अवतरण- सुभशंकर कंडेल
पत्रकार तथा लेखक शुभशंकर कंडेल द्वारा लेखित पुस्तक अवतरण नेपाली राजनीति बुझ्न अझ नेपाली कम्युनिष्ट आन्दोलनलाई बुझ्न धेरै सहयोग पुग्दछ । लेखकले धेरैजसो ठाउँमा आफ्नो निकट सम्बन्ध एमालेका अध्यक्ष केपी ओली र (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सँग भित्रै बेडरुम सम्मै पहुच छ भन्ने छनक दिएका छन ।
कम्युनिष्ट आन्दोलनलाई थप पढ्न र बुझ्न चाहनेहरुले यो पुस्तक पढ्दा पछुताउनु पर्ने छैन । घुमाउरो पारामा लेखकले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) विचको एकता गर्नेमा आफुले पनि भूमिका खेलेको भन्न्ने छनक दिनखोजेका छन ।
सशस्त्र दश बर्षिय जनयुद्ध, झापा विर्दोह लगायत कम्युनिष्ट आन्दोलनका मुख्य घटनाहरु लाई पुस्तकमा अटाएका छन। नेपाली काँग्रेशले गरेको विद्रोह र बिपिको राजनीतिक यात्राका मुख्य घटनाहरुलाई यस पुस्तकमा छोटो भएता पनि न्याय गरेको पाइन्छ ।
लेखकले नेपाली क्रान्तिको मुख्य लक्ष्य गणतन्त्र लगायतका सबै मुद्धाहरुले सफलता पाईसकेको र दुई ठुला कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) विचको एकतालाई राजनीतिक संघर्शको अवतरण भएको रुपमा साहेद पुस्तकको नाम रोजेको हुनसक्छ । तर बर्तमान प्रधानमन्त्री खडक प्रशाद शर्मा ओलिको कुटिल चालले गर्दा पार्टी एकिकरण सर्वोच्च अदालतले खारेज गरेसंगै मलाई यो पुस्तकको रिभियु गर्ने मन् लाग्यो । मैले यो दसैंमा घरजादा पढेको थीए ।
यो पुस्तक बाट मलाई आवश्यक बुदाहरु टिपेर राखेको थीए । आफ्नो ब्लगमा भने पोस्ट गर्ने भ्याएको थीएन तर आज पार्टी एकिकरणलाई फाल्गुन २८ गते सर्वोच्च अदालतले उल्ट्याई एमाले र माओवादी केन्द्रलाई ब्युताएपछी पहिला टिपोट गरेका बुदाहरु लाई संक्षपमा ब्लगमा पोस्ट गरेको छु । म त यो पुस्तक सन्तोषजनक र एकपटक पढ्नै पर्ने पुस्तकको सुचिमा राख्दछु । यस पुस्तक बाट आवश्यक केही बुदा तल राखेको छु ।

नेपाल
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ सहाना प्रधानका श्रीमान थीए भने
सहाना प्रधानका भिनाजु मनमोहन अधिकारी प्रदथे । नेकपाको स्थापना पुर्व पुष्पलाल
श्रेष्ठ नेपाली प्रजातन्त्र काँग्रेशका मन्त्रि(सचिव) थीए । २०४७ सालमा नेकपा
(मार्क्सवादी) र माले विच एकिकरण भएको । वि.सं
२०४९ माघ १४-२० सम्पन्न ५औ महाधिवेसनको उद्घाटन समारोह दशरथ रङशालामा भएको थीयो ।
उदघाटन समारोहमा अध्यक्ष मनमोहन अधिकारीले धेरै
समय लिएर भाषण गर्दा मदन भण्डारी रिसाएर कार्यक्रममा बबण्डर मच्चाएका थीए । त्यही
झोकमा महासचिव भण्डारीले पार्टीको अध्यक्षपद नै हटाएर मनमोहन अधिकारीलाई सल्लाहकार
