हंश
सञ्जीव उप्रेती द्वारा लेखित उपन्यास हंश साच्चै मनछुने छ । जारका रुपमा अनुज, माया र सिमा विचको सम्बन्धलाई यथार्थ परक ढंगले उपन्यासमा उतारेका छन् । हाँसहरुको माया प्रेमको सम्बन्ध, इर्श्या,अनि महत्वोकांक्ष लाई मानिसहरुको ब्यवहार सँग तुलना गरी उपन्यासले लयसमात्दै जान्छ । पढ्दै जादा बन्यजन्तु, पंक्षिहरुको जीवन पनि आफ्नो भन्दा फरक हुँदैन भन्ने आभास भित्रै देखी भयो । म यो चैतमा घर जादा बसमा पढ्दै जानुपर्ला भनेर हंश किनेर लगेको थीए ।
बाटोमा अगाडिका केही
भाग पढेर सके भने घर बस्दा पुरै पढेर भ्याए । संयोग कस्तो भयो भने मेरो घरमा पोथी
हाँस थीयो । घरमा अब यो एउटा मात्र छ, अण्डा दिनपनि छोडिसक्यो, त्यलाई
अब मारिखानु पर्यो भन्ने कुरा गर्नु भयो । तर, जब म यो उपन्यासमा हाँस-हँसिनी विचको मायाप्रेम
अनी उनिहरुको पनि आफ्नै भाषा, समुदायका वारेमा पढ्दै गर्दा महसुस गरे अनी मैले
मेरो घरको हँसिनि लाई मार्ने सकिन ।
साच्चै भन्नुपर्दा अरुलाई टोक्न जाने मेरोघरको हाँस मैले चारोदिदै जाँदा म सँग साह्रै नजिक हुँदै गयो । म भित्र बाट बाहिर आउनेबित्तिकै क्वाक्वा गर्दै मेरो ओरिअरि घुम्दथ्यो । साहेद, मान्छेको जस्तै चराहरुको पनि मन हुदो रैछ, उनिहरुको आफ्नै जीवनशैली हुनेरहेछ मात्र हामीले बुझ्न नसक्ने हौ जस्तो मलाई महसुस गरायो यो उपन्यासले । अझ धेरै उपन्यासहरु हंश जस्तै बजारमा आएमा पाठकहरु साकाहारि बन्न सहयोग पुग्नेछ भन्ने मलाई लागेको छ ।
गड्यौला, भ्यागुत्ता, सर्प, किरा अनी पोखरी आदि.. उपन्यासमा महत्वका साथ राखिनुले वर्तमान समयमा पर्यावरण संकट बढ्दै गैरहेको बेला हंश जस्ता उपन्यासले पाठकलाई ECOSYSTEM सम्बन्धी सचेत गराउँछ । लेखकले बकुल्ला र लहडे हाँस विचको कुराकानी वाट पाठकलाई आफ्नो धरातल भुल्दै ठुलो महत्वकांक्ष राखेता पनि अन्तत: आफ्नो धरातल मै उभिएर अघिबढ्नु पर्ने सन्देश दिन खोजेका छ ।
छोटकारीमा भन्दा यो उपन्यास पढ्दा पर्यावरण, बन्यजन्तु
प्रति सोच्ने तरिका फरक पार्नेछ । बुकहिल पब्लिकेसनले बजारमा ल्याएको यो उपन्यास
छोटो र धेरै सन्देसमुलक रहेको छ । पाठकले एक्चोटी पढ्न बस्दा दिक्क नमानी एकैपटक
पढेर सकिनेखालको छ । बजारमा चेलेका भन्दा भिन्न स्वाददिने यो उपन्यास नछुटाउनु
पर्ने पुस्तक भित्र पर्छ भन्ने मलाई लागेको छ ।
Comments
Post a Comment
Request you not to enter any spam link in the comment box.