई पछि बिश्वस्वास्थ्य संगठनले कोभिड-१९ (COVID-19) का रुपमा नामारण गरियो । ११ मार्च २०२० मा यस भाईरसलाई WHO ले महामारी (pandemic) का रुपमा घोषणा गर्यो । कोरोना भाइरस एकल भाईरस नभै बिभिन्न भाइरसहरुको समुह हो। यो आँफैमा रोग हैन तर यसले बिभिन्न किसिमका श्वास-प्रश्वास सम्बन्धीका रोगहरु निम्त्याउन्छ। यो भाइरसबाट सन्क्रमण भइसकेपछी सुरुमा धेरै ज्वारो आउने, सुख्खा खोकी लाग्ने र माँसपेसी दुख्ने गर्दछ। श्वास छोटो भई श्वास लिन गाह्रो हुने गर्दछ । अहिले सम्मको अकडादेर्हा पहिले देखी दिर्घरोगी र बुढाबुढीहरुलाई धेरै सन्क्रमण गरी मुर्त्यु हुनेमा पनि यही समुहका धेरै छन।
![]() |
3D structure of corona virus (covid-19) |
सुरुमा वुहानमा मात्र सिमित कोरोना बिस्तारै चीन सँग सिमा
जोडीयका वा नजोडीयाका देशहरुमा देखापर्ने थाल्यो, देखामात्र परेन त्यसको केन्द्रबिन्दु रहेको हुवानको भन्दा
धेरै क्षती गदैै गयोे र गर्दै छ । अमेरिका लगायत पश्चिमा मुलुकका बिज्ञहरुले चीन
सरकारले हुवानमा यस भाईरस बाट प्रभाबित र मर्ने हरुको संख्या लुकायो,
यस रोगको बिशेष लक्षण लुकायो मात्र भनिरहेका छैनन,
कोरोना भाईरस त नोवम्बर २०१९ मै हुवानमा देखापरेको तर
चिनिया सरकारले ५ हप्ता पछी मात्र कोरोनाबारे सुचना बाहिरी बिश्वलाई जानकारी
गरायको आरोप लगाइरहेका छन।
हुवानमा डिसेम्बर ३० मा हुवान केन्द्रिय अस्पातलका डा.लि वेन्लिङ
(Li
Wenliang) ले धेरै भाईरस हरुको
समुह “कोरोना भाईरस" जसले श्वास-प्रश्वासमा धेरै असर गर्छ भनेर पहिलो चोटि
भनेका थिए। पछि त्यहाँको स्थानिय सरकारले प्रहरी लागयर उनलाई पक्राउ गरी नजरबन्दमा
राख्यो र त्यहाँको ऊपचारमा सङ्लन डाक्टर र अस्पातलले सबै बिरामीहरुको बिवरण
स्थानीय सरकारले मात्र बहिर भन्न पाउने गरी लागु गरे। हुवानमा यो भाईरसले गर्दा
मर्ने हरुको संख्या दिनानु दिन बढीरहेको थीयो भने सरकारले सबैसुचनाहरु आँफैमा
केन्द्रित गरेरहेको थिए। अर्कोतिर डाक्टर लगायत अन्यलाई यस भाईरस सम्बन्धी बहिर
बोल्न वा लेख्न बन्द गर्ने काम जारी थीयो।
![]() |
Dr. Li Wenliang |
यो भाईरस सम्बन्धी जानकारी बाहिर गर्ने डाक्टर ली यस
भाईरसबाट संक्रमित भयपछि अस्पातल भर्ना गरियो । कोरोना देखियको करिब एक महिना पछी
जनवरी २० मा चीनका राष्ट्रपती सि जिन्पिङले यस भाईरसलाई जसरिपनी रोकथाम गर्न,
बिरामीहरुको उपाचारमा संग्लग्न हुन र अरु थप क्षेत्रमा
फैलिन नदिन अधिकारीलाई आदेस दिए। त्यो दिन सम्म हुवानमा १९८ जनाको मुर्त्यु
भैसकेको थीयो। ७ फेर्बुरीमा डा.ली वेन्लिङको यही भाईरसबाट गहिरो गरी ग्रस्त भई
देहान्त भयो । कोरोना भाईरसको उत्पत्ती, यसको रोकथामा र यसको उपचारको यकिन बिधी र औसधी आजका दिनसम्म
कही कसैले पत्ता लगाउन सकेका छैनन तथापी यो धेरै भाईरसहरुको एक सामुहिक जेनेटिक
भाईरस हो र यो चमेरो र माछाको सँसर्गबाट उत्पत्ती भयको भाईरस हो भन्नेमा सबै
बैज्ञानीकहरु एकमत छन। चीनमा कोरोनाको महामारीले गर्दा मान्छेहरुको ज्यान गैरहेको
बेलामा नेपालमा २-३ पटक हामी चिनको साथमा छौ भन्दै दिप प्रज्वोलन गरे अनि नेपाल
सरकारले १ लाख मास्क चीनलाई सहयोग स्वरुप नेपालका लागी चिनिया राजदुतलाई
हस्तान्तरण गरेर भार्तित्व देखायो।
चिनियाहरुको अब्यवस्थित खानपानले गर्दा यस्तो भाइरस ल्यायो,
यतिमात्र हैन चाइनाले जैबिक हतियारका रुपमा यो भाइरस
प्रयोगशालामा बनाएकोे र भुल बस प्रयोगशाला बाट बाहिर सर्बसाधारणमा फैलियको भन्ने
आरोप पश्चिमादेशहरुले लगाइरहे। उनिहरुलाई आफ्नो देशमा कोरोना भाईरस भित्रिन्छ