कमिटिको अध्यक्ष बनाउने प्रस्ताव ल्याएका थीए तथापी त्यो प्रस्तावलाई बैठकले
अस्विकृत गर्यो ।
मदन
भण्डारीले “बहुदलिय जनवाद”
भन्ने पुस्तक २०४७ (५ औ महाधिवेसन अगाडि) मै लेख्नु भयो । झापा विर्दोहको
उत्तराधिकारी दावी गर्ने तत्कालिन माले २०४७ सालपछि नेकपा एमाले नामले वाम्पन्थी
संसदवादी दलका रुपमा कार्यरत रहदै आयो । नेकपा एमाले २०५४ सालमा विभाजित भई नेकपा
माले समुहमा सहाना प्रधान, सिपी
मैनाली, वामदेब गौतम
रहेका थीए । २०५८ सालमा माले र एमाले विच पुन : एकिकरण भयो ।
भारतको बंगाल राज्यमा धेरै समयसम्म
कम्युनिष्टहरुको शासन चल्यो तर त्यँहाका शोषित पीडित जनताहरुको जीवनस्तरमा आमुल
परिवर्तन आएन । फलस्वरुप जनताहरु दिक्क भएर त्यँहा आजकाल गैरवामपन्थीको सरकार जारी
छ । बंगालमा कम्युनिष्ट सरकार भएपछी जनताको जग्गा पुजिपतिहरुका लागि मोटार बनाउने
कारखाना बनाउनका लागि जबरजस्ती खोसियो।
प्रचण्ड
३५ बर्षको उमेरमा नेकपा मशालको महामन्त्री भए भने २०४३
को सेक्टर काण्डपछी २०४६ कार्तिक दोस्रो साथ
महामन्त्रिमा सर्वसम्मत चुनिए । २०४६ सालमा मदन भण्डारीले देशभरका युवाहरुको लागि
छुटै संगठन आवश्यक रहेको नितिबनाएर त्यसको जिम्मेवारी केपी ओलीलाई दिए ।
युवाहरुलाई संगतहित गर्ने प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक
अध्यक्षमा ३९ बर्षको उमेरमा केपि ओली
बने ।
"सत्ताको
लागि सदैव हिँसाको प्रयोग भएको छ "-
अज्ञात
सन्
१८४६ (वि.स १९०३) मा जंगबहादुर कुँवरले रक्तपात मच्चायर राज्यसत्ता हातमा लिएयता
सत्ताका लागि हिँसाको प्रयोग हुँदै आएको छ। राणाहरुले १०४ (१९०३-२००४) वर्षसम्म
शासन गरेका थीय।
नेपालका
प्रमुख आन्दोलनहरु
प्रजातान्त्रिक
आन्दोलन २००७
भिमदत्त
पन्तको ससत्र किसान विर्दोह २००८
झापा
बिद्रोह २०२८
रुकुमका
कामिबुढाको नेत्रीत्वमा भएको सशत्र कम्युनिष्ट विद्रोह (२००९)
नेपाल
कम्युनिष्ट पार्टी माओवादीको नेत्रित्वोमा दसबर्षिय जनयुद्ध २०५२
१९
दिने जनआनदोलन २०६२/०६३
नेपालमा
चलेका सबै सशत्र संघर्शको लक्ष्य गणतन्त्रको स्थापना थियो भन्न सकिन्छ । अन्तत:
जनयुद्धको बलमा वि.सं २०६२/०६३ मा भएको जनआन्दोलनले गणतन्त्र स्थापना भयो। २०६२
चैत्र २४ गते वाट १९ दिने जनआन्दोलनको सुरुवात भएको थीयो।
"यदि पार्टिभित्र
अन्तरविरोधहरु भएनन् भने र तिनलाई समाधान गर्ने वैचारिक संघर्शहरु भएनन् भने
पार्टी जीवनको अन्त्य हुनेछ " - क माओ
"राजनीति रक्तपात
विनाको युद्ध हो भने युद्ध रक्तपात सहितको राजनीति हो "- क. माओ
तपाईंको मन् पर्ने
बानी के हो ?
मार्क्स : मेरो
मनपर्ने धन्दा किताअको किरो बन्नु हो ।
सबै माथि संका गर !
