वि.पी. कोइरालाले व्यतिगत रुपमा दैनिकरुपमा लेख्नु भएको 25 वैशाख 2008
देखि 27 मङसिर 2013 सम्म आफ्ना दिनानु दिनका घटनाहरुको टिप्पणिहरुको अप्रकाशित डायरी
लाई पदम बहादुर थापाले सङ्कलन तथा सम्पादन गरि पुस्तकका रुपमा बजारमा ल्याउनु भएको
हो ।
यस डायरीमा वी.पीले नेपालको राजनीतिमा भारतको प्रत्यक्ष हस्तक्षेप कसरी
हुन्छ भन्ने लेखेका छन् भने वी.पी र उनका दाजु मातृकाप्रसाद विचको मनभेद वा संकटका
विच बाहिरिया चलखेल, सत्ताको स्वार्थमा दाजुभाई विचको खटपटमा भारत र राजाको
उक्साहट तथा वीपीका विरुद्ध उनकै भाइलाई कसरि प्रयोग गरियो भन्ने दृष्टानत पनि यस
डायरीमा पाईन्छ ।
मलाई चासोको विषय के रह्यो भने जस्तो अवस्थामा पनि वी. पी. कोइरालाले नयाँ नयाँ पुस्तकहरु पढ्न कहिलै छुटाएको पाईदैन । देश विदेशका भ्रमणका प्रसङ्गहरु, पारिवारिक समस्याहरु, राणा विरुद्दको सङ्घर्षका कार्यहरु, राजनीतिक भेटघाटका प्रसङ्गहरु, दिल्लीको भूमिका, नेहरु लगायत भारतिय नेताहरु सँगका सम्बन्ध, राजनीतिक गतिविधिहरु के कस्तो अफ्ट्यारोमा चले आदि यस डायरीमा उल्लेख गरिएका छन् ।आफ्नो स्वास्थ्यमा सन्चो नहुँदा पनि दिनानुदिन राजनीतिक गतिविधिमा सरिक हुनु र पारिवारिक समस्याहरु, पारिवार बाट टाढा बस्नु वी.पी.को दैनिकि जस्तै रहेछ भन्ने यो पुस्तक पढिसकेपछि थाह हुन्छ । वि.सं २००८ देखि २०१३ मंसिर सम्ममा भारत र वी.पी. विचको सम्बन्ध राम्रो देखिदैन । यस डायरी पढिसकेपछि वी.पी. कोइरालाको दैनिकि यर जिवनशैलीका वारेमा बुझ्न पाइन्छ ।
मैले पढ्दै जाँदा यस डायरी बाट पछि सम्म पनि याद राख्नुपर्ने वा आवश्यक
लागेका बुदाँहरु तल टिपोट गरेको छु ।
-
नेपाली
राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेस एकिकृत बनेर नेपाली
काङ्ग्रेस बनेको अस्तित्वमा आएका दिनदेखि नै एउटा तत्वले बीपी कोइरालाको
व्यक्तित्वलाई साइजमा राख्ने कोसिस प्रारम्भ गरेको थियो । 2007 सालको क्रान्तिको
भावधार राजालाई र भारतलाई खास महत्वको विषय थिएन । भारतीय प्रधानमन्त्रि नेहरुले
स्प्रष्ट शब्दमा आफ्ना राजदूत सिपीएन सिंहलाई बीपीको ठाउँमा मातृका, सुवर्ण शमशेर
र सूर्य प्रसाद उपाध्यायालाई विश्वास पात्रका रुपमा अगाडि बढाउन पत्राचार गरेका
थिए । नेहरुले नै व्यक्ति तोकेर मातृकालाई प्रधानमन्त्रीमा सिफारिस गर्न राजा
त्रिभुवनलाई 2008 सालमा सिफारिस गरेका थिए ।
-
देशदौडाहा एउटा
चलायमान राजनीतिज्ञको लागि मजबुत औजार हो । देश दौडाहाविना पार्टीको प्रचार र
विस्तार शुष्क हुन जान्छ। जनमतका आधारमा शासन गर्न चाहनेले सार्थक दौडाहा गर्नु
आवश्यक हुन्छ ।
-
मातृकाप्रसाद
कोइरालाले आफ्नो पुस्तक 'अ रोल इन रिभोलुसन' मा एउटा वक्तब्य 'वीर विशेश्वर
जिन्दावाद !' मार्फत नेपाली राजनीतिमा बीपीको सर्वोपरिता स्वीकार गरेका छन् ।
मातृकाको यस्तो स्वीकारोक्ति बीपीको निधन भएपछि आएको देखिन्छ ।
-
वि.सं 2008 तिर
वी.पी. लाई राजनीति छाडर कुनै कूटनीतिक जिम्मेवारीतिर लागौं कि जस्तो पनि लागेको
