कृषि खेती गर्दै आत्मनिर्भर बन्दै दुर्गाथलिका युवा !!


 कृषि खेती गर्दै आत्मनिर्भर बन्दै.........

हिमाली जिल्ला बझाङको दुर्गाथली गाउँपालिकाका युवाहरुको कृषिमा आकर्षण बढ्दै गैरहेको छ । बिगतमा बेरोजगार भएपनी आफ्नै गाउँमा केही बिकल्प नदेख्यर भारतमा काम गर्ने आफ्नो पहिलो गन्तब्य बनाउने युवाहरु केही बर्षदेखी आफ्नै गाउँमा तरकारी खेती देखी अन्य पशुपालनमा आफ्नो भबिस्य देख्दै आएका छन।

दुर्गाथली-२ बस्ने गजेन्द्र बिष्टले बिगत ५ बर्षदेखी आफ्नो जमिन सहित थप जमिन भाडामा लगेर करिब १० रोपनी खेतमा तरकारी खेती गर्दै आईरहेका छन्। तरकारी खेती सुरु गर्नु भन्दा अगाडि आफ्नो परिवारलाई बर्षभरी खान पुग्न समेत धौ-धौ हुने बिष्टले २०६९ देखी तरकारी खेतिमा लागेपछी तरकारीखेती बाट एक सिजनमा डेढ-दुई लाख सम्म बचत गर्न सफल भए ।

 बिष्टले तरकारी खेती बाट आफ्ना दुई छोरीहरुलाई नजिकैको बोर्डिङ स्कुलमा पढाईरहेका छन् । हाल्सम्म तरकारीखेतिकै आम्दानिले १४ लाख बैंकमा बचत गर्न सफल बिष्ट अझै आफ्नो बारीको उत्पादनले बजार पाउने सुनिस्चित भए अझै १० रोपनी थपेर ५-६ जनालाई रोजगार समेत दिनसकिने बताए । तरकारी खेती सँगै कुखुरा फर्म र संचालन गरेरहेका बिष्ट बर्ष भरी ब्यस्त हुनेगर्दछन । स्थानिय सरकार देखी प्रदेश र संघ सरकारबाट सोछे अनुसारको सहयोग नपाएको गुनासो गदै बिष्टले बर्सेनी मागेको बेला वडा कार्यालयले भने टनेला दिनेगरेको बताएका छन्।



 

यसैगरी दुर्गाथली -२ को खड्केली  बिगत दशक देखी बाजो रहदै आएको थीयो तर हिजो आज भने खड्केलि हराबरा देखिन्छ। सारथी कृषक समुहले खड्केलीको जमिन मध्य कारीब १५ रोपनी जमिनमा मौशमी देखी बेमौशमी तरकारीखेती गर्दै आएको छ। सामुहिक खेती अन्तर्गत जनक बिष्ट अध्यक्षराजेन्द्र भण्डारी सचिब र महेश भण्डारी कोष-अध्यक्ष रहेको समुहले २ जनालाई रोजगार समेत दिएका छन। यसपाली देखी तरकारी उत्पादन सुरु गरेको समुहले यसै बर्खयाममा करिब एकलाख सम्मको तरकारी बिक्री गरेसकेको छ । 

समुहका कोष-अध्यक्ष महेश भण्डारीका अनुसार तरकारीको मागलाई पुर्याउन नसकेकोले अब थप जमिनमा तरकारी खेती बिस्तार गर्ने गरी लागेरहेको बताए । सारथी कृषक समुहले अब लकडाउन खुले लगत्तै ८ वटा उन्नत जातको गाई पालन गर्ने सोच बनाएको छ। तरकारी खेती सँगै गाईपालन सुरु गरेपछी थप केही युवा हरु लाई रोजगार दिने गरी प्लान बनाइरहेको छ ।

 



माथिका दुई उदाहरण त प्रतिनिधि पात्र मात्र हुन्। अहिले दुर्गाथली गाउँपालिका -१ मा बङुर पालन, दुर्गाथली-१को नगदेबाली खेती, दुर्गाथली -२ मा बाख्रापालन ब्यवसायिक रुपमा संचालन गर्दै आएका छन भने दुर्गाथली -६ का जनताले परम्परा देखी गर्दै आएका बाख्रा-च्याङ्रा पालन ब्यावसायिक हुँदै बर्सेनी ३०० देखी ५०० च्याङ्रा सम्म काठमाडौ र चितवनमा बिक्री गर्दै आएका छन्। पहाडी-हिमाली जिल्लाका किसानहरुलाई समयमै टनेला उपलब्द नगराउदा सोचेजस्तो उत्पादन नहुने गरेको भने किरा लाग्न बाट समेत बचाउन सकेका छैनन। सबै किसान हरुको माग भनेको उनिहरुलाई फलामे टनेला उपलब्ध गराउनु पर्ने रहेको छ। हिमाली जिल्ला बझाङका किसानहरुले उत्पादन गरेको बिषादी प्रयोग नगरिएको फलफुल तथा तरकारीले समयमै बजारको उचित ब्यावस्था पाए उपभोक्ता र किसानहरुको हितमा हुने नै थीयो भने युवाहरुपनी आफ्नै देशमा स्वरोजगार हुने निश्चित छ ।  

 

दुर्गाथली जस्तै बझाङको अन्य स्थानिय निकाएमा कृषकको उत्पादनले उचित मुल्य पाउन सकेको छैन भने स्ठानिय सरकारले बजार ब्यवस्थापन र किसानको उत्पादनको ग्यारण्टी गर्न सकेको छैन । कोरोनाले गर्दा बिदेश बाट धेरै नेपालीहरु स्वदेश फर्किरहेका बेला स्थानिय सरकारहरुले आगामी  आर्थिक बर्ष २०७७/७८ को बजेट रोजगारमुलक, कृषकमुखी ल्याउन्छन कि के गर्छन् त्यो हेर्न बाँकी नै छ ।  

    

 

 

 

 

 

 

      


Comments