विश्वास सापक्ष हुन्छ भने संका निरपक्ष हुन्छ- कार्लमार्क्स
२००७
सालको क्रान्तिमा भारतको सहयोगमा बर्माबाट हतियार ल्यायर नेपाली काँग्रेसलाई
क्रान्तिगर्ने दिएको थीयो । २०१७ पुष ०१ गतेको राजा महेन्द्रले "कु"
गरेपछी वि.पी कोइराला,
गणेशमान सिंह, कृष्णप्रशाद
भट्टराई लगायत नेताहरुलाई राज्यले गिरफ्तार गर्यो । संयोगवस वा अन्य योजनवद्ध
भागेर भारत पुगेका तत्कालिन काँग्रेस सभापति शुभर्णसम्शेरले वि.सं २०१८ सालमा
ससत्र क्रान्तिको घोषणा गर्यो
। तर त्यो क्रान्तिलाई राजा त्रिभुवनले सजिलै दबाए ।
वि.पिले
२०२७ अशोज ०४ गतेकादिन भारत प्रवासमै बसेर सशस्त्र संघर्षको माध्यमबाट
प्रजातन्त्रको पुन:बहाली गर्ने थालेको क्रान्तिको प्रयास २०३१ पुष ०१ गते
ओखल्ढुङ्गामा गरिएको असफल विद्रोहबाट तुहिएको थीयो । त्यो संघर्षकालमा विपीहरुलाई
भारतले प्रयोग गर्यो ।
सशस्त्र
संघर्शलाई सबैभन्दा ठुलो आवश्यकता धनराशिको हुने गर्दछ
। २००७ र २०१८ को सशस्त्र क्रान्ति शुबर्ण
समशेरको पैसामा भएको थीयो । तर पछील्लो समय २०२७ सालको विपिले घोषणा गरेको
क्रान्ति पैसाको अभावमा पुर्तिगर्ने ब्यक्तिगत लुटपाट देखी हवाईजहाज अपहरण सम्म
गर्नु परेको थीयो ।
वि.सं
२०३१ पुष ०१ गतेका दिन ओखल्ढुङ्गा कब्जा गर्न र नेपाली काँग्रेशको Headquarter
त्यही सार्ने विपिको योजना दु:खान्त घटनाका
रुपमा २२ जना योद्धाको हत्या सँगै असफल हुन पुग्यो । यस घटना पछि बि.पी वाध्य भएर
भारतीय गोटी बन्नु भन्दा नेपाली राजाको जेल पर्न राजी भए ।
२०६०
मा सशस्त्र जनयुद्धमा संघर्शरत नेकपा (माओवादी) का सुप्रिमो प्रचण्डलाई भारतमै
गिरफ्तार गर्न दिल्लिको योजनालाई प्रचण्डको कौशलले असफल बनाए । त्यसपछी,
प्रचण्डले भारतलाई देखाईदिने भन्दै माओवादीको Headquarter
रोल्पा सारेर भारतका विरुद्ध "सुरुङ
युद्ध" घोषणा गरेर भारतलाई आफुसँग सहकार्य गर्न प्रचण्डले वाध्य परेका थीए ।
लेखकका
अनुसार, नेपाल
कम्युनिष्ट पार्टीको जन्म मुख्यत: भारतीय कम्युनिष्ट पार्टी,
विसेषत:पश्चिम बङालको पार्टीको पहल कदमी र
प्रतक्ष सहयोगमा भएको थीयो । त्यसकारण नेकपाको राजनीतिक चिन्तन प्रराम्भिक कालमा
पश्चिमा बंगालको पार्टिबाट निर्देष्ट भएको देखिन्छ । त्यो बेला कम्युनिस्ट
पार्टीको नेत्रित्व अभिभाजित थीयो र स्टालिनले त्यसको नेत्रित्व गरिरहेका थीए ।
दोश्रो विश्वयुद्ध पछि कैयौ देशहरुमा संसोधनवादी चरित्रहरु देखिन थाले ।
२०१७
को फौजी काण्ड पछि मोहन बिक्रम,मनमोहन,
शम्भुराम लगाएत नेताहरु जेल परे
। पुष्पलाल, तुल्सिलाल,
