कहर भित्रका कारूणिक दृश्य !!

 

कहर भित्रका कारूणिक दृश्य !!

जनकराज सापकोटाको कहर विशेषतः बैदेसिक रोजगारीको सिलसिलामा बिदेशमा नेपालीहरुले भोग्नु परेका दुःख, यातना, अनाहक जेलजिवन र ज्यानगुमाउनु परेको सम्मका यथार्थ कारूणिक घटनाहरुको संगालो हो । पुस्तकका वारेमा  २-३ वर्ष अघि प्रतिक्रिया सुनेतापनि आफैले किनेर पढ्ने मेसोमिलेको थिएन । यसपालिको दशैंको बेला पुस्तक छनौट गर्दा कहर छुटेन र सुरुमै पढ्न कहर रोजे ।

नेपाली समाजमा गरिबि, अभाव र बेरोजगारीले गर्दा कतिसम्मको जोखिम मोल्दै युवा-युवतिहरु बिदेसिन्छन् र उनिहरुकै रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहदा पनि सरकारले अन्य सेवाको त कुरे छोडौ, मृतकको लास नेपालसम्म पुर्याउन समयमै पहल गर्दैन भन्ने चित्रण लेखकले गरेका छन् । नेपालीहरुले विदेश जानेबेला अन्यदेशको बिमानस्थलबाट उडेमा उद्धार र राहातमा कति समस्या पर्छ भन्ने यथार्थ भोगाईले सबैलाई सचेतपनि गराएको छ ।

बुढेस्कालको सहाराका आशगरेका छोरा-छोरी विदेशमा अलपत्र, सम्पर्क विहिन हुदाँ कहिले पनि काठमाडौ नदेखेका बुढा आमा-बुवालाई रिणमा खर्चजोहो गरि सरकारी निकायमा धाउदाको दुःख अनि मृतक छोराछोरीको दागबत्ति नै बुढा-आमाबुवाहरुले दिनु पर्दाको पिडाले सबैको मन रुन्छ नै । हाम्रो शिक्षाले बजार नपाउने अनि तरतरी पसिना काढेर पढाएका छोराछोरीहरु तरतरी पसिना बगाउनुपर्ने देशमा कामगर्न जान बाध्य छन् ।

 गरिबिको अगाडि आसु, दुःख र पारिवारिक विछोडको पिडा भन्दा बिदेशिने निर्णयमा श्रिमान-श्रिमतिहरु कसरि निरिह बन्दै अगाडि बढ्छन् त केबल एउटा सुन्दर र शुखि परिवारको सपना बोकेर  तर जब तिनिहरु बिदेशमा अलपत्र पर्छन एकजना मात्र अलपत्र पर्दैन सिङ्गो परिवार र तिनका नाबालकहरुको भविस्यपनि अलपत्र पर्छ भन्ने तथ्य लेखकले प्रस्तुत गरेका छन् । परिवारको सुन्दर सपना बोकेर विदेसजादा उनिहरुको भान्छाको स्वाद वाहेक जिवनको भोगाईमा केहि सुःख ल्याउन सकेन ।   


नेपाली समुदाय विश्वमा जहाँ भएतापनि आफ्नोपना भात्तृत्वमा कमि आएको देखिदैन । सङ्खुवासभाका अनिश खालिङ युएईमा पाकिस्तानि नागरिकको हत्याको आरोपमा मृत्युदण्डको सजाय भोगिरहेका थिए । विश्वभरिका मनकारी नेपालीहरुले आर्थिक सहयोग गरि अन्तत ब्लड मनि बुझाएर अनिश सकुसल नेपाल फ्रके । कतारमा स्याङ्जाका कुशल कार्की पनि हत्याको अभियोगमा मृत्युदण्डको सजाय जेलमा पर्खिरहेका थिए, तर कुशलले घरमा फोन गर्दा आफुठिक छु, सन्चै छु भन्दा उनको मनको बह कस्तो भयो होला ?? कुशलले पठाएको रङगिन टि.भिमा छोरालाई फाँसि दिदैछन् भन्ने समाचार सुन्दा आमा-बुवाको मन कस्तो भयो होला ?? 

तनहुकि शोभा परियारले साउदी अरबमा भोगेको फाँसिको सजाय, शोभाको बुढा आमाबुवा लागि जति असह्य भयो त्यति नै नेपालीसमुदायला पिडादायिक छ । शोभा विदेसिनु पर्नको बाध्यता, दलालको फन्दा र उनले कामगर्दाका वखत ब्यहोरेको दुःख पढ्दैजाँदा मन निक्कै भारी हुन्छ थप आफ्नी आमाको किरिया गर्दैछु भन्ने सम्म थाह नपाई नाबालकले काजकिरिया गर्नुपरेको घटनाले पाठकको मन भतभति पोल्छ ।

धनुषाका छोटु यादव र महोत्तरीका सलित मण्डलले महिना दिनको तलब नबुझ्दै सुत्ने दुईतले खाटबाट राति सुतेको बेला लड्दा शरिरको दायाँ – वायाँ भाग जिवनभर प्यारालाईसिस भएको घटना, उनिहरुको परिवारले भोग्नुपरेको दुखःले पाठकको मन निक्कै पोल्छ ।

नेपालका युवाहरुलाई शासकले नचाहँदा-नचाहँदै पनि सुरु भएको लाहुरे परम्परा सिङ्गो राज्य नै युवाहरुलाई विदेश पठाउने कारखानाकारुपमा परिणत भइको दुरदशाका वारेमा लेखकले पुस्तकमा यथार्थपरक ढङ्गले छर्लङ्ग पारेका छन् । वैदेशिक रोजगारी देशकालागि वेदेशी मुद्राको स्रोत भएतापनि दिर्घकालिनरुपमा देश रेमिटेन्स धरापमा पर्न सक्ने वारे लेखले चिन्ता ब्यक्त गरेका छन् ।

पुस्तकपढिसकेपछि लाग्यो कि यो यथार्थपरक कृति देशका नेता, कार्यकर्ता, युवा, कर्मचारी लगायत देशका बारेमा केहि सोच्न चाहनेहरुका लागि अनिवार्य पढ्नै पर्न कृति हो "कहर" ।

 

 

 

 

 

Comments