जस्तो लागेको थिएन र त अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले समुन्द्र पारीको देश
अमेरिकामा भित्रिदैन भन्दै चिनियाहरुको आलोचना मात्र हैन खिसिटियुरी समेत गरे। तर
करीब १ महिन नबित्दै कोरोनाले विश्व भर्मण गरिसकेको थीयोे। ईरान, दक्षिण कोरीया, उत्तर कोरीया , जापान, इटली, जर्मनी लगायत राष्ट्रपती ट्रम्पको देश संयुक्त राज्य
अमेरिकामा पनि यो भाईरसले गर्दा मान्छेहरु संक्रमित र मर्ने हरुको संख्या दिनका
दिन बढीरहेको थीयो र छ।
जब अमेरिकाको मुख्य शहरमध्यको एक न्युवर्क शहरमा यस भाईरसको
कारणले मर्नेहरुको संख्या ३०० नाघ्यो त्यसपछी त्याँहाका मेयरले यदि त्यसरी नै
संकमर्ण फैलदै जाने हो भने न्युवर्कको स्वास्थ्य सामर्गी १० दिनका लागी पनि
नपुग्ने घोषणा गरे। तर राष्ट्रपती डोनाल्ड ट्रम्प भने यो कोरोना भाईरस हैन चिनिया
भाईरस भन्दै हल्कारुपमा लगिरहेका थीए। न्युवर्कका मेयरको भनाई बाट अमेरिकाको
स्वास्थ्य स्थीति कतिसम्म तल्लो स्तरको रहेछ र आपत्कालिन संकट सँग जुझनका लागि
सर्बसक्तिमान राष्ट्रलाई समेत कती आफ्ट्यारो पर्छ भन्ने प्रस्ट हुन्छ। शक्तिशाली
राष्ट्रहरुको G-20 को
बैठकमा समेत अमेरिकाले नोबेल कोरोनाको नाम COVID-19 नभइ हुवान भाईरस हुनु पर्ने लिखित प्रस्तव नै राख्यो तथापि
अन्य राष्ट्रहरुले यसमा सहमत नगर्दा सधैं बैठक पछी संयुक्त बिज्ञप्ती निकाल्ने G-20 ले यसपालि भने सर्बसम्मत नहुँदा बिज्ञप्ती ननिकालि बैठेक
टुंग्यायो।
डाक्टरहरुको भनाइ अनुसार कोरोना भाईरस बिशेष गरी मनिसहरुको
सम्पर्क बाट, बिभिन्न
बस्तु बाट सजिलै सर्ने खालको हुन्छ। चीनको हुवानमा यसले महामारीको रुप लिइरहदा
युरोप लगायत अमेरिकाले चीनसँगको हवाई र जल संपर्कलाई समयमै बन्द गर्न सकेनन किनकी
उनिहरुले कोरोनालाई यती ठुलो बिपत्तिका रुपमा आकलन गरेका थियनन्,
फलस्वोरुप चीनसँग प्रतक्ष-परोक्ष ब्यापार तथा अन्य तरिकाले
जोडीएका देशहरु भयाबह रुप लियो/लिदैछ। चीनबाट सुरु भयको कोरोना भाईरसको महामारीे
चीनभन्दा धेरै इटली र स्पेनमा मान्छेहरुको मुर्त्यु भईरहेको छ। आजका दिन सम्म
बिश्वका १९९ देशहरुमा कोरोनाको सन्क्रमण देखिसकेको छ भलै कुनै ठाउँमा धेरै कुनैमा
कम मानिसहरु ग्रशित छन् तथापी यो भाइरस लाई मानव जातिमाथिको भयाभय संकटका रुपमा
सिंगो जगतले लियको छ।
धेरै देशहरुको डाटा विश्लेषण गर्दा के भन्न सकिन्छ भने
नोबेल कोरोना भाइरस (COVID-19)
पोजेटिभ देखियकाहरुमा
सुरुवाती सामान्य अवस्था (पहिलो चरण) संक्रमितको ९० % भन्दा धेरै संख्या हुन्छ भने
धेरै लाई सहि उपचार भए यही चरणमा निको हुने गर्दोरहेछ भने ५ % मात्र सिरियस
कण्डिसनमा (दोर्सो चरण) जान्छन्। जब मान्छे सिरियस कन्डिसनमा जान्छ त्यस्पछि
प्रतेक देश अनुसार मर्नेको प्रतिशत ३ देखी ५० प्रतिशत नजिक वा धेरै पुग्दो रहेछ।
तर चीनले दोर्सो चरणका केसहरुमा मुर्त्युदर ४ % मा सिमित राखेको थीयो भने दक्षिण
कोरियाले ३ प्रतिशत। आजका दिनमा इटलीको ४५ % र बेलायतको ८६ % प्रतिशत सम्म
मुर्त्युदर रहेको छ।
चीनमा २२ जनवरी देखी मार्च २८ सम्म कोरोनाले गर्दा जम्मा ३,२९५ जनाको ज्यान ज्यान लिदा फेर्बवरी २३ का दिन सबैभन्दा
धेरै १५० जनाको ज्यान गयको थीयो, भने ८ मार्च देखी चीनमा नयाँ संक्रमणित रोगी देखियका छैनन्।
इटलीमा फेर्बवरी १५ देखी मार्च २८ सम्म ९,१३४ जनाको मुर्त्यु
भैसकेको छ जस्मा एकै दिन मार्च २७ मा ९१९ जनाको मुर्त्यु भयको छ जुन अहीले सम्मकै
धेरै हो । भारतमा फेर्बवरी १५ देखी मार्च २८ सम्म २० जनाको मुर्त्यु भैसकेको छ