कमलराज रेग्मि, डि.पी
अधिकारीहरु जेलजानबाट बचेँका थीए । २०१९ पछी नेकपाको केम्द्र विघटन र
छिन्न-भिन्नकै अवस्थामा रहेको थीयो । २०२५ सालमा पुष्पलालहरुले तेस्रो सम्मेलन
गरेर केही जीवनता दिनेकाम गर्ने थाले ।
वि.सं
२०२८ सालमा मनमोहनलाई सेक्रेटरी बनाएर मोहन विक्रमहरुले केन्द्रिय न्युक्लियसको
गठन गरे । मनमोहन अधिकारीले न्युक्लियसका सबै निण्यहरुप्रती असहमती जनाएकाले
महाधिवेसनबाट टुंगो लगाउने सहमति भएता पनि महाधिवेसन पहिले नै मोहनबिक्रमहरुले
मनमोहनलाई नेंत्रित्व बाट हटाएर गलत अभ्यासको सुरुवात गरेको पाईन्छ ।
२०२९
सालमा पुष्पलाल समुहको चौथो महाधिवेसन भयो। पुष्पलाल हरुले कांग्रेस-कम्युनिस्ट विचको
संयुक्त आन्दोलनबाट पञ्चायतको अन्त्यगर्न कार्यनिती अघिसारे । त्यही विन्दुमा
पुष्पलाल र मोहनविक्रम सिंहविच एकअर्कामा काँग्रेश परस्त र राजा परस्स्त भन्ने
आरोपअ-प्रतिआरोप (पुष्पलाललाई काँग्रेश परस्त र मोहनविक्रमलाई राजा परस्स्त आरोप )
सुरुभएको पाईन्छ ।
आखिर पुष्पलालको प्रस्ताव कती दुरदर्शी रहेछ
भन्ने नेपालको जनाअन्दोलन वि.सं २०३६,२०४६,२०६२/६३
ले प्रमाणित गरेको छ ।
वि.सं
२०३४ सालमा तत्कालिन नेकपा (चौथौ महाधिवेसन) का महासचिव मोहन बिक्रमले
पुष्पलालको विचारको आलोचना गर्दै "गद्धार पुष्पलाल" नामक पुस्तक प्रकाशित
गरेर त्यसलाई मोहन बिक्रमले आफ्नो पार्टीको दस्तावेजका रुपमा स्विकार गरे ।
"गद्धार पुष्पलाल" नेपाली कम्युनिष्ट आन्दोलनको सबैभन्दा भद्दा र
नकारात्मक परिघटना र पुर्वाग्रही चिन्तनधारको अब्बल उदाहरणका रुपमा लिन सकिन्छ ।
झापा
बिद्रोह
विसं
२०२८ सालमा झापाको ज्यामिरगढीमा भएको झापा जिल्ला कमिटिको बैठकले १७ सदस्य
कोर्डिनेसन कमिटीको गठन भएको थीयो । त्यस कमिटिमा राधाकृस्ण मैनाली,
(सचिव), खडक
प्रशाद शर्मा ओली, रामनाथ दाहाल,
वीरेन राजबंशि, नेत्र
घिमिरे, मोहनचन्द्र
अधिकारी लगायत रहेको कमिटी थीयो । सचिव मैनालीलाई क्षयरोग लागेपछि कोर्डिनेसन
कमिटिको सचिवमा केपी ओली भएका थीए ।
झापा
सशस्त्र संघर्श औपचारिक रुपमा २०२८ जेठ ०२ गते झापाको ज्यामिरगढिमा कर्ण बहादुर
गौतमको हत्याबाट सुरुभई २०३३ पुष ०७ गते सिराहको मढिपुरमा माघे डोटेल नामक
जमिनदारको हत्यासंगै सकिएको थीयो । त्यस
संघर्शमा ०९ जनाको हत्या र १३ जनामाथी हत्याको प्रयास भएको थीयो। वास्तवमा झापा
बिद्रोह भारतको नक्सलवाडी क्रान्तिको नक्कल थीयो। भारतीय कम्युनिस्ट पार्टी (माले)
ले नक्सलवाडीमा सुरुगरेको सशस्त्र संघर्शको कार्यनिती "One
