बिश्वब्यापी चीनको हुवान प्रान्त बाट सुरु भई बिश्वभरी फैलिएको कोरोना भाईरस (COVID-19) ले नेपाललाई पनि नराम्रोसँग सताएको थीयो । सरकारले चैत्र १० देखी लकडाउन घोषणा गरेसङै आमजनजिबन अस्तब्यस्त भएको थीयो । यसैबिचमा मैले विद्यार्थी र मजदुरहरुलाई राहत बितरण गरेको थीए । जेष्ठ ११ गते काठमाण्डौ बाट लकडाउनले गर्दा समस्यामा परेका विद्यार्थी र मजदुरहरुलाई लगेर १० बस बुकिङ गरी घर गए ।
लकडाउनले गर्दा यातायात ठप्प नै थीए/छन । सबै जिल्ला प्रशासन कार्यलयले पास बन्द गरेकाले बझाङ बाट काठमाण्डौ आउनु निकै चुनौतिपूर्ण थीयो । सँयोग्बस गाउँपालिकाको एम्बुलेन्स काठमाण्डौ जाने भयो । बिरामीका आफन्तलाई आफुपनी जाने जानकारी गरे र अब काठमान्डौ छिर्ने पक्कपक्की भयो । जानलाई त एम्बुलेन्स पाइयो तर घरबेटिले कोठामा बस्न दिन्छ कि नाई भनेर फेरी चिन्ता पर्यो । घरबेटी दाईलाई बिशेष कामले गर्दा आउनलागेको भन्दा आउनुन त भन्नु भयो र म ढुक्क भए।
एम्बुलेन्समा
जाने हामी जम्मा ५ जना भयौ। २ जना बिरामी अरु ३ जना बिरामीका कुरुवा भएर आएका थीयौ
। ४ जना घरबाटै थीयौ अर्को जानेमान्छे को हो भनेर मलाई थाह थीएन तर म उत्सुक थीए
कोहोला भनेर ! गाउँपालिकाको कार्यालयबाट हामी हिड्यौ बिहानको कारीब ११ बजेतिर म
भने एम्बुलेन्सको पछाडि पट्टी बसेको थीए । कारीब २० मिनेट हिडेपछि मोरिबगर बजारमा
पुग्यौ । एम्बुलेन्स रोकियो र त्याबाट एकजना कारीब ८-९ महिनाको बच्चा सहित २० बर्ष
जतिकी किशोरि आमा थपिनु भयो ।
अब एम्बुलेन्सको पछाडि बस्ने ४ जना भयौ ।
३ जना महिला र म । बिरामी बस्ने सिटमा गाउँकै २ जना बसेका थीए भने अर्को साइड
पट्टी म र ति किशोरि आमा । सडकका खाल्डा-खुल्डी पार गर्दै हामी अगाडि बड्यौ ।
एम्बुलेन्सको सिटपनी फाटेका जस्ता थिए खाल्डा-खुल्डी आउँदा निकाइ गाह्रो पर्थ्यो ।
बिरामी मध्यकी १ जना निकै भोमिट गर्न थालिन । खोड्पे आउँदा सम्म पनि ति नानी
लगातार उल्टी गर्न थीलिन मैले अगाडि बसेको मान्छेलाई भोमिट कमगर्ने औखती किन्न भने
तर खोड्पे बजार पुरै सिल गरेको रहेछ औखती पाइएन ।
कतिखेर
त ति नानी भोमिट गर्दा-गर्दै बेहोसपनि भईन र एम्बुलेन्स रोक्न भने गाडीरोकेर बहिर
बस्यौ,पानी छम्क्यौ र उनी होस्मा फर्किन । मैले
ति किशोरि आमा सँग कुरा सुरु गरे । उनको नाम साबित्रा रहेछ । CTEVT को Diploma Course Lab Technician पढ्दै गर्दा केटा
सँग लभ परी बिहे गरेकी रहेछन । उनी हसिली र गहुगोरी थीईन । साथमा उनको छोरा साह्रै
आकर्षक थीयो । माइतिघर थान्कोटमा, बुवा ईन्जिनियरिङ पेसामा
रहेछन । मैले भने सानै उमेरमा विवाह गरेछौ नि भन्दा त्यस्तै भयो भन्दै पस्चताप
सैलिको जवाफ दिईन ।
म उनको कुरा सुनेर गम्भिर बने ! सानै उमेरमा
बिवाह गर्नुको बाध्द्यता बिचरा जिन्दगीको ठुल्-ठुला सपना राम्रोसँग नबुन्दै उनको
विवाह भई कलीलै उमेरमा छोरा समेत सङै थीयो । मैले कल्पना गरे कि काठमाण्डौ मा घर
अभिभाबक सङै बसेर यदी अध्ययन जारिराखेको भए उनको जिबन बर्तमान समयमा राम्रोसँग
चल्दै थीयो होला साहेद !! बाटोमा पानी,
कुर्मुरे किन्दै अगाडि बड्यौ ।
हामी
अत्तरिया करिब ६ बजे पुग्यौ एम्बुलेन्समा तेल हाल्यौ !! अब खाना पाए चीसापानीको
माछा सङै खाने भन्ने हाम्रो कुरा भयो । राती ९-१० बजेतिर चीसापानी पुग्यौ खानाखाने
योजना सङै तर चीसापनी बजार पुग्दा चीसापनी पुरै सिल गरेको रहेछ । सबै होटेलहरु
बन्द गरेका थीए । खाना पाइने सम्भावना कम भयो । एउटा होटेल हल्का खुल्ला थीयो ।
एउटा लाई सोध्न पठाएँ होटेल बालाले पुलिसको डरै डरमा हामीलाई खाना खुवाउने सहमत
बने । हामी होटेल भित्र गयौ र खाना पाक्न सुरु भयो । प्रहरी सँग नडराउनुहोस दाई म
कुरा गरौला नि भनेर होटेल बाला दाईलाई मैले आश्वासन दीए । होटेल बाला दाइले
होटेलका ढोका बन्द गर्नु भयो । खाना पाक्यो र हामीले खाना खान सुरु गर्यौ । खाना
खाएर नसक्दै बाहिरा प्रहरीले हाम्रो रोकिराखेको एम्बुलेन्स घेरा हालिसकेको थीयो ।
यो एम्बुलेन्सको मान्छे खै ??