जस्मा एकै दिन मार्च २६ मा ८ जनाको मुर्त्यु भयको छ। त्यसैगरी,
अमेरिकामा फेर्बवरी १५ देखी मार्च २८ सम्म १,७०४ जनाको मुर्त्यु भैसकेको छ जस्मा एकै दिन मार्च २७ मा
४०१ जनाको मुर्त्यु भएको थियो । आजका दिनसम्म अमेरिकामा सबैभन्दा धेरै कोरोना
संक्रमित देखियका छन्।
संयुक्तराज्य (U.K) मा फेर्बवरी १५ देखी मार्च २८ सम्म ७५९ जनाको मुर्त्यु भएको
छ,
जस्मा एकै दिन मार्च २७ मा २८१ जनाको ज्यान गयको थियो।
अर्को यूरोपली शक्तिशाली राष्ट्र स्पेनमा फेर्बवरी १५ देखी मार्च २८ सम्म कोरोन
भाईरसले गर्दाे ५,१३८ जनाले ज्यान गुमाउनु पर्यो भने। एकै दिन मार्च २७ मा ७७३ जनाको मुर्त्यु
भएको छ।
दक्षिण(कोरियामा फेर्बवरी १५ देखी मार्च २८ सम्म १४४ ज्यान
गयको थियोे। जस्मा एकै दिन मार्च २४ मा ९ जनाको मुर्त्यु भएको छ। दक्षिण कोरियामा
कोरोनाले गर्दा मुर्त्युदर अहिले सम्मकै
कम हो । नेपालमा भने अहिले सम्म ५ जनामा मात्रा कोरोनाको सन्क्रमण देखियको
छ जस्मा १ जना पुरै निको भईसकेका छन् बाँकी को उपचार भैरहेको छ। ५ जना मध्य १ जना
भने उपचारपछि निको भई घरफर्किसकेका छन। बाँकीको उपचार भईरहेको छ। १ जना उपत्यका
बाहिर कैलाली सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।
सबैलाई सोचनिय कुरा के छ भने संसारकै उत्कृष्ट
स्वास्थ्यसेवा भएका देशहरुमै कोरोना भाइरसले गर्दा भयाबह स्तिथी ल्याइरहेको छ भने
तेर्सो विश्वका राष्ट्रहरुले यसलाई कसरी सम्हाल्ने छन त्यो त अब हेर्न बाँकी नै छ।
अहिले सम्मको आकडा र कोरोनाको गती हेर्दा तेर्सो विश्वका देशहरुलाई हायल कायल
बनाउने अनुमान गर्न सकिन्छ।
स्तिथी कती सम्म दर्दनाक छ आफ्नै परिवारका सदस्य लाई
कोरोनाको सन्क्रमण देखी हालेमा उपचार त के हुन्छ थाहा छैन तर उस्को नजिक मात्र
हैनकी मुर्त्यु भए पनि मलमी जाने मान्छे पाइने छैन्न। आज एउटा अन्लाइन न्युज
अनुसार इटलीमा कोभिड-१९ का अधिकांश पीडितहरू अस्पतालको एक्लै राखेर उपचार गरिने
आइसोलेसन कक्षमा परिवारका कुनै सदस्य वा साथीभाइको अनुपस्थितिमा अन्तिम सास लिने
गरेका छन। अस्पतालहरूमा कोरोनाभाइरस सङ्क्रमण सर्ने जोखिमले भ्रमणहरूमा प्रतिबन्ध
लगाइएको छ। इटलीको मिलानस्थित अन्तिम संस्कार आयोजना गर्ने स्थलमा काम गर्ने
एन्ड्रिया सेराटोले भनेका छन;- “यो महामारीले तपाईँलाई दुई पटक मार्छ”। पहिलो पटक यसले तपाईँ आफू मर्नुभन्दा अघि
प्रियजनबाट एक्लो बनाउँछ। अन्तिमसम्म यसले कसैलाई पनि तपाईँनजिक आउन दिँदैन ।
परिवारहरू ठूलो पीडाबाट गुज्रिरहन्छन् र उनीहरूलाई यो स्वीकार गर्न पनि गाह्रो
हुन्छ। इटलीक एक कलाकारले आफ्नी बहिनीको कोरोनाले गर्दा ज्यान गएपछी मलामी जान
मान्छे नपाएर खाटमा राखेको भिडियो सामाजिक सन्जालमा पोस्ट गरेका थीए।
बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टाभित्र
बाबुछोरीको ज्यान गएको थियो। बुधबार ६१ वर्षीय बुवा सुधीर शर्माको ज्यान गएको गयो
भने ३३ वर्षीया छोरी पूजाको बिहीबार मृत्यु भएको हो। पूजाको मृत्यु अस्पताल भर्ना
भएको ३ दिनमै भएको थियो। दुबैको अन्त्येष्टिमा कोही पनि मलामी नभएको समाचार द सनले
लेखेको छ। समाचारका अनुसार आफ्ना पतीको
अन्त्येष्टिमा ‘आइसोलेसन’ मा बस्नु परेकाले श्रीमती मलामी जान पाइनन्। यो
तुलना नै गर्न नसकिने पीडा हो, स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएको छ,
‘उनकी श्रीमती आइसोलेसनमा बस्नु
परेकाले अन्तिम संस्कारमा सहभागी गराउन सकिएन। यो निकै दर्दनाक अवस्था हो।