Area one Unit, one Squared one Action" थीयो।
यही निती लाई कोर्डिनेसन कमिटिले लागुगरेको थीयो ।
नेकपा
माओवादी भित्रको मनभेद र मतभेद
“Rome
Was not Built in a Day”
"यदी
पार्टीभित्र अन्तरविरोधहरु भएनन् भने र तिनलाई हलगर्न वैचारिक संघर्शहरु भएनन् भने
पार्टीको जीवन अन्त्य हुनेछ" - क.माओ
लेखकका
अनुसार, तत्कालिन
नेकपा (मशाल)का महामन्त्री पुष्पकमल दाहाल प्रचण्डको उदय ३ वर्श भन्दा लामो
आन्तरिक विवाद र अन्यौलको अवस्थामा भएको थीयो । तत्कालिन नेकपा (माओवादी) पार्टीको
नेत्रित्व केन्द्रिकरण सम्बन्धी विवाद २०५५ असारमा भएको बैठकमा प्रचन्डद्वारा
नेत्रित्वको केन्द्रिकरण र स्थापनावेर प्रस्ताव राखेपछी पार्टी भित्रको विवाद
नयाँदिशातिर अघी बढ्यो।
प्रचन्डको
प्रस्तवलाई वाबुरामले अस्विकार गरे । प्रचण्डको प्रस्तवलाई अस्विकार
गरेपछि यहि बैठकबाट प्रचण्ड र बाबुराम विच
अविश्वास श्रीजनाभई प्रचण्ड समुहले वाबुराम प्रचण्डका लागी खतरा हुनसक्ने
निस्कर्षमा पुगेपछी दुईसमुहविचको विवाद तल्लो तहसम्म पुगेको थीयो ।
वाबुराम
माथिको विवेद, आलोचना जारी
रहयो। बाबुराम विरुद्ध पत्रपत्रीकामा समेत बदनाम गर्नेगरी "प्रोपगण्डा सुरु
गरेको भन्दै बाबुरामले २०६१ कार्तिक २६ गते ४ बुदे र मङ्सिर १५ गते १३ बुदे "अन्तरपार्टी
छलफलका मुल बिषयहरु" दर्ज गराएका थीए
। नेकपा (माओवादी) पार्टीको नामाकरण भएदेखि र
युद्ध सुरु भएपछी पार्टिभित्रको औपचारिक मतभेदलाई दर्ता गराएको त्यो नै पहिलो घटना
हो ।
पार्टीभित्रको
विवाद समाधान गर्न भन्दाउ २०६१ माघमा रुकुमको लाहवाङमा पोलिटबिब्युरो बैठक सम्पन्न
भयो । त्यो बैठकले अल्पमत र बहुमतका आधारमा बाबुरामलाई पार्टीसदस्य मात्रा रहने गरी अनिस्चितकालका
लागि पार्टीबाट निस्कासन गरियो । बाबुराम सँगै हिसिला यमी( बैकल्पिक पोलिटब्युरो
सदस्य ) लाई पनि कार्वाहि गरियो । बाबुराम माथिको कार्वाहिको विरोध र पार्टी भित्र
आफ्नो विचार दर्ज गर्ने पाउनुपर्दछ भन्ने मम्त राखेपछि दिनानाथ शर्मालाई पनि
जबर्जस्ती पोलिटब्युरो बाट राजिनामा गर्न लाएका थीए
।
१७
सदस्य पोलिटब्युरो मध्य १० जना प्रचण्ड पक्षतिर बाबुराम लाई कार्वाही गर्नुपर्छ
भन्ने तिर लागे भने ४ जना (दिनानाथ शर्मा, टोपबहादुर
राइमाझी, मणी थापा अनी
बाबुराम) बाबुरामलाई कार्वाही गर्नु हुन्न भन्ने पक्षका थीए । पोलिट्ब्युरो सदस्य
मध्य हरिबोल गजुरेल तठ्स्त बसे ।
क.किरण र क.गौरव भारतीय जेलमा रहेका थीए ।
सात दल र नेकपा(माओवादी) विच २०६२ मङ्सिर ०३ गते
दिल्लिमा १२ बुदे सहमति भयो ।
पार्टी