कस्को होटेलमा बसीरा छन भन्दै सोधिखोजी गर्दै थीए । यता होटेल बाला
भने अब प्रहरिले आफुलाई कारबाहीगर्छन भनेर आत्तिएका थीय । म भने ढुक्कले भात थप्दै
नडराउनुहोस् दाई म कुरागर्छु प्रहरीसँग भन्दै थीए । होटेल साहु दाइको निर्देशन
अनुसार हामी होटेलको पछाडि बाट बाहिर निस्क्यौ ।
प्रहरीहरुले
हाम्रो एम्बुलेन्स लाई घेर्दै कता छन मान्छे भन्दै थीए । प्रहरिहरु अलीपर जादै थीए
त्यही बेला हामी एम्बुलेन्सको नजिक पुग्यौ त्यहिबेला प्रहरिहरु पनि हामीहरुलाई
देखेपछी हामी भएकोमा पुगे ।
प्रहरी
: कोहो यस्को ड्राइभर ?? कोहो गुरु किन यता
रोकेको ??
म
: म हो गुरु .
प्रहरी
: तपाईंहरुले कहाँ खाना खाएको ?? कुन
होटेलमा खाना खाएको ?? हामीहरुले खाना खाएको होटेललाई
देखाउदै सोधे उ त्यो होटेलबाट बाहिर निस्केको हैन भन्दै कराए !
म
: हैन, मलाई थाह छैन ।
प्रहरी
: तपाईं त्यो होटेलको पछाडि बाट आको हैन ??
म
: हो म त्या पछाडि टोइलेट बाट आको खै कुन होटेल हो मलाई थाहा छैन ।
यही
बेला प्रहरी हरु त्यो होटेलको नजिक गए २ जना प्रहरिहरु हामीनजिकै थीए । मैले गुरु
लाई र अरु सबै जनालाई एम्बुलेन्स भित्र बस्न भने र गुरुलाई गाडी नरोकेर अगाडि बड्न
भने । प्रहरिहरु भने वई रोक रोक !! भागछस रोक रोक भन्दै थीय तर हामी नरोकेर अगाडि
बड्दै गयो र कर्णालीको बहुप्रसिध्द पुल पार गर्यौ । पुल पार गरीसके पछी भने
प्रहरिको केही चल्ने थीएन अब हामी बर्दिया राष्ट्रिय निकुन्ज भित्र प्रबेश गर्यौ ।
करिब
३० मिनेटको निकुन्ज भित्र अगाडि बढेपछी एक हुल हरिण सडकको बाँया पट्टी थीय भने
एउटा घोरल एक्कासी सडकको दाँया पट्टिबाट सडकमा आयो । अचम्म त के भने गाडीको
उज्यालो जती नजिक भयो त्यती सडकतिर घोरल अगाडि बढ्यो । गाडी ७० किमी/घण्टा को
बेगमा थीयो अब घोरल चेउमै रोक्यला भन्दा भन्दै हाम्रो गाडीको अगाडी करिब १ मिटर को
फरकमा सडकमा आइहाल्यो तेही बेला एक्कासी गुरुजिले गाडीलाई दाँया तिर फेरी बाँया
अनी दाँया घुमाउदै बल्ल कन्ट्रोलमा आयो । यदी त्यो बेला अनुभबी ड्राइभर नभएको भए
घोरललाई गाडीले ठोक्थ्यो कि त घोरललाई बचाए भने हाम्रो दुर्घटना हुने थीयो ।
गाडीको अगाडिको भाग भन्दा माथि देखिन्थ्यो ।
गाडी
अगाडि बढ्दै गयो । करिब १२ बजे तिर हामी कोहोलपुर भन्दा अगाडि बजार नजिकै बजारको
छेउमा सुत्यौ गाडीभित्रै । कोहोल्पुरमा असाध्यै गर्मी थीयो । एम्बुलेन्सको पछाडि ४
जना र एक बच्चाले सुत्नु पर्ने बसेर नै । गर्मीले सहनै नसकिने भो । घरी झ्याल
खोल्थे भने घरी ढोका । नजिकैको होटेलमा भने कसैको जन्मदिन मनाउदै थीए । रक्सी खाएर
तथानाम गाली गर्दै गरेको सुनिन्थ्यो ।