धेरै समय सम्म कोरोना भाइरस उच्चारणै नगरि चिनिया भाइरस भन्न मन पराउने राष्ट्रपती ट्रम्पलाई जब अमेरिकामा कोरोनका सन्क्रमित संसारकै बढी भय त्यसपछी भने उनी गम्भिर भयको सन्केत दिए। उनले चीनका राष्ट्रपती सि-जिनपिङ सँग टेलिफोन सम्बाद गरे। दुबै राष्ट्र अध्यक्ष बिच कोरोना रोकथामका लागि मिलेर काम गर्ने भन्ने कुरा भयको भनी ट्रम्पले टुइट गरे। यो साकारत्मक सन्देश भयता पनि आजका दिन सम्म नेपाल भारत मात्रै हैन एकतिहाई विश्व लक-डाउनमा रहेका बेला ट्रम्पले अमेरिकामा लक-डाउन गर्न मानेका छैनन र गरेको पनि छैन। उल्टै अमेरिका बन्द गर्न लाई होइन भने। साहेद यो उनको आगामि बर्ष हुने राष्ट्रपतिय चुनावमा केही नराम्रो सन्देश जान्छ कि भन्ने लागेको पनि हुन सक्छ।
नेपालका सबै नेता र VIP हरुले यहाँ कसैलाई पनि नोबेल कोरोना भाईरस पोजेटिभ नहुँदै
सेल्फ अैसोलेसनमा बसे। सबै भेट्घाट बन्द गरे कतिले त आफु बिरामी भयकोले भेटघाट
गर्न बन्द गरेको सचिवालय लाई बिज्ञप्ती निकाल्न लगाए। उता बेलायतमा भने त्यहाँका राजाकुमार प्रिन्स
चार्ल्स (७१ बर्ष), प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्य मन्त्री नाडाइन डोरिज (Nadine
Dorries) पनि कोरोनाबाट
संक्रमित भयको बिबिसीले जनायको छ ।
नोबेल कोरोना भाइरस मानवजगतका लागि आजसम्मकै अत्याधिक
हानिकारक भाईरसका रुपमा देखा पारिरहेको छ भने, संसारका बैज्ञानिकहरुको टाउको दुस्खाइको बिषय भएको छ। चीन,
अमेरिका, बेलायतका बैज्ञानिकहरुले यो भाइरस निर्मुलिकरण गर्ने खोप
तयार भयको जनाएपनि त्यसको सबै प्रकृया पार गर्दै आमप्रयोगमा ल्याउन करिब एक
(डेढबर्ष लाग्ने जनायका छन। यदि कोरोनाको फैलिनेदर बर्तमान अवस्थाकै गतिमा गएमा एक
डेढबर्ष सम्म बिश्वका आधा देशहरुको आर्थिक, सामाजिक तथा राजनीतिक शक्ति धेरै गुमिसकेको हुने छ। अझै पनि
कोरोनाले गर्दा बिश्वको राजनीतिक र आर्थिक समिकरणमा उथल-पुथल ल्याउने देखिन्छ।
युरोपेली देश इटलीले कोरोनासँग जुझन हम्मे हम्मे परेको बेला
अन्तरास्ट्रिय रुपमा सहयोगका लागि अपिल गर्यो। युरोपेली देशहरु कसैले सहयोग गर्ने
सकेनन न अमेरिकाले नै सहयोग गर्न सक्यो । किनकी, उनिहरु आँफै कोरोना सँग जुझीरहेका थीए। तर चाइनाले आफ्नै
हावाइजहाजबाट स्वास्थ्यकर्मी र स्वास्थ्य सामार्गी लिएर इटली पुग्यो। त्यसैगरि
क्युबा र रसियाले चिकित्सक र स्वास्थ्य सामार्गी इटली पठाए। स्मरण गर्न योग्य के
कुरा छ भने जब अमेरिकाले क्युबामा नाकाबन्दि गरेको थीयो त्यो बेला अमेरिकाको
समर्थनमा इटली दरो सँग उभियको थीयो। नेपालमा २०७२ सालको महाभुकम्प पछी जसरी नेपाली
राजनीतिक र आर्थिक क्षेत्रमा चाइनाको हस्तक्षेप बढ्दै गयको थीयो र छ त्यसरी नै
बिश्वमान चित्रमा कोरोनाले कहाँ कस्तो प्रभाब र समिकरण परिवर्तन गर्ने छ त्यो त
आगामी दिनमा थाहाँ हुने छ........!
तिब्र गतीमा सर्ने सक्ने प्रकृतिको कोरोना भाईरस ढिलो चाडो
सबैदेशहरुमा पुग्ने निस्चित जस्तै थीयो। साहेद यही कुरालाई मनन गरेर हुनसक्छ
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कुटनितिक महत्वमा
नराखेको सार्क लाई बिउझाउन खोजे उनकै अग्रसर्तामा १५ मार्च २०२० मा सार्कका सबै
राष्ट्रप्रमुखहरु बिच भिडियो कन्फ्रेन्स गर्दै कोरोना महामारी सँग जुध्न एक भयर
लाग्नु पर्ने सन्देश दिए। त्यो बेला सम्म भारतमा कोरोनाले गर्दा २ जनाको ज्यान
गैसकेको थीयो भने नेपालमा सम्बन्धित निकायले गम्भिरताका साथ लगेका थिएन्न। यति
सम्मकि स्वास्थ्य मन्त्री भानु भक्त ढकालले पत्रकारहरु सँग नेपालीहरुको खानपानले
