उपत्यका बाहिरबाट पढ्न आएकाहरुका लागि प्रेणाको श्रोत - आँफैलाई खोज्दा आत्मकथा

 


 

२००६ भाद्र १९ गते बर्दियाको गुलरियामा जन्मिनुभएका बिश्वम्भर प्याकुर्याल एक मध्यम आर्थिक स्थरको परिवारमा हुर्किनु भयो । भारत हुँदै काठमाण्डौ आएका लेखकको ९ मा भर्ना गर्नमिल्ने प्रमाणपत्र गुलरियाबाट ल्याएको भएता पनि गाउघरको पढाई राम्रो हुँदैन भनेर फेरी ७ मा आफन्तले शान्ति बिद्यागृहमा भर्ना गरिदिएपछी उनको १० सम्मको अध्ययन पहिले भन्दा राम्रो हुँदै गयो । सुरुमा ९ मा भर्ना नपाएर दुखी बनेका लेखक पछी आफ्नो पढाई राम्रोहुँदै गएपछी भने घटुवाहुनु राम्रो निण्यभएको स्विकार्छन् ।

ठुलो परिवारमा आफन्तहरु सँग बस्नु पक्कै पनि सजिलो थीएन । साथीहरुसँग घुम्न जानु, खाजा खाने पैसा बचाएर फिल्म हेर्न जानु स्कुले जीवनका सबै अनुभोवहरु मात्र हैन पब्लिक साइन्स कलेज (पस्कल ) हालको अस्कलमा I.S.C अध्ययन सुरु गरेका लेखकको पढाई भन्दा खर्चको लागी पार्ट टाइम स्कुल पढाउनुपर्ने बाध्यता, साहित्यिक र सास्कृतिक कार्यमा धेरै समयदिदा बिज्ञानको अध्ययनमा त्यतिमै पुणबिराम लाग्छ । लेखक असफलताबाट आतिदैनन बरु बिकल्पकारुपमा त्रिबिबाट प्राइभेट बाट आर्ट्स अर्थशास्त्रबाट  प्रबिणता दिर्तिय श्रणिमा पास गरी भबिस्यको बाटो पहिल्याउन्छन् । 

स्नातक पढ्न नेपाल नेसनल कलेज (हालको शंकरदेव क्याम्पस) छिरेका लेखकको साहित्यिक लेखनमा कलम धेरै अगाढी मात्रा बढेन उहाँले त्यो बेलाको जल्दोबल्दो पँच्यात बिरुधको आन्दोलन अग्रसर मोर्चा विद्यार्थी संगठनमा रही नेपाल नेसनल क्याम्पसको बहुमत मत ल्यायर सभापति बन्नु भयो । आर्थिक जोहोगर्न दिउसो पार्टटाइम अध्यापन गर्न र राती अध्ययन लेखको दिनचर्य बन्यो । नेसनल कलेजमा सभापतिहुँदा उनका अर्जुननरसिङ् केसी देखी काङ्रेसका ठुल्ठुला नेताहरुसङको संगत बाक्लिदै जान्छ ।  त्रिबी केन्द्रिय क्याम्पसमा अध्ययन गर्दागर्दै विद्यार्थी युनियनको चुनावमा महामन्त्रीमा पनि निर्बाचित प्याकुर्यालले सुरुदेखीनै बस्दै आएको काकाको घरबाट अफ्ट्यारो महसुस गर्दै आफु आत्मनिर्भर बन्ने अभिलाषाका साथ छोडि बहालको कोठामा बसेका लेखकको अनुभोव निकै चाखलाग्दो छ ।

तत्कालिन सत्ताको खिलापमा त्रिबीमा भाषाण गरेकै आधारमा प्याकुरेललाई प्रहरिले पक्राउगरी करिब ६ महिनाजति जेलजीवन बिताउदा सेन्ट्रल जेलमा कृष्णप्रसाद भट्टराई लगाएत नेताहरुको संगतले जेलमा समय बिताउन लेखकलाई सहज भएको थीयो । जीवनको उर्जाशिल समय बिध्यार्थी राजनीतिमा खर्च गरेता पनि उनको स्वभाव राजनीतिसँग मेल खाना नसक्ने ठानेर लेखकले सकृय राजनीति नै छोडिदिए ।

स्नातकोत्तर सकेपछी त्रिबी अर्थशास्त्रको केन्द्रिय बिभागमा प्रबेश गर्दाको प्रशासनिक झन्झन्ट, पहुचका आधारमा काम छिटो- ढिलो हुने परम्परा पहिलेदेखी हाल सम्म नै कायम रहेको सम्झदा लेखक दुखी हुन्छन । त्रिबीमा अध्यापन गरिरहदा समकक्षीहरुले बिदेसबाट डिग्री हासिल गरेको तर आफुसँग नभएकोप्रति खल्लो महसुश गर्दै अती नै कडा सर्तहरु स्विकार्दै अमेरिकाको ओहायो बिश्वबिद्यालयमा पढ्न गएका लेखकसँग अमेरिकाको सुरुवातको बसाई दु:खका साथ गुर्जिन्छ । रेस्टुरेन्टमा काम गरेको देखी ग्रिन कार्डको लागि शुभचिन्तकहरुले पहल गरीदिएको प्रसँग अत्यन्त लोभ्लाग्दो छन । अन्तत आफ्नै देशमा केही गर्ने मनसायले लेखक अमेरिकाबाट बिदालिदै स्वदेश फर्किनुहुन्छ ।

लेखक प्याकुरेलको ब्यक्तिगत संगत, पारिवारिक सम्बन्ध नारायण गोपाल, हरिभक्त कट्वाल, गोपाल योन्जन सँग सुमधुर रहेको पाईन्छ। लेखकको विवाहको संजोकपनी रोचक छ । नेपालको कुटनितिक नियुक्ती, कुटनिति जस्तो सम्बेदनशील क्षेत्रमा नेपालको पररास्ट्र मन्त्रालयले गर्ने बेवास्ता तथा निमछरो ब्यवस्थापन प्रती दिक्क मान्दै खाई-पाई आएको राज्दुत बाट स्वईछिक बिदा लिनुपर्दाको बाध्यता पुस्तकमा पाईन्छ ।

समर्गमा लेखकले आफुले जीवनमा भोगेका, आफ्नो जीवनमा घटेका घटनाहरुलाई जस्ताको त्यस्तै रोचक तरिकाले पाठकसमक्ष पस्केका छन । अध्ययनको सिल्सिलामा गाउँघर बाट उपत्यका छिर्ने जोकोही विद्यार्थीहरुका लागि एक संघर्शको कथा, धेरै आर्थिक अवसरहरु आउँदा, ठुलो आर्थिक आम्दानी हुँदापनी सहि तरिकाले सदुपयोग नगर्दा अत्यन्तै पछुताउनु पर्ने अवस्था आउन सक्छ भन्ने प्रेरणाको गाथा यस आत्मकथा बाट पाईन्छ ।   

 

 

 

 

 

        

 

 

 

Comments