स्टालिनको स्कुल !!

 स्टालिनको स्कुल

अक्टोबर क्रान्ति (सन् १९१७) अगाडि रुसी कम्युनिष्टहरु त्यति धेरै बदनाम भएका थिएनन् । सन् १९२० मा स्टालिनलाई राजकि नियन्त्रण सम्बन्धि जनकमिसारको जिम्मेवारी दिएपछि उनले मजदुर र किसानलाई उत्पादनको लक्ष्य तोक्न आदेश दिए । लक्ष्य कसरि पुरा हुनुपर्ने हो त्यो बोल्सेभिकहरुलाई मतलब थिएन । तथापि लक्ष्य पुरा हुनुपर्थो । जसको परिणाम मजदुर, किसानहरु मेसिन जस्तै कामगर्ने गराउन थालियो । किसानहरु काम गर्थे तर उनिहरुको उब्जनि राज्यले अधिकरण गर्थो । किसानहरुमा निरासा छायो । राज्यलाई छल्न किसानहरु अन्न र जनवारहरु लुकाउन थाले । यस्तो कार्य बोल्सेभिकहरुका लागि गम्भिर अपराध मानिन्थो । परिणामत, किसानहरुमाथि कार्वाहि शुरु भयो । दशौलाख किसानहरुको हत्या गरियो । कार्वाहिको शिल्सिला दश वर्षसम्म चल्यो । कमउत्पादन, तिब्र निराशा, राज्य आतंक र भोकमरिबाट पाँच वर्षमा झण्डै ६० लाख मान्छेको ज्यान गयो ।

सन् १९२२ देखि रसियाले समाजवादी जनवादी मजदुर पार्टी बोल्सेभिकलाई सोभियत कम्युनिष्ट पार्टीमा रुपान्तरण गरियो । सोभियत कम्युनिष्ट पार्टीको दशौ माहाधिवेसनले किसान र मजदुर माथि भएको अन्यायलाई स्विकार गर्यो । परिणामतहः पार्टीले नयाँ आर्थिक नितिअनुसार किसानलाई जमिन राख्न स्विकृत दिएतापनि त्यतिबेला सम्म निक्कै ठुलो गल्ति भईसकेको थियो ।

सोभियत क्रान्तिकालमा लेलिन, स्टालिन र ट्रटस्कि समकालिन चर्चित नेताहारु थिए । लेलिन पार्टी र आन्दोलनका मुख्य नेता थिए । क्रान्ति असाडि स्टालिन "प्राव्दा" चलाउन्थे । ट्रटस्कि शसत्र संघर्षको नेतृत्व गर्थे । ट्रटस्किको नेतृत्वमा सन् १९१७ अक्टोबर १४ मा पेगोगादा कब्जा भएको थियो । सन् १९२१ को क्रोन्सटाड विद्रोह दमन गर्ने नेता पनि ट्रटसकि नै थिए । ट्रटसको र स्टालिनको सम्बन्ध राम्रो थिएन । स्टालिन आफुलाई लेलिनको बलियो र प्रमुख उत्तराधिकारी ठान्थे । उनि पार्टीमा शक्तिकेन्द्रिकरणको पक्षपाति थिए । ट्रटस्की जनवादलाई बलियो र जिवन्त बनाउन चाहन्थे ।


Figure 1. Monument of Joseph Stalin in front of the town hall in Gori, Georgia

सन् १८१८ देखि लेलिनको स्वास्थ राम्रो थिएन । सन् १९२४ मा लेलिनको मृत्यु भयो । लेलिन आफ्नो देहान्त अगाडि नै उत्तराधिकारी तोक्न चाहन्थे । ट्रटस्कि सबै भन्दा योग्य छन् भन्ने लेलिनको विश्वास थियो । एकदिन लेलिनले पार्टीको केन्द्रिय कमिटीलाई पत्रलेखे । पत्रलिएर स्वयं लेलिन पत्नि क्रुपस्काया वेठकमा गईन् । तर, त्यो पत्र स्टालिनले कब्जा गरे । लेलिन पत्नि क्रुपस्कायाको अपमान गरियो । स्टालिनले आफुलाई लेलिनको उत्ताररधिकारी घोषणा गरे । ट्रक्सिलाई दक्षिणपन्थि अवसरवादीको आरोप लगाई कार्वाहि गरियो । ट्रटस्किलाई साईबेरिया पठाईयो र सन् १९४० मा मेस्किकोको एउटा गाउँमा बन्चरोले हानेर ट्रटस्किको हत्या गरियो । त्यसैगरी, महत्वपुर्ण नेता बुखारिन र कामेनेभको हत्या गरियो । त्यो हत्यामा सोभियत गुप्तचरहरुको हात रहेको आशंमका गरिन्छ ।

स्टालिनले कम्युनिष्ट पार्टीलाई तानशाहि तरिकाले चलाए । सन् १९३४-१९३९ सम्मको ५ वर्षमा लगभग ५० लाख पार्टीसदस्य गुटगत कारणले प्रताडित भए । ति मध्य लगभग ५ लाखको हत्या गरियो । पार्टीको १९३४ को सत्रौं महाधिवेशनमा भाग लिन आएका प्रतिनिधि मध्ये १९३९ को १८औं महाधिवेशनमा ३७ जना मात्र बचेका थिए । पार्टी भित्र ब्यक्तिवादी यति हाबि भयो कि सन् १९४१ देखि १९४५ सम्म पार्टी केन्द्रिय कमिटीको एउटा वैठेक सम्म बसेन । स्टालिनका अगाडि जनवादको "ज" सम्म थिएन । सत्ताकै आलोचना गरेको आरोपमा स्टालिनकालमा झण्डै ३० लाख मान्छेलाई साईबेरिया पठाईयो । स्टालिनको क्रुरता र लापरवाहिवाट दिक्क भएकि उनकि दोस्री पत्नि एल्लिलुएवाले समेत सन् १९३२ मा आत्महत्या गरिन ।

दोस्रो विश्वयुद्धमा स्टालिनका छोरा याकोवलाई जर्मन सेनाले गिरफ्तार गर्यो । जर्मनहरुले याकोवको बदलामा आफ्ना युद्धबनदीहरुको रिहीको प्रस्ताब गरे । स्टालिनले जर्मनहरुको मागलाई अस्विकार गरे परिणामत स्टालिनका छोरा यावकको बन्दिशिविरमै (सन् १९४३मा) मृत्यु भयो । 


स्रोतः विभिन्न साईटबाट टिपोट

Comments