गर्दा कोरोनाले छुनै नसक्ने दावा गर्नु
भयको थीयो।
कोरोना र नेपाल
वुहानमा दिनमा यतिको ज्यान गयो उतिको निको भई डिस्चार्ज भयो
भन्ने खबरले नेपालका राष्ट्रिय पत्रपत्रीकाहरुमा राम्रै ठाउँ पाउथे तर कोरोनाको
केन्द्रबिन्दु भयको देशसँग भुगोल जोडीयको नेपालमा भने कोरोना हासि-मजाक्को बिषय
बनेको थीयो। जब कोरोना संसारको धेरै देशमा देखिन थालयो त्यसपछी नेपालीहरुमा पनि
डरत्राशको बातावरण भयो। सुरुमा चीनको उहान र त्यस नजिकका शहरमा भयका नेपालीहरु लाई
स्वदेश फिर्ता ल्याउनु पर्छ भनी बुधिजिबि बर्ग देखि संसदमा बिभिन्न पर्टीहरुका
मनानीयहरुले सरकारलाई निरन्तर दबाब दिन थाले। फलस्वरुप सरकारले त्यहाँ रहेका सबै
नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने तयारी थाल्यो। चीनका लागी नेपाली राजदुताबासको
वेबसाइटमा नेपाल फर्कन चाहनेहरुलाई आफ्नो नाम र नम्बर सहित फर्म भर्न लगायो। नेपाल
आउन चाहने फर्म भर्ने जम्मा १८५ जना भए।
जब सरकारले भक्तपुरको खरिपटिमा नेपाल बिद्युत प्राधिकरणको
भवनहरुलाई चीनको उहान र त्यस नजिकक शहरहरु बाट ल्यायका विद्यार्थीहरु लाई राख्न
प्रयोग गर्ने भनेपछी भक्तपुरका स्थानीय
देखी नेताले बिरोध जनाए नेमकिपाका सांसद प्रेम सुवालले त संसदमै खरो बिरोध जनाय।
उनको भनाइ थीयो कि चीनबाट फिर्ता ल्यायकाहरुले भक्तपुरबासी लाई संकर्मण गराउने छन।
जबकी सरकारले चीनबाट ल्याउने हरुको सबै स्वास्थ्य परिक्षण गरी स्वस्थ भयमात्र
नेपाल ल्याउने भनेको थीयो। माथि उल्ल्लेखित सांसद सुवालको भनाइ मानबियता बिहिन
मात्र थिएनकी सस्तो राजनीतिक मुद्धा थीयो भन्न सकिन्छ।
सरकारले उनिहरुका लागी बिशेष ब्यवस्था गरी नेपाल
एअरलाइन्सको जहाज बिमान चीन पठायो र ६ फेब्ररी का दिन बिहान ३:३० बजे वुहानबाट
त्रिभुवन अन्त्ररास्ट्रियबिमानस्थलमा ओराल्यो। उता वुहानमा त्यो दिनसम्म कोरोनाले
गर्दा ६३६ जनाको मूर्त्यु भईसकेको थीयो र मर्ने हरुको संखया बढ्दो क्रममा थीयो।
फर्कने फर्म भर्ने जम्मा १८५ जना मध्य ६ जनालाई उच्च ज्वरो आयकोले उनिहरुलाई चीनमै
रोकेर राख्यो भने अन्य ४ जना उनिहरुका आफन्त भयकाले फर्कन मानेनन्।जम्मा १७५
जनालाई बिशेष बसमा एरपोर्ट बाट सिदै खरिपाटी पुर्यायो। खरिपाटिमा उनिहरु १४ दिन
सम्म बसे भने त्यो बेला सम्म सरकारले खटायका स्वास्थ्यकर्मीले सुरुको दिन र अन्तिम
दिनमा टेस्ट गर्दा उनिहरुलाई कोरोना नेगेटिभ आयकाले सरकारले उनिहरुलाई आ-आफ्नोे घर
पठायो।
विश्व कोरोनाले आक्रान्त भईरहदा हाम्रो देशमा प्रधानमन्त्री
के।पी शर्मा ओली हुनुहुन्थ्यो । उँहाको हालसार्लै मात्र सफल मुर्गौला प्रत्यारोपण
गरीयको थीयो र उँहा आराममा हुनुहुन्थ्यो । यसै समयमा सार्क राष्ट्रप्रमुख हरुको
भिडियो कन्फेरेन्स डायलगमा सहभागि हुनु भएको थीयो । जब विश्वको अन्य मुलुक लगायत
भारतमा पनि केहि ठाउँमा कोरोनाको पोजेटिभ देखिन थाल्यो त्यस्पछी भने नेपालको पत्रकार
जगत,
बुधिजिबिहरु र सम्बन्धित अधिकारिहरु अब चाँही नेपालमा
आइसक्योे कि अब आउछ भन्न थाले ।
सबैले अन्तरास्ट्रिय उडानहरु र भारतसङको नाका बन्द गर्नु
पर्छ भन्दै सरकारलाई दबाब दिन थाले। काठमाण्डौको मनोबिज्ञान भित्र भित्रै त्रास्मय
भाईरहेको थीयो। कोरोनाले ५० बर्ष भन्दा माथि उमेरकाहरुलाई धेरै असारगर्ने भयकाले
बिश्वबिद्यालयका प्राध्यापकहरुमा निक्कै त्रास रहेको कुरा म नेपाल ल क्याम्पसमा
प्राध्यापकहरु सँग चीया गफ गर्दा प्रस्ट हुन्थ्यो। हुनपनी आफ्नो ज्यानको माया
कस्लाई पो नलाग्ला र..?