एकताको श्रिँखला
२०६३
सालमै बामदेव गौतमके प्रचण्ड लाई एमाले र माओवादी विछ एकताको प्रास्ताव राखे ।
पटक-पटकको एमाले र माओवादीका नेताहरु विचको छलफल र बैठकपछि पार्टी एकता गर्ने
भन्ने सम्म पुगेका थीए ।
त्यसबेला
एमाले केम्द्रिय कमिटिको बैठकबाट नेपालको कम्युनिष्ट आन्दोलनअलाई एकतबद्द गर्ने
कम्युनिष्ट पार्टीहरु विच एकिकरण गर्नुओअर्छ भन्ने निर्ण्य गरेको थीयो । एमालेले
त्यो निण्यलाई अन्तरपार्टी निर्देशन सम्म जारिगरेको थीयो । त्यो बेला सिद्धान्त,
विचार, कार्यशैली
नमिलेसम्म एकता सम्भव छैन भन्ने मोहन बैध्य कार्यदलमा हाबी भएपछि एकिकरणको बातावरण
बिग्रेको थीयो । २०६४ सालको संबिधान सभाको चुनावमा नेकपा (माओवादी) ईमान्दार
पुर्वक तालमेलका लागि तयार थीयो । एमालेलाई माओवादीहरु चुनाव जित्ने छैनन् किन
एकता गर्ने भन्ने लागेर तालमेल बन्न सकेन ।
२०७०
सालको संबिधान सभाको दोश्रो चुनावमा एमालेले बामतालमेलका लागि भित्रै देखी चाहेको
थीयो तर माओवादीमा पहिलेको विजयको धङ्धङी किच्न पुग्यो । अर्को तिर बामपार्टिहरु
मिल्न नदिने शक्तिको कृयाशिलता हाबी भयो । २०७२ बैशाखको विनासकारी भुकम्पका बेला
उद्धारका बहानामा भईरहेको वाह्यहस्तक्षपले ओली र प्रचण्डलाई फेरी सोच्न वाध्य
बनायो । त्यसको पारीणामा १६ बुदे सहमति भयो र संबिधान पनि बन्यो ।
१६ बुदेका बेला ओलिले प्रचण्डलाई पार्टी एकता नै
गर्नुपर्दछ भन्दै प्रस्ताव गरे तर प्रचण्डले अहिलेलाई मोर्चा बनाउ एकता गर्न अझै
परिस्थिती परिपक्क भएको छैन भने । अन्तत : स्थानिय चुनावको परीणाम नै पार्टी
एकताको लागि दुबै पार्टीलाई बलियो आधार बन्न पुग्यो । २०७५ जेठ ०३ गते मदन
जयन्तीको दिनमा पार्टी एकताको घोषणा गरे ।
पेरु
कम्युनिष्ट पार्टीको पतन !!
सन्
१९५० को दसकमा स्थापना भएको पेरु कम्युनिष्ट पार्टीका प्रमुख नेता अविमायल
गुजम्यान "गोञ्जालो" थीए । धेरै पटकको टुटफुटका विच सन् १९८० बाट
प्क्प्ले सशस्त्र क्रान्ति सुरु गर्यो। सन् १९८७ तिर आईपुग्दा पार्टीको
माग्रदर्शक सिदान्त मार्सवाद- लेलिनवाद- माओवाद- गोन्जालोपथ थीयो। पेरुको
क्रान्तिले झन्डै सत्ता कब्जा गर्ने लागेका बेला सन् १९९० मा गोंजालो सहित अधिकांश
नेताहरुलाई गिरफ्तार परेपछि PCP(Peru Communist Party) नराम्रो धक्का खान
पुग्यो । नेताहरुको गिरफ्तारी पछी हत्या गरियो । गोंजालो लगायतका नेता हरुको हत्या
सँगै पेरु कम्युनिष्ट पार्टीको अवसान भयो ।
Comments
Post a Comment
Request you not to enter any spam link in the comment box.