म
सङै बसेकी साबित्रीको छोरा गर्मिले सुत्नै नसकिने भयो । बिहान सम्म सुत्दै सुतेन
सडकमा गाडी आउँदा गारी आयो गारी भनेर कराउन्थ्यो त घरि कुकुर भन्दै ! उनको छोरा
असाध्यै शान्ता स्वभाबको थीयो त्यत्रो यात्राभर न त रोयो नत भोमिट नै गर्थ्यो भने
न त भोक नै लाग्यो भन्छ । अच्चमको स्वभाव ।
कतिबेला झुकेर मेरो हात उन्की आमा साबित्रीको शरीरमा पर्दा रिसाउन्थ्यो ।
सुतेको बेला आधा शरीर मेरो काखमा आधा शरीर साबित्रिको काखमा राख्दै सुताउन्थ्यौ । बाक्लो
लुगा लगाएकाले छोरोलाई साह्रै गर्मी भएको होला ठानेर मैले उस्को लुगा खोल्न भने ।
मलाई फेरी साबित्री देख्यर सार्है दाँया लाग्यो
। यती सानो उमेरमा बच्चा पाएकी छे । छोरोले दुध खान खोज्थ्यो तर बिचरीको स्थनबाट
साहेद दुध आउँदैन थीयो होला छोरोले घरिघरी स्थन परिवर्तन गरिराख्थ्यो । वास्तवमा
भन्ने हो भने ति किसोरीले आफ्नो उमेर नपुग्दै बच्चा पाएकी थीइन । काठमाण्डौ शहरमा
हुर्केकी केटीले बझाङमा लक्डाउन भर बस्नु परेकोले उनी र उनको छोरा साह्रै
दुब्लाएका थीए । उनले अब आफु स्टाफ नर्स पढ्ने बताइन । मैले उनलाई सक्दो सहयोग
गर्ने बाचा दिए । गर्मिले गर्दा हामी राम्रोसँग सुत्न सकेनौ । अन्तत : बिहान ५ बजे
तिर हिंड्यौ ।
अली
घाम झुल्केपछी हामी एउटा चिया होटेलमा हामी रोक्यौ र चीया नास्ता गरी अली फ्रेश
भयौ । वास्तवमा त्यो चीया त्यहाँ नखाएको भए हामी त काठमाण्डौ सम्म पुग्दासम्म कतौ
होटेलमा बस्नपाउने सम्भावना रहेनछ । हामी जती अगाडि बड्दै गयौ सबै बजार हरु सिल
गरीका थीय भने होटेल हरुलाई खाना, खाजा
खुवाउन बन्देज गरेको थीयो ।
हामी
भने सबै भोकाइ सकेका थीयौ तर खाना खाना पाउने कतै सम्भावना थीएन । एम्बुलेन्स
भएकाले प्रहरीबाट कतै रोक्टोक भएन । जब हामी मुग्लिन पुग्यौ मेरो मोबाइलमा म्यासेज
आयो । घरबेटिले भनेको थीयो कि कोठा आउनु छ भने PCR रिपोर्ट
लीयर आउनु भन्ने थीयो । अब मलाई भने फसाद पर्यो , कसरी PCR टेस्ट गर्न र कहाँ गर्ने र अब कहाँ बस्ने भन्ने भयो ।
बेलुका ६ बजे तिर हामी थान्कोट पार गरेर उपत्यका छिर्यौ । साबित्री आफ्नो छोरा सहित थान्कोटमा झरिन र हामी भने सिधै बिरामीलाई लिएर गंगालाल अस्पातल पुग्यौ र आवश्यक चेकप् गरी राती बस्नलाई होटेल खोज्यौ । मैले फेरी आफ्नो घरबेटी दाई लाई खबर गरी आफु भोली पर्सी PCR टेस्ट गरौला कोठामै बस्नु ठीकहुन्छ भन्दा उहाले मान्नु भयो र म राती ८ बजेतिर एम्बुलेन्स मै कोठामा आए र लक्डाउनको यात्रा यत्तिमै टुँग्यो !!
#Lockdown Diaries
Comments
Post a Comment
Request you not to enter any spam link in the comment box.