सबै ठाउँ बाट सरकारलाई दबाब आइरहेको थीयो तर त्रिबी लगायत
अन्य विश्वबिद्यालयको वार्षिक र सेम्स्टारका परीक्षा र पढाईहरु चलिरहेको थीए। यता
लोकसेवा आयोग देखी अन्य आयोगहरुले पनि आफ्नो वार्षिक कार्य अगाडि बढाइरहेका थीए।
सबै भन्दा ठुलो कुरा पूर्वनिर्धारित मिति अनुसार SEE को परीक्षा तयारी गरी चैत्र ६ गते बिहान देखी सुरुहुने थीयो
तर सरकारले अकास्मत चैत्र ०५ गते बेलुका मात्र SEE को परीक्षा अर्को सुचना नगरे सम्मलाई स्थगित गर्ने घोषणा
गर्यो। ०६ गते त्रिबी लगायत सबै बिश्वबिद्यालय, आयोगहरु, सर्बच्च अदालत देखी सबै निकायले समुर्ण काम यथास्तिथिमा बन्द
गर्ने निण्य गरे।
यो निण्य धेरै लाई राम्रो लागेपनी गाउँघरमा सबै मालसामन बोकी
धेरै टाढा बाट बिद्यार्थीहरु हिंडेर परीक्षाकेन्द्र पुगीसकेका,
प्रश्नपत्र देखी सबै तयारी हुँदा हुँदै स्थगित गर्ने निण्य
ढिला गरेको भनेर अली आलोचना त भयो तर कोरोनाको डरको अगाडि आलोचना केहि थीएन। यो
निण्यले जनमानसमा अली संका उब्जायो आखिर कोरोना त भित्रीसकेको रहेछ सरकारले
जनतालाई ढाटी रहेको छ भेन्ने भ्रम पर्यो। नभित्रियको भय त आखिरमा सबै तयारी हुँदा
हुँदै किन SEE जस्तो
परीक्षा बन्द गर्थ..? जस्ता प्रश्नले राजधानी लगायत देशैैभरी त्रसित बातावरण बन्यो। अब उपत्यका बाट
गाउघर जानेहरुको घुइचो दसैं तिहारकै जस्तो नयाँबसपार्क देखी एयरपोर्ट सम्म
देखिन्थ्यो।
०७ चैत्र बेलुका राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन
भयो ०९ गते देखी लामो दुरीका सार्वजनिक सवारीसाधन र अन्तरराष्ट्रिय उडानहरु १८ गते
सम्म बन्द गर्ने र अत्यवश्यक बाहेक सबै सरकारी कार्यालयहरु चैत्र २१ गते सम्म बन्द
हुने,
२५ जना भन्दा धेरै जमघट हुन नपाईने लगायत अरु घोषणा गर्यो।
त्यस्पछी त उपत्यका बाट बहिर जाने हरुको संख्या उल्लेख्य भयो। जसरिपनी घरजाने भनेर
काठमाडौं देखी धनगढी सम्म बसको ग्यालरी भरी कोच्चियर कस्टका साथ पुगे त्यसरी नै
बझाङ सम्म र देशको अन्य भुभाग सम्म सबै पुगे।
प्रधानमन्त्री बाट गरीयको यो घोषणाले जनमानसमा माथि
उल्लेखित प्रश्न, संका र त्रास झन गहिरो गरी पर्यो। यती गर्दा पनि सबै ठाउँबाट भारतमा कोरोनाको
संक्रमण देखिसकेकाले दक्षिण तिरका सबै नाका बन्द गर्न आवाज उठाइरहेका थीए। तर भारत
बाट नेपाल भिर्तिने हरुको नाकामा हजारौको भिड देखिन्थ्यो। उनिहरुलाई कुनै
स्वास्थ्य चेकजाच बिना नेपाल भित्रिन अबरोध थीएन र सरकारले खटायका २-४
जनास्वास्थ्यकर्मीले चेकजाच गर्न सम्भब पनि थीएन।
०९ गते बेलुका सरकारले १० गते बिहान देखि उत्तर र
दक्षिणतिरका सबै नाका बन्द गर्ने, धेरै मान्छेहरुको जमघट हुने स्थानहरु,
सार्वजनिक स्थल, क्याफे, डान्स्बार, जीम, फिलिम हल आदी सबै बन्द हुने, एक जिल्ला बाट अर्को जिल्ला अत्यावश्क बाहेक कुनै पनि सवारि
साधनहरु चल्न बन्द गर्ने र कोरोना रोकथामको लागि ५० करोडको कोष खोलेको घोषणा लगायत
१० गते बिहान देखी लक डाउनको आहव्न गर्दै सम्पूर्ण जनताहरुलाई घरमा बस्न र बाहिर
ननीस्किन आग्रह गर्यो।
यि निण्यहरु बाट सबै जनताहरु खुशी भए। भारतका नाकाहरु बन्द
गर्दा कमसेकम त्यहाँ बाट त सर्दैन भन्ने सबैको सोच थीयो। तर धेरै नेपालीहरु घर
आउनलाई भारत बाट बाटोमा हिडीसकेका थीए। कोही रेलमा थीए भने कोही बसमा नेपालको नाका
नजिक पुग्दै थीए तर यता सरकारले नाका बन्दको घोषणा गरीसकेको थीयो। यसको मारमा
सुदुरपस्चिमका जनताहरु धेरै परे किन कि चैत्र महिन भरी सुदुरपस्चिमका पहाडी जिल्ला
भर देवताको पूजा गर्न र जात चैतल हेर्न लाई भारतको बिभिन्न ठाउँबाट घर फर्किने
बेला हो। त्यसैमाथि कोरोनाको डरले पनि घर आउनेहरु धेरै नै थीए । १० र ११ गते
धनगढीको गौरीफण्टा र कंचनपुरको गड्डचौकी नाकामा नेपाल भित्रिन खोज्ने प्रबासी
नेपाली जनताहरु र नेपाली सुरक्षाकर्मी बिच तनाब ग्रस्त बातावरण बन्यो।
पछी सुदुरपस्चिम प्रदेश सरकारले नाकामा रहेका नेपालीहरु लाई
अन्तिम पटक लाई भित्रिन दिने र उनिहरुलाई निस्चित क्वेरन्टाइनमा राख्ने निणय गर्यो।