थियो । यसका लागि उनका ठूल दाई मातृकाले पनि दबाब दिइरहेका थिए ।
-
कमजोरहरुको
सरकार बाहिरबाट नियन्त्रित हुन्छ । नेपालसँग आफ्नै स्वतन्त्र नीति नहोस् भन्ने
भारत चाहन्थ्यो र यसका लागि नेपाल स्थायित्व नहोस् भन्ने उसको ईच्छा थियो ।
नेहरुको चाहना नेपाललाई सिक्किमको हालतमा पुर्याउने भन्ने थियो । दोस्रो पटक पनि
नेहरुको प्रत्यक्ष दबाब वा राजालाई सिफारिस गरेर प्रधानमन्त्री बनाईएका मातृकालाई
विदेशी शक्ति वा व्यक्तिसँग सीधा सम्पर्क राख्ने कुराको विरोधमा चिठी लेख्नुभएको
थियो ।
-
मातृकालाई
काङ्ग्रेसको महासमितिको वैठकले ७ का विरुद्ध 118 मतले निष्काशित गरिए ।त्यसपछि
मातृकाले आफ्नो समानान्तर कमिटी बनाउने निर्णय गर्नुभयो । त्यसपछिका दिनहरुमा
मातृका नेतृत्वको सङ्गठनले वी.पी.का हरेका कार्यक्रमहरुमा विरोध गर्ने, आक्रमणको
प्रयास गर्ने जस्ता गतिविधिहरु जारी राखे ।
-
तत्कालिन राजा
त्रिभुवनले मङ्गलवारका दिन भेटघाटको गर्नुहुन्थेन भन्ने डायरीमा उल्लेख गर्नुभएको
छ । वी.पीका विचारमा असल गुण भनेको सधैँ एउटा व्यक्ति र समाजको सापेक्षतामा आउने
भौतिकवादी विचार हो । कुनै पनि कार्यले मान्छेको खुशी बढाउँछ वा बढाउँदैन भन्ने हो
। मान्छेको खुसी बढाउने कुनै पनि कार्य सद्कार्य हो ।
- भारतको वी.पी.
प्रतिको कस्तो व्यवहार थियो भन्ने कुरा सन् 1953 को गणतन्त्र दिवसको उपलक्षमा
भारतीय दूतावासले आयोजना गरेको पार्टामा वी.पी. लाई निमन्त्रणा नै गरेन । भारतको
नेपालमा गरिने आन्तरिक हस्तक्षेपका कारणले नेपाली राजनीतिमा राष्ट्रवादको भावना
भावन बढिरहेको थियो। नेपाललाई भारतको एउटा सानो कोलनीको रुपमा व्यवहार गरिदैँ
थियो। नेपालका पार्टीहरुको आन्तरिक मतभिन्नताहरुलाई नेपालभित्र रहेका भारतीयहरु
दुरुपयोग गरिरहेका थिए र बढाइरहेका थिए ।
वी.पी.ले भनेका छन् कि काठ्माण्डौको स्मरण
शक्ति निकै कमजोर छ । यहाँका मान्छेहरु नेपोलियनको समयका पेरिसवासीजस्तै छन् जो
प्रतिदिन कुनै न कुनै चमत्कारको अपेक्षा गर्दछन् ।
-
नेपालका लागि
भारतीय राजदुतहरु वी.पी. देखेर डराउन्थे भनेर कोइरालाले धेरै ठाउँमा उल्लेख गरेका
छन् । साहेद वी.पी. को नेहरु देखि भारतका ठुल्ठुला नेताहरु सँगको प्रत्यक्ष
सम्बन्धका कारणले पनि हुनसक्छ ।
-
23 मंसिर 2012
मा वी.पी. ले लेख्नु भएको छ, उहाँ पत्नि सुशिला र छोरालाई बनारस बस्ने व्यवस्था
मिलाउन चाहानुहुन्थ्यो । किनकि बनारसमा पटना र काठ्माण्डौंको भन्दा खान बस्न सस्तो
थियो । जब जब म विराटनगर आउँछु, मेरो परिवारको विदीर्ण दशा देखेर आक्रान्त हुन्छु
। म सार्है चिन्तित हुन्छु । सुशीला खुशी थिइनन् । मैले उनको अवस्थामा सुधार
ल्याउनका लागि केही पैसा कमाउनु जरुरी थियो ।[ 24 जेठ 2013] यि प्रसङ्गले वी.पी. कोइराला लाई कति आर्थिक अभाव रहेछ
भन्ने कुरा झल्काउछ ।
Comments
Post a Comment
Request you not to enter any spam link in the comment box.