नेपालमा संसद बिघठनका
सफल-असफल हर्कतहरु !!
बिश्वमा धेरै तानशाहहरुको
बारेमा पढ्न र सुन्न पाईन्छ । नेपालको राजनीतिक ईतिहासमा धेरै संकाह साशकहरुले
राज्य चलाएको पाईन्छ । २०१७ पौष १ गते राजा महेन्द्रले जन-नीर्वाचित संसद बिघठन गरी सत्ता आफ्नो हातमा लिए । शासन सत्तामा राजा र
नेपालीहरुलाई रैती बनाईए । त्यहिबेला देखी नै माल्पोत तिर्दा रैकर भन्ने प्रचलन आयो । त्यसपछिको
पँच्यति ब्यवस्थामा नेपालीहरुले जनता नभई पञ्चको दर्जा दिइयो ।
२०४७ सालको जनआन्दोलनले
प्रजातन्त्रको पुनर्स्थापना गर्यो । नेपालीहरुलाई अब त देशमा स्थाइत्व रहन्छ, प्रजातान्त्रिक मुल्यमान्यता स्थापित हुन्छन भन्ने लागेको थीयो तर
त्यसपछिका जननिर्वाचित प्रधानमन्त्रिहरुले नै पटक-पटक
लोकतन्त्र माथि "कु" गरेका छन।
२०४७ सालको संबिधान अनुसार
प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार दिएको थीयो । संबिधानको धारा धारा ५३
(४) मा यस्तो व्यवस्था थियो : ‘श्री ५ बाट
प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभाको विघटन गर्न सकिबक्सनेछ । यसरी
प्रतिनिधिसभा विघटन गरिबक्सँदा ६ महिनाभित्र नयाँ प्रतिनिधिसभाका लागि निर्वाचन
हुने मितिसमेत तोकिबक्सनेछ ।’ यो व्यवस्था संसदीय
प्रणाली रहेका अन्य मुलुकको व्यवस्थासँग मिल्दोजुल्दो थियो ।
नेपालको संबिधान २०७२ को
धारा ७६ बमोजिम प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकारको परीकल्पना गरेको छैन ।
त्यसैले २०४७ को संबिधानमा टेकेर संसद बिघटन गर्नु संबैधानिक हुन्छ भने नेपालको
संबिधान २०७२ का आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बिघटन
गैरसंबैधानिक कदम हो ।
![]() |
File Photo of Federal Parliament |
नेपालको संविधानको धारा ७६
मा मन्त्रिपरिषद्को गठनको व्यवस्था गरियो । जसमा उपधारा (१), (२), (३), (५) मा प्रधानमन्त्री
नियुक्त हुने विभिन्न वैकल्पिक व्यवस्था गरियो । सरकारको स्थिरताका खातिर नयाँ
संविधानको धारा १०० मा विश्वासको मत र अविश्वासको मतसम्बन्धी व्यवस्था गर्यो ।
जसमध्ये धारा १००(४) यहाँ जस्ताको तस्तै उल्लेख गर्न आवश्यक छ– "प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एकचौथाइ सदस्यले
प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस
गर्न सक्नेछन् । तर, प्रधानमन्त्री नियुक्त भएको पहिलो
दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको
प्रस्ताव पेस गर्न सकिनेछैन ।"
वर्तमान संविधानको धारा
८५(१) को पनि उल्लेखन जरुरी हुन आउँछ । जसमा भनिएको छ– ‘यस संविधानबमोजिम अगावै
विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ । २०४७ सालको
संविधानमा जस्तो यो संविधानमा प्रतिनिधि सभा विघटन गर्ने स्पष्ट अधिकार
प्रधानमन्त्रीलाई छैन । प्रतिनिधि सभाको निर्वाचनपश्चात कम्तिमा चार वटा विकल्पमा प्रयास गर्दा पनि प्रधानमन्त्री चयन हुन नसकेको अवस्थामा
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्ने व्यवस्था छ ।
संसद बिघठन कसले कहिले-कहिले गरे त हेरौ !
Comments
Post a Comment
Request you not to enter any spam link in the comment box.