केहीलाई क्यारेन्टाइनमा बस्न अनुरोध गर्दा पनि राखेको ठाउँबाट भागेर सबै पहाड तिर
वा आफ्नो घर तिर लागे। को मान्छे कता गए कती मान्छे भित्रिय र कस्को स्वास्थ्य
स्तिथी कस्तो थीयो भन्ने कुरा सरकारका अधिकारिहरुलाई पत्तो भयन र छैन जसले गर्दा
स्वास्थ्य सुबिधा अत्यन्तै कमजोर रहेको सुदुरपस्चिमका पहाडी जिल्लामा कोरोनाको
सम्भाबित भयाभय रुप देख्न नसकेला भन्न सकिदैन। भारतबाट गाउँघर तिर गएकाहरुले WHo
को निम्नतमा मनिसहरु बिच दुरीकायमा गर्ने मान्यतालाई पालन
गरेको देहिदैन भने स्थानीय निकाय पनि बेखबर जस्तै भयका छन्।
ठीक यही समयमा भारतमा कोरोनाको सन्क्रमण बढिरहेको थीयो।
नेपालको सिमाना नजिकका भारतीय बस्तीहरुमा पनि कोरोनाका सन्क्रमित देखिय भन्ने
हल्ला ब्यापक बन्यो र दक्षिण तिरका सबै नाकाहरुमा नेपाल भित्रिने हरुको भिड्भाडा
रोकी नसक्नु थीयो जस्ले गर्दा झन त्रास बढेर गयो। संघीय सरकारले आदेस नदिदै केहि
स्थानीय निकायले कर्फ्यु लगाइसकेका थीए। कन्चन्पुरको महेन्द्रनगरमा ०९ गते बिहान
देही कर्फ्यु जारी राखे भने कैलालीको धनगढी क्षेत्र तिर १० गते बिहान देखि कर्फ्यु
लागु गरे। यता राजधानीमा भने सरकारले अन्त्ररास्ट्रिय उडानहरु बन्द गरेको हुँदा
हुँदै पनि १० गते राती ८:३० बजे सिल्क एयरलाइन्सको हावाइजहाजले त्रिभुवन
अन्त्ररास्ट्रिय बिमान्स्थलमा अवतरण गर्यो। बिमानस्थल प्रशासनले करीब ३ घण्टा
सम्म त्यस बिमानबाट यात्रु उराल्न अनुमती दियन तर पछी चर्को दबाबका बिच उनिहरुलाई
क्यारेन्टाइनमा बस्ने सर्तमा ३ घण्टा पछी ओराल्यो।
सरकारले लक-डाउन घोषणा गरेपछी सुरुका दिन ११-१२ गते केही
निजी बाइक र गाडीचलेपनी पनि १३ गते देखी प्राय सुन्सान जस्तै भयको थीयो। तथापी
अत्यावस्क सवारीसाधनहरु जस्तै स्वास्थ्य, मिडियाका र दैनिक उपभोग्य बस्तुहरु बोकेका गाडीहरु चल्न कुनै
रोक थीएन। सबै पसल,बजारहरु बन्द थीए। सडक देखी मन्दिर तथा सार्वजनिक स्थलहरु सुन्सान जस्तै थीए।
सुरुमा लक-डाउन उल्लंघन गर्ने लाई सम्झाई बुझाइ पठाउन्थे। चौथो दिनमा आईपुग्दा
प्रहरीले पनि हात नछोइकन ४ फिट लामो फलामको लठ्ठीले भ्यानमा हालेर लिने गरेको छ।
आज पाचौ दिन देखि प्रहरीले उल्लङन गर्नेलाई पक्राउ नगरेर जहाँ भेट्यो तेही २ घण्टा
सम्म रोकी राख्ने र पछि जहाँ बाट आएको हो त्यही फर्काउने निण्य गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९
रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत १२ गते बुधवार रसुवागढी र
तातोपानी नाका खुलाउने निर्णय गरेको थियो। उत्तर-दक्षिणतिरको नाकाबाट दैनिक उपभोग्य बस्तुहरुका
मालबहाक सवारी साधनहरु चल्न दिने तर औषधि र अन्य कुनै अत्यावश्यक सामग्रीबाहेकलाई
१४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सामान नेपाल भित्र्याउन निण्य गरे भने सामान ओसारपसारमा संलग्न ड्राइभर,
कामदार तथा कर्मचारीलाई कोरोना भाइरस संक्रमण जाँच गरेर
मात्रै आवतजावत गर्न दिनेभए। त्यसैगरी, सरकारले दैनिक उपभोग्यका बस्तुहरु जनताका घरदैलोमा पुर्याउन
उक्त ब्यापारीहरुलाई ब्यवस्था गर्न भन्यो जुन अब कती कार्यनवयन हुन्छ या हुँदैन
हेर्न बाँकी नै छ। जेहोस आज लक-डाउनको पाचौ दिनसम्म सबै तह र तप्काबाट समर्थन
पायको छ भने, जनताहरुलाई
घर बाहिर ननीस्किन नेता देखी कलाकार सबैले अनुरोध गर्दै सामाजिक सँजालमा सन्देस
दीइरहेका छन । आज सम्म नेपालमा ८७५ जनामा
परिक्षण गर्दा ५ जनामा मात्र पोजेटिभ देखियको छ।
सरकारले आजसम्म सबै घोषणा गर्ने काम मात्रा गर्यो तर
कोरोना सँग जुझ्नका लागि आवश्क प्राबिधिक तयारी गरेको छैन। पुर्ब तयारी केही नभयको
हैन,सुरुमा नेपाली सेनाले जङीअडामा मातहतका चिकित्सकहरुलाई
कोरोनाका बिरामीहरुलाई कसरी उपचार गर्ने भनेर तालीम तथा रिहर्सल गर्यो। त्यही
उसले सयौजनालाई उपचार गर्न मिल्ने क्वारेन्टाइन् बनायोे। नेपालआर्मी,
ससत्र प्रहरी र नेपाल प्रहरीले मातहतका निकायमा
क्वारेन्टाइन लगयत सम्भाबित कोरोनाका बिरामीको उपचारको ब्यवस्था गर्ने निर्देशन
गरे।
संघीय देखि स्थानीय सरकारहरुले आफुले सक्ने जती पूर्व तयारी
गरे तर त्यो पर्याप्त थिएन र छैन। चीनले उहान शहरमा १० दिनमा एकहजार बेडको अस्पताल
बनाएर विश्वलाई चकित बनाएको थियो। भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले चितवन
उद्योग संघको प्रदर्शनी केन्द्रमा “भरतपुर कोरोना विशेष अस्पताल“ पनि त्यसकै झल्को
दिनेगरी ७२ घण्टामा ७० बेडको अस्पताल निर्माण गरिएको बतायकी थीइन। ब्यक्तिगत तथा
संस्थागत हिसाबले देश-बिदेसबाट सरकारले खोलेको कोरोना कोषमा सक्दो आर्थिक सहयोग
जुटिरहेको छ। जती जे भय पनि हाम्रो क्षमता र तयारी कोरोना महमारी सँग जुझ्न काम
भयकै छ।
असाध्यै दुख्ख कोको कुरा केछ भने कोरोनाको उपचारमा
अग्रदस्ताका रुपमा लाग्ने स्वास्थ्यकर्मिका लागि नै सुरक्षित कुप्मेन्ट सरकार सँग
छैन। Personal
Protective Equipemnets (PPE) उपचारमा
संग्लग्नहुने चिकिस्तक र स्वास्थ्यकर्मीले पाएका छैनन भने कोरोनाको टेस्ट गने
किटको पनि अभाब रहेको छ। आज लक-डाउनको पाचौ दिन चैत्र १५ गते दिउसो नेपाल
एअरलाइन्सको एअर बस कोरोना सँग जुझनका निमित्त आवश्यक सामार्गी लिन चाइनाको
ग्वान्जावो गयको छ।
सातै प्रदेशमा टेस्ट गर्ने श्रोत साधन र दक्ष्जनशक्तिको
अभाबले गर्दा अन्यौलको स्थिति छ। स्वयम चिकित्सक र नर्सहरु PPE
नभयर असुरक्षित महसुस गरेरहेका छन् भने उनिहरुका पारिवारिक
सदस्य र प्रियजनहरु मनोबैज्ञानीक त्राश श्रीजना भयको छ । तथापी देसका पाटन
अस्पातललगायत अन्य अस्पातलले आँफैले PPE बनाउन सुरु गरिसकेका छन भलै WHO को मापदण्ड अनुसार
बन्छन यो बन्दैनन् हेर्न बाँकी छ तर नहुनु भन्दा त्यसैले काम चलाइरहेका छन।
कोरोनाको टेस्ट गर्ने चाहिने सबै ईकुप्मेन्टहरु र PPE
१५ गते दिउसो नेपाल एअरलाइन्सको एअर बस कोरोना सँग जुझनका
निमित्त आवश्यक सामार्गी लिन चाइनाको ग्वान्जावो गयको छ। सरकारले भोलि १६ गते
सोमबार सबै प्रदेशमा सेनाको हेलिकप्टर प्रयोग गरेर सबै सामान पुर्याउने योजना
बनायको छ। PPE नहुँदा
चिकित्सक देखी यम्बुलेन्सका चालक कती सम्म डर छ भने कोरोनाको संका लागेका
बिरामीबाट स्वाब र र्याल लिन चिकित्सक हरु जान मान्दैनन भने बिरामीलाई ओसार्न चालक
मानिरहेका छैनन।
चिकित्सक हरुले डराउनु पर्ने जायज छ,
किनकी नोबेल कोरोना भाईरसले गर्दा बिरामीको मात्र मुर्त्यु हुदैन उपचारमा
संग्लग्न चिकित्सकहरु पनि उच्च जोखिममा हुन्छन नै। चीनको उहानमा उपचारमा संग्लग्न
२२ जनाको नोबेल कोरोनाले गर्दा ज्यानगएको थीयो। तीमध्य उहानको केन्द्रभागमा पर्ने
वुचांग हस्पिटल (Wuchang Hospital) का निर्देशक सिनियर नियुरो सर्जन डा.लियू झिमिंग (Liu
Zhiming) को नोबेल कोरोनाकै
कारण मुर्त्यु भयो। चीनसरकरले कोरोना महामारीको उपचारमा संग्लग्न चिकित्सकको
मुर्त्यु भएमा सम्मान स्वरुप सहिद घोषणा गर्ने निण्य गरेको थीयो।
स्वास्थ्यक्षेत्रमा धेरै सुबिधाभएको युरोपियन देश इटलीमा पनि आजका मिती सम्म
उपचारमा खटियका २० % चिकित्सकहरुमा कोरोनाको सम्कर्मण रहेको र ३७ जनाले ज्यान
गुमाइसकेका छन्। यता भारतले पनि नोबेल कोरोना भारसको महामारी सँग जुझन सम्पूर्ण
चिकित्सकहरुलाई तयार रहन भन्दै सबै संग्लग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका
लागी ५० लाख भारुको बीमा गरेको छ। तर
हाम्रो सरकारले भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागी न बिमा गरेको छ न कुनै
तयारी नै। आज एक जनाको पनि मुर्त्यु नभयको र ५ जनामा मात्र पोजेटिभ देखियको बेला त
यती त्रासदी बातावरण छ भने इटलीको जस्तै सयौको संख्यामा एकैदिनमा कोरोना भारसले
गर्दा नेपालीहरुले ज्यान गुमाउनु परे हाम्रो हालत के होला..... ???
प्रथना गर्छु कि नेपालमा कोरोनाले गर्दा कसैको ज्यान
गुमाउनु नपरोस....🙏!
कोरोनको कहर...
माथि उल्लेखित फोटो हरुईन्टरनेटबाट लियका हुन, भने उल्लेखित डाटा
https://www.worldometers.info/coronavirus/ बाट लिएको छु ।
© copy right reserved to author
Comments
Post a Comment
Request you not to enter any spam link in the comment box.